काठमाडाैं । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका न्यारोबडी र वाइडबडी विमानको असोज महिनासम्मको किस्ता तिरेको छ । निगमले असोज मसान्तसम्म ५३ करोड ऋण तिरेकाे हाे ।
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको असोज मसान्तसम्मको किस्ता तिरिएको निगमले जनाएको छ । बुधवार एक विज्ञप्ति प्रकाशित गरी असोज ३० गते असोज मसान्तसम्मको ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ किस्ता तिरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
युवराज अधिकारीले निगमको नेतृत्व सम्हालेपछि निगमले व्यापार विस्तार र आम्दानीमा सुधार गर्दै ऋण तिर्दै आएको छ । २०७९ असारदेखि २०८० असारसम्मको अवधिमा ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार १ सय २५ रुपैयाँ किस्ता रकम तिरिसकेको छ ।
निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि नगद प्रवाहमा सुधार आई प्रमुख इञ्जिन मर्मत खर्च, नियमित तथा आकस्मिक रूपमा हुने जहाज मर्मत सम्भार खर्च समेत व्यहोरी विभिन्न निकायमा रहेका पुराना वक्यौता रकम समेत आफ्नै स्रोतबाट भुक्तानी गरिएको निगमले जनाएको छ ।
निगमले दुर्गम क्षेत्रमा उडानका लागि ३ वटा जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । ‘तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आफ्नै स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्ययोजना अन्तिम चरणमा पुगेको छ,’ प्रवक्ता पौडेलले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरीएकाे छ ।
नयाँ जहाज आएपछि दुर्गम क्षेत्रमा धेरै यात्रुलाई सुविधा दिन सकिने र भाडा दरमा सन्तुलन कायम हुने निगमको विश्वास छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: