रुपन्देही । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (यूसीएमएस) मा जारी विवाद दुई सातासम्म साम्य भएको छैन । जसका कारण अध्ययनसँगै उपचार सेवा प्रभावित भएको छ ।
यहाँ अध्ययनरत विद्यार्थी १२ दिनदेखि आन्दोलनमा उत्रिएपनि उनीहरूको मागको विषयमा कुनै निकास निस्केको छैन । आफूहरूमाथिको अन्यायपूर्ण व्यवहार बन्द गरिनुपर्ने, कलेज प्रिन्सिपलले तत्काल राजीनामा दिनुपर्ने, एमएबीबीएस अन्तिम वर्षको रोकिएका कक्षाहरु निरन्तर सुचारु हुनुपर्ने, नयाँ ड्रेस कोडको सट्टा पहिलेको जस्तै हुनुपर्नेलगायतका माग राखेर विद्यार्थीहरू आन्दोलनमा छन् । तर, कलेज प्रशासन मागप्रति उदासीन रहेको उनीहरूले गुनासो गरे ।
विद्यार्थीको आन्दोलनप्रति विगत ४ दिनदेखि अस्पतालमा कार्यरत इन्टर्न तथा आवासीय डाक्टरहरूले पनि ऐक्यवद्धता जनाएपछि उपचार सेवा प्रभावित बनेको हो । विद्यार्थी र डाक्टरसहितको आन्दोलनका कारण एकातर्फ अस्पतालमा बिरामीको उपचार प्रभावित बनेको छ भने चाडबाडको मुखमा विद्यार्थी थप निरास छन् ।
विद्यार्थी र डाक्टर पछिल्लो ४ दिनदेखि रिले अनसनमा छन् । शिक्षा सुधारका नाममा आफूहरूलाई अनावश्यक दुःख तथा यातना दिइएको भन्दै उनीहरू माग पूरा नभएसम्म आन्दोलन नरोक्ने अडानमा छन् ।
इन्टर्न डाक्टरहरूले आफूहरूमाथि श्रम शोषणसमेत भएको गुनासो गरेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले २४ हजार पारिश्रमिक दिने गरेकोमा यूसीएमएसले २४ देखि ३६ घण्टासम्म काम लगाएर जम्मा कर काटेर १० हजार ८ सय ९० पाउने गरेको डा. अशोक पाण्डेले बताए ।
अस्पतालले आफूहरूमाथि श्रमशोषण हुने गरेको बताउँदै पारिश्रमिकमा एकरूपता ल्याउन आन्दोलनकारीको आग्रह छ । आन्दोनरत विद्यार्थी, इन्टर्न तथा आवासीय चिकित्सकहरुले उनीहरुले आफूहरूका मागका विषयमा जिल्ला प्रशासन कार्यालयमा एकपटक वार्तामा बसेको भए पनि बीचमै छाडिएको र अहिलेसम्म कुनै निष्कर्षमा पुग्न नसकेको बताए ।
यूसीएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले विद्यार्थीका मागप्रति अस्पताल प्रशासन सकारात्मक रहेको बताए । उनले अस्पताल प्रशासन र विद्यार्थीबीच विभिन्न चरणमा छलफल भएकाले अब कुनै सहमति हुने आश्वस्त पारे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: