काठमाडौं । दशैँ नजिकिएसँगै आन्तरिक उडानमा चाप बढेको छ । दशैँका लागि आन्तरिक उडानको ८० प्रतिशत टिकट अग्रिम बुकिङ् भएको सम्बन्धित एयरलाइन्सले जनाएका छन् ।
काठमाडौंबाट बाहिरिनेमध्ये केही गन्तव्यका सबै टिकट अग्रिम बुकिङ् भइरसकेका छन् । अपर क्लासका महँगो टिकट मात्र बाँकी रहेको एयरलान्सले जनाएका छन् । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दशैँ लक्षित यतीको ८० प्रतिशत टिकटहरु बुकिङ् भइसकेका छन् । केही स्थानहरुको टिकट मात्र बाँकी रहेको उनको भनाइ छ ।
बसको जस्तो मिति तोकेर टिकट बुकिङ नखोलिने भएकाले अनलाइन टिकट बुकिङ् मार्फत यात्रुहरुले सहुलियत टिकट बुकिङ् गरिसकेको उनले बताए । हवाई टिकट, बसको जस्तो मिति किटान गरेर नखुल्ने भएकाले अनलाइनबाट अग्रिम रुपमा नै काट्ने व्यवस्था भएकाले चाँडै बुकिङ् भएको उनकाे भनाइ छ । अनलाइनबाट काट्दा पहिले कम मूल्यका टिकटहरु काट्न मिल्ने भएकाले अब अपर क्लासका टिकट मात्र बाँकी रहेकाे उनले बताए ।
यस्तै बुद्द एयरका सञ्चार प्रबन्धक दीपेन्द्र कर्णले बुद्ध एयरलाइन्सको ८५ प्रतिशत टिकट बुकिङ् भइसकेको बताए । पछिल्ला दिनहरुमा अग्रिम टिकट बुकिङ् गनेको सङ्ख्या बढिहरहेको बताउँदै केही क्षेत्रमा ९० प्रतिशत टिकट अग्रिम रुपमा बुकिङ् भएको र केही स्थानमा ८० प्रतिशत बुकिङ् भएका उनले बताए ।
अहिले बुद्ध एयरले दैनिक ओहोरदोहोर गरेर १५० अडान गर्दै आएको छ । सञ्चार प्रबन्धक कर्णका अनुसार चाप बढिरहेकाले दशैँको आसपासमा माग बढी भएको खण्डमा उडान थप्न सकिनेछ । सुर्खेत र तुम्लिङ्टारमा सीमित मात्रामा मात्र उडान भएकाले कुनै यात्रुले टिकट स्थगित गरेको खण्डमा मात्र टिकट बिक्री गर्न सकिने अवस्था छ ।
यस्तै श्री एयरलान्सका प्रवक्ता अनिल मानन्धरका अनुसार श्री एयरलाइन्सको पनि ८० प्रतिशत टिकट अग्रिम बुकिङ् सकिएको छ । उनका अनुसार दशैँमा बढी चाप विराटनगर, भद्रपुर, पोखराका लागि हुनेगरेको छ । दशैका लागि उपत्यकाबाट बाहिरिनेमा अध्याधिक चाप विराटनगर, भद्रपुर र पोखराको रहेकाे बताउँदै उनले अहिले अग्रिम टिकट बुकिङ् चाँडै सकिएको जनाए । दशैँपछि पनि बुकिङकाे चाप यस्तै हुने उनकाे भनाइ छ ।
अहिले काठमाडौंदेखि धनगढीसम्मको अधिकतम हवाइ भाडादर १७ हजार १८६ छ । उक्त गन्तव्यमा अहिले सहुलियत भाडादर १३ हजार ५०१ रहेकाे छ । काठमाडौंबाट सबैभन्दा नजिक रहेको सिमरा र भरतपुरमध्ये सिमराको अधिकतम भाडादर चार हजार ६१ र भरतपुरको अधिकतम भाडादर चार हजार ७३९ रहेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: