धनकुटा । धनकुटाको सहिदभूमिका एक युवाले आज पेट्रोल छर्केर शरीरमा आगो लगाएका छन् । सहिदभूमि गाउँपालिका वडा नं.२ गारा टोलका १९ वर्षीय समिर राईले आफ्नै घरको आगनमा बिहान करिब ९ बजे शरीरमा आगो लगाएर आत्मदाहकाे प्रयास गरेका हुन् ।
आगोले जलेर उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । धनकुटा सदरमुकामस्थित गोकुण्डेश्वर बालमन्दिर स्कुलमा कक्षा ९ मा अध्ययनरत उनी दशैँ मनाउँन गत सोमबार गाउँ गएका थिए । आज उनले बुबा रामकुमारको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्कदै आगो लगाएका हुन् । आगोले उनको शरीरको बाहिरी अधिकांश भाग जलेको छ ।
आगोले शरीरको करिब ७५ प्रतिशत भाग जलेको छिन्ताङ स्वास्थ्य चौकीका सिनियर अहेब लाखमान राईले जानकारी दिए । ‘आगोले शरीरको अधिकांश भाग जलेको छ, झण्डै ७५ प्रतिशत भाग जलेको जस्तो देखिन्छ,’ अहेब राईले भने, ‘हामीले यहाँ प्राथमिक उपचार गरेर पठाएका छौं, शरीरको धेरै भाग जलेकाले अवस्था अलिक गम्भीर छ ।’
उनले शरीरमा आगो लगाउनुको कारण खुलेको छैन । केही महिना अघिदेखि समिरले अस्वभाविक व्यवहार देखाउँदै आएको र आज एक्कासि शरीरमा आगो लगाएको समिरका बुवा रामकुमारले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - ०९:२०
झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...
श्रावण १२ गते, २०८३ - ०९:०८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...
श्रावण १२ गते, २०८३ - ०९:०५
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...
श्रावण १२ गते, २०८३ - ०९:०२
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...
श्रावण ११ गते, २०८३ - २२:४२
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...
श्रावण ११ गते, २०८३ - २२:०७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...



प्रतिकृया लेख्नुहोस्: