Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

वीर अस्पतालको खरिद एकाई मेडिकल माफियाको कब्जामा

विवादित ब्यक्तिलाई लगाइयाे खरिद इकाइको जिम्मा

खबरडबली संवाददाता

काठमाडौं ।  वीर अस्पतालले विवादित व्यक्तिलाई खरिद इकाइको वरिष्ठ सदस्यमा नियुक्त गरेको छ । याे सँगै देशकै पहिलो र ठूलो अस्पताल वीर अस्पतालको खरिद एकाई  मेडिकल माफियाको योजना र दवाव अनुसार बनेको पुष्टि भएको छ । 

गत शुक्रबार वीर अस्पतालबाट फाइल उठाएर गठन भएको खरिद एकाईमा नियुक्त गरिएका सदस्य नै विवादित व्यक्ति रहेका छन् । विगतदेखि नै विवादित नवराज श्रेष्ठलाई खरिद इकाइमा नियुक्ति गरेसंगै कर्मचारी वृत्तमा यतिबेला हलचल मच्चिएको छ । उनी विगत देखि नै विवादमा परेका ब्यक्ति रहेकाे अस्पतालका एक कर्मचारीले बताए । ग्यास्ट्रो मेडिसिन ओपिडीमा रहँदा बिरामीसंग पैसा लिएको आरोप उनीमाथि लागेको उनकाे भनाइ छ ।

इन्डोस्कोपि, क्लोनस्कोपि  गराई सो रकम अस्पताल खातामा जम्मा नगरी लाखौँ अनियमितता गरेको आरोप अस्पतालका सबै कर्मचारीलाई जानकारी भएकाे कर्मचारीहरू बताउँछन्  । तर पनि खरिदमा किन उनलाई नियुक्त गरियो, वीर अस्पतालमा कार्यरत कर्मचारी अचम्मित  परेका छन् । 

हरेक स्थानमा भ्रष्टचारकाे आरोप

उनले बीरामीलाई वीर अस्पतालमा समय मिल्दैन भनी निजि अस्पतालमा पठाउने गरे पनि आरोप लाग्ने गरेकाे छ।  त्यहाँबाट पनि उनले कमिशन लिने गरेको कर्मचारीहरूको आरोप  छ । उक्त विषयमा तत्कालीन मेडिकल विभाग प्रमुख डा. विधान पौडेल र डा. अजित खनालले श्रेष्ठलाई कारवाही गर्ने अस्पताल प्रशासनलाई सिफारिस गरेको थिए । 

त्यो कारबाही पनि निजी अस्पताल सञ्चालकले रोकेका थिए ।  त्यसपछि निजि नर्सिङ कलेज सञ्चालकको योजनामा अस्पतालको समन्वय शाखा प्रमुख बनेका श्रेष्ठले निजि नर्सिङ कलेजका विधार्थीलाई वीर अस्पतालमा प्रयोगात्मक अभ्यास गराउन विभिन्न नर्सिङ कलेजलाई  मापदण्ड विपरीत वर्ष दिनसम्म सहमति दिएको आरोप पनि उनीमाथि रहेकाे छ । उक्त अभ्यासबापत अस्पतालमा तिर्नुपर्ने शुल्क अस्पतालमा दाखिला नगरि आफैले लिने गरेको अर्को आरोप  पनि उनीमाथि रहेको छ ।

अन्य विधाका विधार्थीका लागि पनि अभ्यास गर्न दिँदा अनियमितता गरेको, सोही शाखा अन्तर्गतको सामाजिक सेवा इकाइमा पैसा लिँदै १६ जना सहजकर्ता  कर्मचारी भर्ना गरेको, वीर अस्पतालमा स्वास्थ्य बीमामा कुल कमाईको  १० प्रतिशत कमिसन लिन खोजेको आरोप पनि उनीमाथि रहेको छ । त्यसपछि  कर्मचारीहरुले विरोध गरेपछि रकम नपाए पछि बिमा कार्यक्रम नै असफल बनाउन लागेको आरोप पनि उनिमाथि लागेको छ । 

उनले कोभिड महामारीमा कोभिड भ्याक्सिन खोप लगाउने  कार्यक्रममा पनि सहभागी हुँदा भारतीय नागरिक जो चिनमा अध्ययन र ब्यापार गर्दछन् तिनीहरुलाई सरकारी  मापदण्ड विपरीत काठमाडौका  होटल– होटलमा गएर विदेशी नागरिक  लाई प्रति ब्यक्ति ३५ देखि ४० हजार लिएर भेरोसिल भ्याक्सिन लगाएका थिए । श्रेष्ठका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्तकता केन्द्र, सम्पति शुद्धीकरण विभाग र स्वास्थ्य मन्त्रालयमा पनि उजुरी परेको थियो ।  हाल उनीमाथि यी निकायले छानविन गरीरहेको छ ।

कर्मचारीलाइ नाेकरकाे व्यवाहार

सामाजिक एकाइ तथा समन्वय शाखाका एक कर्मचारीका अनुसार श्रेष्ठले आफूहरुलाई  घरको नोकरको जस्तो व्यवाहार गर्ने गरेको गुनासो गरेका छन् । वीर अस्पतालको बीमाशाखा बाट हटे पछि पनि उनी स्वास्थ्य मन्त्रालयबाट बीमा समन्धि कार्यक्रममा दक्षिण कोरिया पनि गएका थिए ।  हाल उनलाई केही मेडिकल, सर्जिकल, प्याथोलोजी र उपकरण  सप्लाएर्स माफियाको सहयोग रहेको वीरमा चर्चा  छ ।

मेडिकल माफियाकै योजनामा अस्पतालको खरिद एकाइकाे वरिष्ठ सदस्यमा उनलाइ लगिएको  मेडिकल स्टोर र खरिद एकाईका सदस्यले बताए । अब वीर अस्पताल अझै डुब्ने देखिएकाे उनकाे भनाइ छ । 

न्याम्स  पदाधिकारी मेडिकल माफियाको अगाडि नतमस्तक

न्याम्स  पदाधिकारी, खरिद प्रमुख र लेखा प्रमुख थम नारायण शर्मा पनि मेडिकल माफियाको अगाडि नतमस्तक रहेका  छन ।  न्याम्सका एक पदाधिकारीले जसले श्रेष्ठको नाम खरिद इकाइमा राखेको हो उनैलाई सोध्न आग्रह गरे ।

उनी खरिद एकाई पुग्नुमा अस्पतालको यो आ.ब २०८०/८१  को मेडिकल, सर्जिकल, प्याथोलोजि तथा जनरल  स्टोरको टेन्डर हाल्ने व्यापारीले  अस्पतालको स्टोरको  टेन्डर हाल्ने र जसरी पनि श्रेष्ठ  मार्फत  सो अस्पताल स्टोरको बार्षिक  १५ करोड र अस्पताल  फार्मेसीको डेढ अर्बको टेन्डर हत्याउने दाउ भएको आरोप लगाएका छन् । 

वीर अस्पतालले खरिद गर्न लागेको एम आर आई , ऐनेस्थेसिया मेसिन , गामा क्यामेरा लगायत सर्जिकल ,मेडिकल , प्याथोलोजि र महङ्गो  मेसिन ठेक्का आफुलाई पार्न  अभियानमा लागेका आरजि सर्जिकल, रिलायन्स सप्लाएर, पार्थ सर्जिकल, सचिन ट्रेड लिंक, रेडपण्डा, ओम सर्जिकल, बालाजी सर्जिकल, ट्युकिएर मेडिको लगायतले  वीर  अस्पतालमा हुने यो वर्षको सबै टेन्डर हात लिन उनलाई खरिद एकाईको वरिष्ठ सदस्य बनाएको आरोप छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव, श्रीमान् सम्पर्कविहीन

झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...

आज तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...

लमजुङमा मध्यराति पहिरोमा परेर बाबुछोरीको मृत्यु, आमा–छोरी घाइते

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...

ब्रेक फेल भएपछि ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending