विराटनगर । एमालेकाे समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएकाे छ । नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ सांसदको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने भएकाे हाे ।
माओवादी केन्द्र कोशी प्रदेशको सोमबार बसेको कार्यालय बैठकमा यस विषयमा छलफल भएको र उक्त छलफलले विश्वासको मत दिनुपर्ने निष्कर्ष निकालेको माओवादी निकट स्रोतले जनाएको छ ।
माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल बलदेवले आफूहरूको मनसाय मत दिने रहेको बताए । यद्यपि अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन नआएको उनकाे भनाइ छ । यस विषयमा भोलि केन्द्रले निर्देशन दिने पनि उनले बताए ।
गठबन्धनको निर्णय विपरीत विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् । उनले बुधबार विश्वासको मत लिन लागेका छन् । प्रदेशसभा सचिवालयले बुधबारका लागि प्रदेशसभा बैठक बोलाएको छ । गठबन्धन दल माओवादी केन्द्रसहित कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपाले पनि विश्वासको मत दिने सम्भावना छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता डा. शेखर कोइरालाबीच गठबन्धनलाई बलियो बनाएर लाने सहमति भइसकेको छ । राप्रपा भने विश्वासको मतको विषयमा मौन रहेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १०:०४
पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...
श्रावण १२ गते, २०८३ - ०९:५६
रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...
श्रावण १२ गते, २०८३ - ०९:५२
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...
श्रावण १२ गते, २०८३ - ०९:४९
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...
श्रावण १२ गते, २०८३ - ०९:२८
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...
श्रावण १२ गते, २०८३ - ०९:२५
धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...
श्रावण १२ गते, २०८३ - ०९:२०
झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...
श्रावण १२ गते, २०८३ - ०९:०८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अ...
श्रावण १२ गते, २०८३ - ०९:०५
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा गएराति पहिरोले धन्सार भत्किँदा बाबुछोरीको मृत्यु भएको छ भने आमा–छोरी घाइते भएका छन्। मृत्यु हुनेमा...
श्रावण १२ गते, २०८३ - ०९:०२
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँद...



प्रतिकृया लेख्नुहोस्: