सुनसरी । सरकारले घोषणा गरेको सुरुङमार्गमध्ये चार वटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले घोषणा गरेकोमध्ये सुरुङमार्गमध्ये अहिले चारवटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको जनाएको हो ।
केन्द्रले सुनसरीको धरान-लेउती सुरुङमार्ग, खुटिया-बीपी नगर-दिपायल सुरुङमार्ग, गोदावरीकुण्ड-काभ्रे मानेचौर सुरुङमार्ग र बाग्लुङ- नरेठाटी सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता सम्पन्न गरेको केन्द्रले जनाएको छ ।
केन्द्रका सिनियर डिभिजनल इन्जिनियर (सिडीई) दीप बाराहीले चारवटाको सम्भाव्यता अध्ययन सम्पन्न भएको बताए । उनकाअनुसार गत वर्ष दुई वटा सुरुङमार्ग, आर्थिक २०७८/७९ मा एउटा र चालु आर्थिक वर्षमा एउटा गरी चार वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरेको हो । उक्त प्रारम्भिक अध्ययनमा आयोजना निर्माणको लागि ५३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
‘अहिले प्रारम्भिक अध्ययनबाट चार वटा सुरुङमार्ग निर्माणका लागि ५३ अर्ब २५ करोड ७६ लाख रुपैयाँ खर्च हुने देखिएको छ,’ उनले भने, ‘उक्त अध्ययनले आयोजनाको ठ्याक्कै लागत यही हो भन्ने चाहिँ हुन्न । आगामी दिनमा प्रक्रिया अगाडि बढेमा डीपीआर र इआईएबाट आयोजनाको लागत यकिन हुनेछ ।’
उनले अहिले गरेको प्रारम्भिक अध्ययनले सुरुङमार्गको पहिलो चरणको प्रक्रिया पुरा गरेको बताए । केन्द्रले अध्ययन गरेको धरान-लेउती सुरुङमार्गका जोगबनी-किमाथांका सडकको दूरी र समयलाई छोट्याउने उद्देश्यले धरानदेखि लेउती खोलासम्मको सुरुङमार्ग बनाउने योजना बनाएको छ ।
सम्भाव्यता अध्ययनले सुरुङमार्गको लम्बाई ३.८७ किलोमिटर मिटर कायम हुने देखाएको छ । सरकारले सडकको दुरी कम गर्ने उद्देश्यसहित निर्माणका लागि गरेको अध्ययनबाट आयोजनाको निर्माण लागत ११ अर्ब ३८ करोड ६८ लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । यदि उक्त सुरुङमार्ग निर्माण भएमा सवा घण्टाभन्दा बढी लाग्ने समय छोट्टिएर अधिकतम १० मिनेटमा सिमित हुनेछ ।
उक्त सुरुङमार्गको सम्भाव्यता अध्ययन २०७८/७९ मा सम्पन्न भएको थियो । आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भएपनि हालसम्म अन्य कार्य भने नबढेको बाराहीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...
श्रावण १२ गते, २०८३ - १०:०४
पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...
श्रावण १२ गते, २०८३ - ०९:५६
रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...
श्रावण १२ गते, २०८३ - ०९:५२
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...
श्रावण १२ गते, २०८३ - ०९:४९
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...
श्रावण १२ गते, २०८३ - ०९:२८
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...
श्रावण १२ गते, २०८३ - ०९:२५
धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...
श्रावण १२ गते, २०८३ - ०९:२०
झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...



प्रतिकृया लेख्नुहोस्: