Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

भुकम्पले चिराचिरा भएको घर त टालीयाे तर, छोरा बितेको खबरले चिराचिरा भएको मन कसरी टाल्ने ?

खबरडबली संवाददाता

विदेशमा गएका छोराछोरीहरु बाकसमा आउँछन् भन्ने सुनेको थिएँ । आज आफैँले भोग्नुपर्‍याे ।’

बझाङ । गत असाेज १६ गतेकाे भुकम्पले बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का धनलाल आउजीको घर चिराचिरा बनायाे । घर भत्किएकाे खबर उनका माइला छाेराले सुने पनि उनी अब त्याे भतकिएकाे घरमा कहिल्यै नआउने भए । 

भुकम्पका कारण आउजीकाे परिवारकाे  त्रिपालमुनि बास भयो । घर भत्किएको पीडा माथि आउजीकाे परिवारमा पुनः अर्का् बज्रपात आइलाग्यो । इजरायलमा पढ्न गएको माइलो छोरा गणेश नेपाली कहिल्यै नफर्कनेगरी उतै अस्ताए ।  आउजीकाे भूकम्पले चिराचिरा पारेर भत्किएको घरलाई त सहयोगी मनहरुले टालटुल पारी दिए । टिन ठोकेर पुनर्निर्माण गरी बस्नकाे लागि याेग्य बनाइ दिएका छन् । तर छोरा बितेको खबरले चिराचिरा भएको मन कसरी टाल्ने ?

घर त सबै मिलेर बास बस्न याेग्य बनाइ दिएका भए पनि छोरा किहिल्यै नआउने बाटाेमा गयाे आखाभरी आँशु बनाउँदै धनलालले बताए । 

उनले भक्कानिदै भने, ‘छोरा विदेश नगएर यतै केही गर भनेको थिएँ । अध्ययन गरेर फर्किएर आफ्नै माटोमा केही गर्छु भन्थ्यो । तर कहिले पनि नफर्किने गरेर गयो । विदेशमा गएका छोराछोरीहरु बाकसमा आउँछन् भन्ने सुनेको थिएँ । आज आफैँले भोग्नुपर्‍याे ।’

गाउँमा भूकम्प गएको थाहा पाएपछि इजरायलमा रहेका छोरा गणेश नेपालीले परिवारलाई फोन गरेका थिए । घर के कति क्षति भयो भन्दै सोधेका थिए । परिवारसँगको यो नै अन्तिम कुराकानी भएको उनका दाजु विकास नेपालीले बताए  । गणेश अध्ययनको सिलसिलामा इजरायल गएको एक महिना पुग्नै थालेको थियो । उनी भदौ २५ गते इजरायल गएका थिए । 

असोज २० गते साँझपख धनलालका जेठा छोरा विकासले इजरायलमा हमासबाट आक्रमण भएको र नेपाली पनि परेको हल्ला सुने । ‘मैले यो घटनाका बारेमा जानकारी पाएपछि धेरै पटक भाइलाई भिडियो कल र फोन गर्ने प्रयास गरेँ, तर सम्पर्क भएन । आइतवार साँझ सार्वजनिक भएको सूचीमा आफ्नो भाइ गणेशको नाम पनि देखेपछि परिवारमा रुवाबासी चल्यो । अहिले पनि कसैका आँखा ओभाएका छैनन् । गाउँका दाजु भाइहरू सम्झाउने प्रयास गरी रहनुभएको छ ।’

पढाइमा अब्बल भएका कारण गणेशले आईएससी र बीएससी एग्रिकल्चर छात्रवृत्तिमै पढेका थिए । इजरायलमा थप पढाइसँगै कमाइ पनि हुने भएकाले परिवारका सबै खुसी थिए । तर इजरायल गएको एक महिनामै गणेशको ज्यान गएपछि परिवारमा रुवाबासी चलेको छ ।  विदेशमा पढेर फर्किएपछि कृषि क्षेत्रमा उदाहरणीय काम गर्ने गणेशको योजना सपनामै सीमित हुन पुगेको छ ।

गणेशको शव नेपाल ल्याउनका लागि सरकार लागिपरेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । गणेशको शव इजरायलमा भएको नेपाली राजदूतावासले प्राप्त गरी सकेको र गणेशसँगै ज्यान गुमाएका ५ जनाको शव एक, दुई दिनभित्रै नेपाल ल्याउने तयारी भएको आफुहरुले बुझेकाे उनकाे भनाइ छ ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर बहुमुखी क्याम्पसको कृषि संकायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत ४९ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए । गएको असोज २० गते हमासको आक्रमणमा १० जनाको ज्यान गएकोमा ५ जनाको शव पहिचान हुनै बाँकी छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाेखरा बसपार्कको सुकुमबासी मुद्दामा मेयर–सांसदबीच जुहारी

पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...

१० वर्ष बित्दा पनि बनेन रसुवागढीको एकीकृत भन्सार भवन, अन्तिम चेतावनीपछि ठेक्का तोड्ने तयारी

रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...

देवानगञ्ज घटनाको प्रभाव विराटनगरसम्म: सुरक्षा चिन्ताले विद्यालय बन्द

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...

देवानगञ्ज घटनामा बाबुरामको चिन्ता: देशलाई अस्थिरताको भूमरीमा फस्न नदिन संयम अपनाऔँ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...

पहिरोले रोकियो मुग्लिन–नारायणगढ सडक, खुलाउन तीव्र प्रयास

​चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...

दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुल्यो

धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...

बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव, श्रीमान् सम्पर्कविहीन

झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...

आज तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...

लमजुङमा मध्यराति पहिरोमा परेर बाबुछोरीको मृत्यु, आमा–छोरी घाइते

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...

ब्रेक फेल भएपछि ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending