Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

कांग्रेसको कोशी विद्रोह व्यवस्थापन- मीनेन्द्रको महत्व र गगनलाई धक्का

मीनेन्द्रले हातले लेखेको सहमतिको चिर्कटोमा प्रचण्ड, देउवा र शेखरको हस्ताक्षर गराए

खबरडबली संवाददाता

काठमाडौँ । कोशी प्रदेशमा नेपाली कांग्रेसमा भएको विद्रोह २०५१ सालयताको सबैभन्दा ठूलो हो । २०५१ सालमा नेपाली कांग्रेसमा कोइराला परिवारका विरुद्धमा विद्रोह भएको थियो । तर, यसपटक कोइराला परिवारका सदस्य डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाका विरुद्धमा विद्रोह गरेका छन् । 

डा. शेखरको आडमा नेपाली कांग्रेसका नेता केदार कार्कीले नेकपा (एमाले) को समर्थन जुटाएर सरकार गठन गरे । कांग्रेस र एमालेका एक एक जनालाई मन्त्री बनाएर सपथ ग्रहण पनि गरे । योसँगै संघ र अरू प्रदेशमा विपक्षमा रहेको एमाले कोसीमा ‘किङ मेकर’ बन्ने हो कि भन्ने आशंका कांग्रेसवृत्तमा पनि देखिएको छ । वर्तमान गठबन्धन बनेको बेला कोशीको मुख्यमन्त्री कांग्रेसका भागमा परेको थियो । 

कांग्रेसले प्रदेश सभाको संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनायो । विडम्बना, थापाले गठन गरेको मन्त्रिपरिषद् दुई पटकसम्म असंवैधानिक ठहरियो । तेस्रो पटक पनि फेरि कांग्रेसको केन्द्रीय नेतृत्वले थापालाई नै मुख्यमन्त्री बनाउने निार्णय गरेपछि कांग्रेसमा यो विद्रोह भएको हो । 

यसपटक सम्भवतः थापा वा अर्को कुनै कांग्रेसलाई नै उम्मेदवार बनाइएको भए केदार कार्कीले मुख्यमन्त्री पदमा यसरी दाबी पनि गर्ने थिएनन् होला । यद्यपि, थापाको सरकार असंवैधानिक ठहर हुने बित्तिकै विकल्प खोजेको भए राजनीतिक नैतिकता पनि देखिने थियो । र, त्यस अवस्थामा स्वाभाविकरूपमा कार्कीको नाम आउन सक्थ्यो ।  

कसरी भयो विद्रोह ? 

कुनै बेला भन्ने गरिन्थ्यो विराटनगरले सोचेको पर्सिपल्ट मात्र त्यो कुरा काठमाडौंले बुझ्छ भनेर । राजनीतिक विद्रोह विराटनगरको पहिचान नै हो । गिरिजाप्रसाद कोइराला बाँच्दासम्म पनि नेपाली राजनीतिको वास्तविक केन्द्र विराटनगरै भएजस्तो लाग्थ्यो । जटिल राजनीतिक निर्णय लिन गिरिजाबाबु विराटनगर जो पुग्थे । अहिले सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाले विराटनगरको त्यो चेतलाई बुझ्न सकेनन् ।

र, अर्का नेता शेखर कोइराला निकट केदार कार्कीलाई मुख्यमन्त्री बन्न नदिने खेलमा लागे । थापाका पक्षमा समर्थन नजुट्ने देखेपछि देउवा र सिटौला कोइराला निकट कार्कीभन्दा माओवादी नेता इन्द्र आङ्बो मुख्यमन्त्री बनाउन तम्से । कोशी प्रदेश सभामा कसैको पनि बहुमत छैन ।  प्रदेश सभामा नेकपा (एमाले) का सबैभन्दा धेरै ३९ सदस्य छन् भने त्यसपछि नेपाली कांग्रेसको २९ जना । 

नेकपा  (माओवादी केन्द्र) का १३ जना छन् भने अरू दलका पनि केही छन् । राप्रपाले साथ दिए पनि एमालेलाई बहुमत पुग्दैन थियो ।  खासमा विद्रोहको जग त्यही हो । कोशीमा एमालेले एउटै तीरले धेरै शिकार गरेको छ । गठबन्धनभित्र चिसो अविश्वासको बिउ रोपिदियो । कांग्रेसमा दुई चिरा त पहिलेदेखि नै थियो तर गुटबन्दी झन् बलियो बनाइदियो । 

मीनेन्द्रको महत्व र गगनलाई धक्का 

नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले एक्लै केन्द्रीय सदस्यमा मनोनित गरेका नेता हुन् डा. मिनेन्द्र रिजाल । उनी डा. शेखर कोइरालाको समूहबाट महामन्त्री पदको उमेदवार बनेका थिए । तर, पराजीत भए । महामन्त्रीमा दुई युवाहरू गगन र विश्वलाई दाउ लाग्यो । तर, मीनेन्द्रले अहिले त्यो महाधिवेशनमा वाजी मारेका दुई महामन्त्रीलाई नराम्रोसँग धक्का दिएका छन् । कोशी विद्रोहको रणनीतिकार नै डा. मीनेन्द्र हुन् । उनले नै केपी ओलीसँग वार्ता गरेर कोशीमा परिणाम निकालेका हुन् । 

सभापति शेरबहादुर देउवासँग विद्रोह गर्ने भन्ने महामन्त्री गगन थापालाई डा. मीनेन्द्रको रणनीतिले नराम्रो धक्का लागेको छ । डा. मीनेन्द्रको सुझबुझपूर्ण कदमका कारण डा. शेखरले केदार कार्कीलाई मुख्यमन्त्री बनाएर पनि अहिलेको गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डको पनि विश्वास जितेका छन् । 

प्रधानमन्त्री प्रचण्डलाई विश्वासमा लिएर नै मीनेन्द्रको हस्तलिखित चिर्कटोमा प्रचण्ड, देउवा र डा. शेखरको हस्ताक्षर गराए । प्रचण्डलाई गठबन्धन नभत्किने विश्वास दिलाए । मीनेन्द्रले हातले लेखेको सहमतिको चिर्कटोमा अघिल्लो दिन नै हस्ताक्षर भइसकेको थियो ।

तर, त्यो डा. मीनेन्द्र रिजालसँग मात्र थियो । डा. मीनेन्द्रले प्रचण्डलाई विश्वासमा लिएर कोशी प्रदेश प्रमुखकोमा प्रदेशसभा सदस्यलको सनाखत भएपछि मात्र सार्वजानिक भयो । त्यो भन्दा पहिले नै प्रचण्डले केदार कार्की गठबन्धनको उम्मेदवार भएको सार्वजनिक रुपमा भनिसकेका थिए । 

यसले गर्दा अहिलेको गठबन्धनमा र डा. शेखर कोइराला समूहमा डा. मिनेन्द्रको महत्व उचालिएको छ भने यो प्रकरणबाट महामन्त्री गगन थापालाई भने धक्का लागेको छ । कोशी विद्रोहपछि डा. शेखरलाई एक्ल्याउने रणनीतिमा लागेका गगन थापालाई डा. शेखर कोइरालाले सभापति देउवा र प्रधानमन्त्री प्रचण्डसँग गरेको सहमतिले धक्का लागेको छ । थापाको रणनीतिलाई अहिले कांग्रेसभित्र केटौले रणनीतिका रुपमा व्याख्या गर्न थालिएको छ । 

अब के हुन्छ ?

कोशीको विद्रोहले प्रदेशका सरकार र केन्द्रको सरकार के हुन्छ ? नयाँ गठबन्धन बन्छ कि के हुन्छ ? संसदको आयु नै के हुन्छ ? भन्ने अवस्थामा पुगेको थियो । तर, तत्कालका लागि कोशीमा बाहेक अन्यत्रका सरकारहरू परिवर्तन नगर्ने भित्री सहमति डा. शेखर कोइरालाले गरिसकेका छन् । डा. शेखरलाई पार्टीभित्र सम्मानजनक स्थान दिने विषयमा समेत प्रचण्ड, देउवा र डा. शेखरबीच भएको सहमतिमा देउवाले प्रतिवद्धता जनाइसकेका छन् ।

जुन विषयमा साक्षीका रुपमा प्रचण्ड र डा. मीनेन्द्र रहेका छन् । मन्त्रिमण्डल गठन हुँदा डा. शेखरलाई एउटा मन्त्रालय थप गरिदिने र एउटा विकासे मन्त्रालय दिने भित्री सहमति भएको छ । त्यस्तै, कोशीको सरकारमा सुरुमा सहयोग गरे अनुसार एमालेलाई सरकारमा सहभागी गराउने, पछि मुख्यमन्त्रीले कोशी प्रदेश सरकारलाई सहमतिको सरकार बनाउन प्रस्ताव गर्ने र एमालेले सहमतिको सरकार बनाउन नमानेको अवस्थामा एमालेलाई सरकार बाहिर पु¥याउने सहमति भएको छ । 

यो सहमतिको खाका डा. मिनेन्द्र रिजालसँग रहेको डा. शेखर निकट एक नेताले जानकारी दिए । कांग्रेसको भित्रको यो विद्रोहको सेटलमेन्ट सवै प्रधानमन्त्री प्रचण्डका कारण भएकाले पनि अब केन्द्रमा प्रचण्डको सरकार र प्रदेशमा कुनै सरकारलाई यो विद्रोहले कुनै असर नगर्ने बताइएको छ । समयबद्धबाट

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending