विराटनगर । विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
युवतीले दिएको उजुरीका आधारमा प्रहरीले आइतबार विहान धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय बालक पक्राउ परेका छन् । तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ बर्षका बालक पनि सहचालक नै हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–३ मा आइतबार विहान ट्रक पार्किङ गरेर राखेको स्थानमा महिलाको सामूहिक बलात्कार भएको हो ।
महिलाले प्रतिकार गरेपछि भेला भएका स्थानीयले प्रहरीलाई खबर गरेपछि लगत्तै प्रहरी पुगेको थियो । प्रहरीले घटनास्थलबाट महिलाको उद्धार गर्दै तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार घटनामा संलग्नहरु शनिबार राति ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित होटलमा पुगेका थिए । खाना खाएपछि ट्रक राखेको ठाउँमा फर्कने क्रममा आरोपितहरु युवती चढेको सफारीमा नै चढेका थिए ।
घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोडको प्रयास गरेका थिए । पक्राउ परेकाहरुलाई करणीसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न सोमबार अदालतबाट अनुमति लिइने प्रहरीको भनाइ छ ।
लेटाङमा अर्काे घटना
प्रहरीले लेटाङबाट बालिका करणी गरेको आरोपमा एक जना पुरुषलाई पक्राउ गरेको छ । १६ वर्षीया बालिका बलात्कारको आरोपमा लेटाङ नगरपालिका–१ का ३० वर्षीय कृष्णबहादुर मगरलाई आइतबार पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानबाट मगरले पटकपटक बालिकालाई बलात्कार गरेको खुलेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बालिकाको ६ महिनाको गर्भ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...
श्रावण १२ गते, २०८३ - १०:०४
पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...
श्रावण १२ गते, २०८३ - ०९:५६
रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...



प्रतिकृया लेख्नुहोस्: