विराटनगर । कांग्रेस नेता एवं युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले पार्टीको केन्द्रीय नेतृत्वको गलत कार्यशैलीका कारण कोशी प्रदेशमा सांसदहरुले विद्रोह गर्नुपर्ने अवस्था बनेको प्रतिक्रिया दिएका छन् । मोरङको बेलबारीमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्वको अकर्मण्यताले गर्दा कोशीमा सांसदहरुले विद्रोह गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।
केन्द्रीय नेतृत्वको सधैँ आफ्नो निर्णय थोपेरेर कार्यकर्तालाई दास बनाउन खोज्ने प्रवृत्तिका कारण कोशीमा ‘दुर्घटना’ भएको बताए । संस्थागत निर्णय गरेर अघि नबढ्ने हो भने कोशीमा देखिएको विद्रोह अन्यत्र पनि फैलन सक्ने उल्लेख गरे । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि केन्द्रीय नेतृत्वले माओवादी केन्द्रका इन्द्र आङ्बोको नाममा सहमति जनाएको थियो ।
उक्त सहमतिप्रति असन्तुष्ट कांग्रेसको शेखर कोइराला समूहका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । कोइराला पक्षका ८ जना र एमालेका ३९ जना सांसदको समर्थनमा कार्की कोशीको मुख्यमन्त्री बनेका छन् ।
नेपाली कांग्रेस मोरङका सभापति समेत रहेका मन्त्री लिम्बूले केन्द्रले तल्लो तहसम्मको भावना नबुझी एकलौटी निर्णय गर्ने चलन नत्यागेसम्म समस्या दोहोरिइ रहने बताए । मंसिर १३ देखि १८ गतेसम्म हुने पार्टीको महासमिति बैठकले विधान संशोधन गर्ने उल्लेख गर्दै उनले कांग्रेसलाई पुरानै संरचनामा फर्काउनु पर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - ०९:०८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...
श्रावण १२ गते, २०८३ - ०९:०५
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...
श्रावण १२ गते, २०८३ - ०९:०२
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...
श्रावण ११ गते, २०८३ - २२:४२
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...
श्रावण ११ गते, २०८३ - २२:०७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...



प्रतिकृया लेख्नुहोस्: