Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

सात महादेशका सर्वाेच्च शिखर आरोहण गर्ने प्रकाश राजको अबको मिसनः अफ्रिकाको किलिमञ्जारो

खबरडबली संवाददाता

काठमाडौं । सातवटै महादेशका उच्च हिमशिखरको आरोहण गरी ‘सेभेन समिट’ पूरा गर्ने लक्ष लिएका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले दशैँलगत्तै अफ्रिकाको सर्वाेच्च शिखर किलिमञ्जारो आरोहण गर्ने भएका छन् ।

सो शिखर आरोहणका लागि दशैँ टिकाको भोलिपल्ट अफ्रिकाको तान्जेनियातर्फ लाग्ने पाण्डेले बताए । ‘टिकट भइसक्यो, टीकाको भोलिपल्टै त्यता लाग्छु’, उनले भने । तान्जेनियामा रहेको शिखर ५ हजार ८ सय ९५ मिटर अग्लो उक्त शिखर जुन अफ्रिकाकै सबैभन्दा अग्लो चुचुरो हो । 

गत जुन २८ र २९ तारिखमा ककेशश हिमशृङ्खलामा पर्ने युरोपको सबैभन्दा अग्लो चुचुरो एलब्रस हिमाल आरोहण गरेका पाण्डेको अर्को महादेशको यात्राको रूपमा अफ्रिका परेको छ । रुसमा रहेको एलब्रस हिमालको दक्षिणी र पूर्वी दुवै चुचुराको उनले सफल आरोहण गरेका थिए । माउण्ट एलब्रस ५ हजार ६ सय ४२ मिटर उचाइमा रहेको छ । 

रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङमा जन्मिएका ३१ वर्षीय पाण्डेले विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरिसकेका छन् । उनले सन् २०१८ मा सर्वाेच्च शिखर सगरमाथा  आरोहण गरेका थिए ।  यसअघि सन् २०१६ मा आइसल्याण्ड पिक आरोहण गरेका पाण्डेले २०१७ मा दुई पटक स्काउट पिक आरोहण गरिसकेका छन् । उनले २०१८ मा नेपालकै आमादब्लम हिमाल आरोहण गरेका थिए ।

सगरमाथा पछि सन् २०१९ मा पाण्डेले किलर माउण्टेन भनेर चिनिने मनास्लु हिमाल आरोहण गरेका थिए । उनले हालसम्म नौ पटक विभिन्न हिमाल आरोहण गरेका छन् । एक वर्षभित्र विश्वका सातैवटा महादेशका उच्च शिखर चढेर स्वदेश फर्किएपछिसगरमाथाको दोस्रो पटक आरोहण गर्ने योजना प्रकाशको छ । 

हिमाल चढ्ने आफ्नो अभियानमा पर्वतारोहणको क्षेत्रमा काम गर्नेले चासो देखाएका भए पनि सरकारको तर्फबाट खासै चासो नदिएको पाण्डेले गुनासो गरे ।  विभिन्न चन्दादाता सहयोगीको मद्दतमा आफ्नो यात्रा चलिरहेको उनले बताए । ‘मेरो व्यक्तिगत स्वार्थ के छ र, देशको नाम राखौँ, विश्वका सबै उच्च शिखरमा देशको झण्डा फहराऊँ भन्ने उद्देश्यले आरोहणमा लागेको हो, तर सोचेजस्तो सहयोग पाइएको छैन, हरेक पटकको यात्रामा ऋण खोज्नु परेको छ’, उनले भने । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...

लमजुङमा मध्यराति पहिरोमा परेर बाबुछोरीको मृत्यु, आमा–छोरी घाइते

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...

ब्रेक फेल भएपछि ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending