विराटनगर । चिकित्सकहरुले सामूहिक राजीनामा दिएपछि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रभावित बनेको छ ।
लामो समयदेखि पदोन्नति नभएको भन्दै पदोन्नति गर्न गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । उनीहरुको माग प्रतिष्ठानका पदाधिकारीले पूरा नगरेपछि काठमाडौं गएर समेत दबाबमूलक आन्दोलन गरेका थिए ।
मागमा सुनुवाइ नभएपछि उनीहरुले सामूहिक राजीनामा दिएका थिए । ठूलो संख्यामा चिकित्सकहरुको अनुपस्थिति भएपछि उपचारका लागि आउने बिरामी प्रभावित बनेका हुन् ।
बिरामीको उपचारमात्र होइन चिकित्सा शिक्षा अध्ययनरत हजारभन्दा बढी विद्यार्थीको पठनपाठन पनि प्रभावित भएको छ ।
सात वर्षदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै १ सय ७७ जना सिनियर रेजिडेन्ट, एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर, एडिस्नल प्रोफेसर तहका चिकित्सकले गत बुधबार प्रतिष्ठानका सहकुलपतिसमेत रहेका सिनेट अध्यक्ष एवं स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर सामूहिक राजीनामा दिएका थिए ।
उनीहरुले राजीनामा दिएपछि प्रतिष्ठानमा थोरै संख्यामा प्रोफेसर र जुनियर रेजिडेन्टहरूले बिरामीको उपचार गरिरहेका छन् । बिरामीको चापका हिसाबले चिकित्सकको संख्या पर्याप्त छैन ।
आन्दोलनरतमा रहेकामध्ये मेडिसिन विभागका प्रमुख प्रा.डा. रविन मास्केका अनुसार प्रतिष्ठानका पदाधिकारीले समाधानको प्रयास नगर्दा उपचार सेवा प्रभावित भएको हो ।
प्रतिष्ठानका रजिस्ट्रार सूर्य संग्रौलाले पदोन्नति प्रक्रियाका लागि स्वास्थ्य मन्त्रालयले नयाँ नियमावलीको मस्यौदा तयार गरिसकेको बताउँदै चिकित्सकहरुलाई काममा फर्कन आह्वान गरिएको बताए ।
धरानका राजनीतिक दलहरूले आन्दोलनरत् पक्ष र प्रतिष्ठान व्यवस्थापनलाई समस्याको समाधान गरी स्वास्थ्य सेवा नियमित गर्न आग्रह गरेका छन् ।
दलहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई उपयुक्त समाधानमार्फत स्वास्थ्य सेवा तत्काल सञ्चालन गर्न भनेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: