हुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा नेपाल वायुसेवा निगमको जहाज नेपाल एयरलाइन्सले उडान सङ्ख्या बिस्तार गरेको छ । नपालीहरुको महान् चाड वडा दसैँमा यात्रुहरू सहज रूपमा आफ्नो गन्तव्यमा पुर्याउनका लागि नेपाल एयरलाइन्सले उडान बिस्तार गरेको हो ।
नेपाल एयरलाइन्स हुम्लाका प्रमुख बलिराज हमालले आइतबारबाट सिमकोट विमानस्थलका लागि नेपाल एयरलाइन्सले हप्ताको चार वटा उडान सुरु गरेको बताए । यसअघि हुम्लाका लागि हप्तामा दुई उडान तालिका भए पनि त्यो नियमित थिएन । उनले अब आइतबार, सोमवार, बिहीबार र शुक्रवार उडान हुने बताए ।
दसैँको अवसरमा मुगुमा मङ्गलवारदेखि शुक्रवारसम्म चार दिन नियमित उडान हुने नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मान बहादुर चौधरीले जानकारी दिए । मुगुको ताल्चाका लागि यसअघि पनि हप्तामा दुई उडान हुँदै आएका थिए । त्यसैसरि कर्णाली कै हिमाली जिल्ला डोल्पा र जुम्लामा पनि हप्तामा चार उडान हुने उनले बताए ।
जुम्लामा यसअघि नेपाल एयरलाइन्सले हप्तामा एक उडान मात्र भर्दै आएको थियो । त्यसैसरि सुदूर पश्चिम प्रदेशको हिमाली जिल्ला बाजुराको कोल्टीका लागि पनि हप्ताको चार नेपाल एयरलाइन्सले भर्ने छ । दसैँ तिहार जस्ता ठुला चाडपर्वमा दुर्गमका जिल्लाहरूमा जान यात्रुरुहरुले दुःख पाउने भएकाले उनीहरूको सहजताका लागि संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयको निर्देशन अनुसार थप उडान राखिएको उनकाे भनाइ छ ।
यसका लागि नेपाल एयरलाइन्सको हवाई टिकट अनलाइन र सम्बन्धित कार्यालयमा पुगेर लिन सकिने क्षेत्रीय कार्यालय नेपालगन्जले गरेको छ । दुर्गमका जिल्लाहरूमा सडक यातायात भरपर्दो नहुँदा हवाई यातायात नै आवत जावतको प्रमुख विकल्पका रूपमा रहेको छ । कर्णाली र सुदूर पश्चिम प्रदेशका पाँच हिमाली जिल्लामा उडान भर्नका लागि नेपाल एयरलाइन्सले एउटा जहाज नेपालगन्जमा राखेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: