Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

हमास-इजरायल युद्धको फाइदा लिन खोजिरहेको रुसको ध्यान युक्रेनबाट मोडिएला ?

खबरडबली संवाददाता

काठमाडौं । चर्चित कालाकार जेम्स बोन्डले निभाउने खलनायकको भूमिकाको शैलीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एउटा ठूलो पहाडले छेकिएको नियन्त्रण कक्षमा बसेर विश्वमा अव्यवस्थाको बीजारोपण गरेको दृश्य लोभलाग्दो जस्तो देखिन्छ।

उनले एउटा बटन दबाउने बित्तिकै युरोपको बाल्कन क्षेत्रमा अशान्ति सुरु हुन्छ। उनले अर्को बटन दबाउँदा मध्यपूर्वमा विस्फोट हुन्छ। यो हेर्दा र कल्पना गर्दा लोभलाग्दो छ…तर सम्भव हुने खालको सत्य होइन। यसले क्रेमलिनका नेताको विश्वव्यापी प्रभावलाई बढाइचढाइ रूपमा प्रस्तुत गर्छ।

पक्कै पनि रुसको हमाससँग सम्बन्ध छ र ऊ इरानको नजिकको सहयोगी देश पनि हो। अमेरिकाकाअनुसार मस्को र तेहरानले अब पूर्णस्तरको रक्षा साझेदारी सुरू गरेका छन्। तर त्यसको अर्थ इजरेलमा हमासले गरेको आक्रमणमा रुसको प्रत्यक्ष संलग्नता थियो वा मस्कोलाई त्यसबारे पूर्व सूचना थियो भन्ने होइन।

“रुस कुनै पनि प्रकारले संलग्न थियो भन्ने हामीलाई विश्वास छैन,” मस्कोका लागि इजरेलका राजदूत एलेक्जेन्डर बेन स्भीले यसैसाता रुसको एउटा अखबारसँग भने। उनले हमासले इजरेलमा मच्चाएको अत्याचारमा रुससँगको सम्बन्ध खोज्नु “पूर्ण बकवास” भएको बताएका छन्।

“मैले कुनै पनि रुसी हतियारहरू प्रत्यक्ष रूपमा हमासलाई आपूर्ति गरिएको वा रुसको सेनाले हमासलाई तालिम दिएको कुनै पनि प्रमाण भेट्टाएको छैन,” बर्लिनस्थित रुस र मध्यपूर्वबारे विज्ञ हाना नोटे बताउँछिन्।

“हमाससँग रुसको लामो समयदेखिको सम्बन्ध रहेको कुरा सत्य हो। रुसले कहिले पनि हमासलाई आतङ्ककारी सङ्गठन घोषणा गरेन। हमासको प्रतिनिधिमण्डल गत वर्ष र यो वर्ष पनि रुसको भ्रमणमा गयो,” उनले थपिन्।

“तर त्यसका आधारमा म सघन सैन्य सहायता छ भन्न सक्दिनँ। यद्यपि रुसमा बनेका प्रणालीहरू गाजा क्षेत्रमा पुगेका छन् र सम्भवतः ती (इजिप्टका) सिनाइ र इरानी सहयोगबाट पुगेका हुनसक्छन्।”

अर्को शब्दमा भन्ने हो भने राष्ट्रपति पुटिनले मध्यपूर्वमा युद्ध लेखिएको बटन दबाएनन्। तर के उनी यसबाट फाइदा लिने पक्षमा छन्। पक्कै पनि छन्। र, त्यो कसरी हो बुझ्नुहोस्।

युक्रेनबाट ध्यान मोडिएला?

मध्यपूर्वमा भड्किएको हिंसाले अन्तर्राष्ट्रिय समाचारको प्रमुख विषय बनिरहँदा रुसले युक्रेन युद्धबाट ध्यान मोड्नका लागि इजरेलबारे नाटकीय समाचार शीर्षकहरूको गणना गरिरहेको छ।

तर यो समाचारको चक्र परिवर्तन मात्रै हो। रुसी अधिकारीहरू पश्चिमा देशहरूले युक्रेनमा गरिरहेको हतियारको आपूर्ति इजरेलतर्फ मोडिने आशामा छन्।

“मलाई विश्वास छ यो सङ्कटले (युक्रेनमा)विशेष सैन्य कारबाहीको बाटो बदलिनेछ,” रुसी कूटनीतिज्ञ कोन्सटान्टिएन गुभ्रिलुफले क्रेमलिनको पक्ष लिने एक अखबारसँग भने।

“यूक्रेनलाई लगानी गरिरहेकाहरूको ध्यान इजरेलमा भएको द्वन्द्वका कारण अन्यत्रै मोडिनसक्छ। तर त्यसको अर्थ पश्चिमाले युक्रेनीहरूलाई छोड्छन् भन्ने चाहिँ होइन। तर सैन्य सहायताको परिमाण कटौती हुनसक्छ र आक्रमणको लय रुसी पक्षमा हुन सक्छ।”

रुसको इच्छा यस्तो हुनसक्छ? त्यसको पक्कै पनि सम्भावना छ। “हामी युक्रेनको पक्षमा उभिइरहँदा इजरेलको पक्षमा उभिन्छौँ र सक्छौँ पनि,” अमेरिकी रक्षा मन्त्री लोएड अस्टिनले नेटोका रक्षा मन्त्रीहरूको बैठकमा भने।

तर मध्यपूर्वमा लम्बिँदो द्वन्द्वले दुईवटा युद्धमा एक साथ अमेरिकाले गर्ने सहयोगको परीक्षा लिने छ।

रुस मध्यस्थकर्ता

रुसले मध्यपूर्वमा शान्ति स्थापनामा आफ्नो सम्भावित भूमिका बढाउन प्रयास गरिरहेको छ। उसले यसअघि पनि यस्तो भूमिका निभाएको छ। यो क्षेत्रमा द्वन्द्व अन्त्य गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूमा रुस सहभागी भएको छ।

“रुसले (द्वन्द्व) समाधानका लागि भूमिका खेल्छ र सक्छ पनि,” राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने। “हामीले युद्धका दुवै पक्षसँग सम्पर्क गरिरहेका छौँ।”

यसैसाता मस्कोको भ्रमणका क्रममा इराकका प्रधानमन्त्रीले राष्ट्रपति पुटिनलाई भेटेर उक्त क्षेत्रमा “वास्तविक युद्धविरामका लागि पहल गर्ने घोषणा” गरे। रुसले शान्ति स्थापना गर्ने? के त्यो बिकाऊ कुरा होइन र?

रुसले यसो भनिरहँदा उसले आफ्नै छिमेकी विरुद्ध युद्ध सुरू गरेको र विश्वलाई नै स्तब्ध बनाउने गरी मानिसहरूको मृत्यु र क्षति निम्त्याएको कुरा उठ्छ।

अर्को कुरा उसले इच्छा देखाउँदैमा युद्धमा सहभागी देशहरूले उसलाई मध्यस्थकर्ताको रूपमा स्वीकार गर्छन् नै भन्ने छैन। मस्कोको मध्यपूर्वमा चासो भने नयाँ होइन। यसअघि सोभियत सङ्घ अरबको पक्षमा र इजरेल अमेरिकाको पक्षमा थिए।

सेमिटिक विरोधी आन्दोलनहरूका लागि सरकारी समर्थन वर्षौँदेखि सोभियत सङ्घको जीवनको एक हिस्सा भएको छ। सोभियत सङ्घको विघटनपछि रुसको इजरेलसँगको सम्बन्धमा सुधार आउन थाल्यो।

यसको एउटा कारण सोभियत सङ्घको हिस्सा भएका पूर्व गणतन्त्रहरूबाट हजारौँ यहूदीहरूको इजरेलमा बसाइसराइ थियो। तर हालैका वर्षहरूमा पुटिनको नेतृत्वमा रुस इरानजस्ता इजरेलका शत्रु राष्ट्रको नजिक पुगेको छ। जसका कारण रुस र इजरेलबीचको सम्बन्धमा तनाव उत्पन्न भएको छ।

अमेरिकाको आलोचना

यो सम्पूर्ण मामिलामा, रुसले सधैँ सदुपयोग गर्दै आएको एउटा अवसरलाई कहिल्यै गुमाउने छैन, त्यो हो- अमेरिकाको कडा आलोचना गर्ने। इजरेलमा हमासको आक्रमणपछि भ्लादिमिर पुटिनको सन्देश थियो "यो मध्यपूर्वमा अमेरिकाको नीतिको असफलताको उदाहरण हो।"

पुटिनले भन्ने गरेको "अमेरिकी आधिपत्य"को सामान्य ढाँचामा यो पूर्ण रूपमा लागु हुन्छ। अमेरिकालाई मध्यपूर्वमा उथलपुथलको सबैभन्दा ठूलो दोषीको रूपमा वर्णन गर्नु वाशिङ्गटनको खर्चमा यस क्षेत्रमा रुसको स्थितिलाई बलियो बनाउने क्रेमलिनको तरिका हो।

यी मध्यपूर्वमा रुसका लागि सम्भावित फाइदाहरू हुन्। तर यसको खतरा पनि धेरै छ। "अमेरिकी आन्तरिक राजनीतिमा इजरेललाई दिइएको महत्त्वलाई लिएर चलिरहेको बहसका कारण यो सङ्कटले युक्रेनबाट ध्यान मोड्ने धेरै सम्भावना छ। यदि त्यसो भए छोटो अवधिकै लागि भए पनि रुसलाई फाइदा पुग्न सक्छ।"

तर हमासलाई हतियार र पैसा दिएर सहयोग गर्दा इरान पनि रहेको उक्त क्षेत्रमा युद्ध भयो भने त्यसबाट रुसलाई फाइदा नहुने नोटे बताउँछिन्।

"इजरेल र इरानबीच युद्ध होस् भन्ने रुस चाहँदैन। यदि घटनाक्रम त्यसरी अघि बढ्यो र अमेरिका इजरेलको साथमा रहेको स्पष्ट भयो भने, मलाई लाग्छ रुससँग इरानको पक्षमा जानुको विकल्प छैन। र, मलाई लाग्दैन कि उसले यो चाहन्छ।"

"मलाई के लाग्छ भने पुटिनले इजरेलसँगको आफ्नो सम्बन्धलाई अझै पनि महत्त्व दिन्छन्। रुसी कूटनीति एउटा पक्ष छनोट गर्नुपर्ने विन्दुमा जान चाहन्छ भन्ने मलाई लाग्दैन। तर यो द्वन्द्व बढ्दै जाँदा उनीहरूमाथि थप दबाब बढ्दै जानसक्छ।" बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending