रुपन्देही । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (यूसीएमएस) मा जारी विवाद दुई सातासम्म साम्य भएको छैन । जसका कारण अध्ययनसँगै उपचार सेवा प्रभावित भएको छ ।
यहाँ अध्ययनरत विद्यार्थी १२ दिनदेखि आन्दोलनमा उत्रिएपनि उनीहरूको मागको विषयमा कुनै निकास निस्केको छैन । आफूहरूमाथिको अन्यायपूर्ण व्यवहार बन्द गरिनुपर्ने, कलेज प्रिन्सिपलले तत्काल राजीनामा दिनुपर्ने, एमएबीबीएस अन्तिम वर्षको रोकिएका कक्षाहरु निरन्तर सुचारु हुनुपर्ने, नयाँ ड्रेस कोडको सट्टा पहिलेको जस्तै हुनुपर्नेलगायतका माग राखेर विद्यार्थीहरू आन्दोलनमा छन् । तर, कलेज प्रशासन मागप्रति उदासीन रहेको उनीहरूले गुनासो गरे ।
विद्यार्थीको आन्दोलनप्रति विगत ४ दिनदेखि अस्पतालमा कार्यरत इन्टर्न तथा आवासीय डाक्टरहरूले पनि ऐक्यवद्धता जनाएपछि उपचार सेवा प्रभावित बनेको हो । विद्यार्थी र डाक्टरसहितको आन्दोलनका कारण एकातर्फ अस्पतालमा बिरामीको उपचार प्रभावित बनेको छ भने चाडबाडको मुखमा विद्यार्थी थप निरास छन् ।
विद्यार्थी र डाक्टर पछिल्लो ४ दिनदेखि रिले अनसनमा छन् । शिक्षा सुधारका नाममा आफूहरूलाई अनावश्यक दुःख तथा यातना दिइएको भन्दै उनीहरू माग पूरा नभएसम्म आन्दोलन नरोक्ने अडानमा छन् ।
इन्टर्न डाक्टरहरूले आफूहरूमाथि श्रम शोषणसमेत भएको गुनासो गरेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले २४ हजार पारिश्रमिक दिने गरेकोमा यूसीएमएसले २४ देखि ३६ घण्टासम्म काम लगाएर जम्मा कर काटेर १० हजार ८ सय ९० पाउने गरेको डा. अशोक पाण्डेले बताए ।
अस्पतालले आफूहरूमाथि श्रमशोषण हुने गरेको बताउँदै पारिश्रमिकमा एकरूपता ल्याउन आन्दोलनकारीको आग्रह छ । आन्दोनरत विद्यार्थी, इन्टर्न तथा आवासीय चिकित्सकहरुले उनीहरुले आफूहरूका मागका विषयमा जिल्ला प्रशासन कार्यालयमा एकपटक वार्तामा बसेको भए पनि बीचमै छाडिएको र अहिलेसम्म कुनै निष्कर्षमा पुग्न नसकेको बताए ।
यूसीएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले विद्यार्थीका मागप्रति अस्पताल प्रशासन सकारात्मक रहेको बताए । उनले अस्पताल प्रशासन र विद्यार्थीबीच विभिन्न चरणमा छलफल भएकाले अब कुनै सहमति हुने आश्वस्त पारे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - ०९:०८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...
श्रावण १२ गते, २०८३ - ०९:०५
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...
श्रावण १२ गते, २०८३ - ०९:०२
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...
श्रावण ११ गते, २०८३ - २२:४२
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...
श्रावण ११ गते, २०८३ - २२:०७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...



प्रतिकृया लेख्नुहोस्: