धरान । आजभन्दा ४५ बर्षअघि रेकर्ड भएको लोक गायक गंगा बरदानको लोकप्रिय गीत "कहाँमा काट्यो बेतको लौरी " पुन नयाँ भर्सनमा रेकर्डिङ्गसंगै स्टुडियो भिडियो समेत निर्माण भई सार्वजनिक गरिएको छ।
नेपाली बब मार्लीको रुपमा परिचित गायक बरदानले उक्त गीत बि. स. २०३५ सालमा स्वरपरिक्षा उर्तिर्ण नगरिकनै सिंहदरबार स्थित रेडियो नेपालमा रेकर्ड भएको थियो । पछि उनले २०५५ साल ताका नमस्ते स्टुडियोका संचालक तथा नमस्ते ब्याण्डका गायक इश्वर गुरुङ्ग्को सहयोगमा निकालिएको एल्बम " गंगा बरदान भाग १ " को लागि समेत पुन रेकर्ड गरेका थिए ।
त्यसबेला यो गीतले अझ लोकप्रियता कमाएको थियो । अहिले भने रेगी भर्सनमा गीत तयार गरिएको छ। जुपिहाङ्ग लिम्बुको संगीत संयोजन रहेको गीत धरानको न्यु भावना स्टुडियोमा रेकर्ड भएको हो भने मिक्सिङ्ग डम्बर लिम्बुले गरेका हुन् ।
गंगा बरदानका केहि पुराना गीतहरुलाइ पुन नयाँ साज सज्जामा ल्याउने क्रममा सिल्भर इन्टरटेनमेन्टको सक्रियतामा यो गीत तथा भिडियो तयार भएको हो। उनका अन्य केहि लोकप्रिय गीतहरु समेत रेकर्डिङ्ग भईसकेको छ।उक्त भिडियो छायांकन तथा सम्पादन एडम लिम्बुले गरेका हुन् । सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।
२०२५ सालताका आफ्नो जन्मथलो भोजपुरमै आयोजित लोक तथा नृत्य प्रतियोगितामा " दाई त काले भाई पनि काले काले काले मिलेर खाउँ भाले " बोलको आफ्नै संकलन तथा स्वर रहेको गीत १६ वर्षको कलिलो उमेरमा नै गाएर दोस्रो स्थान प्राप्त गरेका गायक , रचनाकार तथा संगीतकार गंगा बरदानले नेपाली संगीत क्षेत्रमा आफ्नो ५० वर्षभन्दा बढी समय काटीसकेका छन् । आगामी मंसीरमा उनको सम्मानमा "गंगा बरदान स्वर्णिम साँझ" समेत आयोजना गरी गायक गंगा बरदानको जीवनयापनको सहयोगको लागि केही रकम समेत जुटाउने लक्ष्य राखिएको सिल्भर इन्टरटेनमेन्टका प्रबन्धनिर्देशक सौरभ श्रेष्ठले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - ०९:२०
झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...
श्रावण १२ गते, २०८३ - ०९:०८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...
श्रावण १२ गते, २०८३ - ०९:०५
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...
श्रावण १२ गते, २०८३ - ०९:०२
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...
श्रावण ११ गते, २०८३ - २२:४२
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...
श्रावण ११ गते, २०८३ - २२:०७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...



प्रतिकृया लेख्नुहोस्: