विराटनगर । कांग्रेस नेता एवं युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले पार्टीको केन्द्रीय नेतृत्वको गलत कार्यशैलीका कारण कोशी प्रदेशमा सांसदहरुले विद्रोह गर्नुपर्ने अवस्था बनेको प्रतिक्रिया दिएका छन् । मोरङको बेलबारीमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्वको अकर्मण्यताले गर्दा कोशीमा सांसदहरुले विद्रोह गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।
केन्द्रीय नेतृत्वको सधैँ आफ्नो निर्णय थोपेरेर कार्यकर्तालाई दास बनाउन खोज्ने प्रवृत्तिका कारण कोशीमा ‘दुर्घटना’ भएको बताए । संस्थागत निर्णय गरेर अघि नबढ्ने हो भने कोशीमा देखिएको विद्रोह अन्यत्र पनि फैलन सक्ने उल्लेख गरे । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि केन्द्रीय नेतृत्वले माओवादी केन्द्रका इन्द्र आङ्बोको नाममा सहमति जनाएको थियो ।
उक्त सहमतिप्रति असन्तुष्ट कांग्रेसको शेखर कोइराला समूहका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । कोइराला पक्षका ८ जना र एमालेका ३९ जना सांसदको समर्थनमा कार्की कोशीको मुख्यमन्त्री बनेका छन् ।
नेपाली कांग्रेस मोरङका सभापति समेत रहेका मन्त्री लिम्बूले केन्द्रले तल्लो तहसम्मको भावना नबुझी एकलौटी निर्णय गर्ने चलन नत्यागेसम्म समस्या दोहोरिइ रहने बताए । मंसिर १३ देखि १८ गतेसम्म हुने पार्टीको महासमिति बैठकले विधान संशोधन गर्ने उल्लेख गर्दै उनले कांग्रेसलाई पुरानै संरचनामा फर्काउनु पर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: