हुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा नेपाल वायुसेवा निगमको जहाज नेपाल एयरलाइन्सले उडान सङ्ख्या बिस्तार गरेको छ । नपालीहरुको महान् चाड वडा दसैँमा यात्रुहरू सहज रूपमा आफ्नो गन्तव्यमा पुर्याउनका लागि नेपाल एयरलाइन्सले उडान बिस्तार गरेको हो ।
नेपाल एयरलाइन्स हुम्लाका प्रमुख बलिराज हमालले आइतबारबाट सिमकोट विमानस्थलका लागि नेपाल एयरलाइन्सले हप्ताको चार वटा उडान सुरु गरेको बताए । यसअघि हुम्लाका लागि हप्तामा दुई उडान तालिका भए पनि त्यो नियमित थिएन । उनले अब आइतबार, सोमवार, बिहीबार र शुक्रवार उडान हुने बताए ।
दसैँको अवसरमा मुगुमा मङ्गलवारदेखि शुक्रवारसम्म चार दिन नियमित उडान हुने नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मान बहादुर चौधरीले जानकारी दिए । मुगुको ताल्चाका लागि यसअघि पनि हप्तामा दुई उडान हुँदै आएका थिए । त्यसैसरि कर्णाली कै हिमाली जिल्ला डोल्पा र जुम्लामा पनि हप्तामा चार उडान हुने उनले बताए ।
जुम्लामा यसअघि नेपाल एयरलाइन्सले हप्तामा एक उडान मात्र भर्दै आएको थियो । त्यसैसरि सुदूर पश्चिम प्रदेशको हिमाली जिल्ला बाजुराको कोल्टीका लागि पनि हप्ताको चार नेपाल एयरलाइन्सले भर्ने छ । दसैँ तिहार जस्ता ठुला चाडपर्वमा दुर्गमका जिल्लाहरूमा जान यात्रुरुहरुले दुःख पाउने भएकाले उनीहरूको सहजताका लागि संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयको निर्देशन अनुसार थप उडान राखिएको उनकाे भनाइ छ ।
यसका लागि नेपाल एयरलाइन्सको हवाई टिकट अनलाइन र सम्बन्धित कार्यालयमा पुगेर लिन सकिने क्षेत्रीय कार्यालय नेपालगन्जले गरेको छ । दुर्गमका जिल्लाहरूमा सडक यातायात भरपर्दो नहुँदा हवाई यातायात नै आवत जावतको प्रमुख विकल्पका रूपमा रहेको छ । कर्णाली र सुदूर पश्चिम प्रदेशका पाँच हिमाली जिल्लामा उडान भर्नका लागि नेपाल एयरलाइन्सले एउटा जहाज नेपालगन्जमा राखेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...
श्रावण १२ गते, २०८३ - १०:०४
पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेका बेला कास्की–२ का सांसद उत्तमप्...
श्रावण १२ गते, २०८३ - ०९:५६
रसुवा । नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्ने लक्ष...
श्रावण १२ गते, २०८३ - ०९:५२
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि उत्पन्न तनावका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेज बन्द भएका छन्। ...
श्रावण १२ गते, २०८३ - ०९:४९
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना घाइते हुने गरी भएको साम्प्रदा...
श्रावण १२ गते, २०८३ - ०९:२८
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलानजिक सुक्खा पहिरो खस्दा मंगलबार बिहानदेखि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहा...
श्रावण १२ गते, २०८३ - ०९:२५
धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ...
श्रावण १२ गते, २०८३ - ०९:२०
झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम...



प्रतिकृया लेख्नुहोस्: