वीरगन्ज । चोरीपैठारी गरी भित्र्याइएका कम्प्युटर, ल्यापटप तथा पार्टसहरु पर्सा प्रहरीले ठूलो परिमाणमा बरामद गरेको छ । विशेष सूचनाको आधारमा शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बरामद गरेको हो ।
वीरगन्ज-५ स्थित एडी कम्प्युटर सप्लायर्सका सञ्चालक अजय सिंहको घरबाट ५१ लाख २६ हजार मूल्य बराबरको कम्प्युटर, ल्यापटप तथा इलेक्ट्रोनिक्स सामानहरु बरामद भएको प्रहरीले जनाएको छ । डीएसपी कुमारविक्रम थापाका अनुसार भन्सार छली अवैध तरिकाले भित्र्याइएका इलेक्ट्रोनिक्स सामान सिंहको चार तल्ले घरको भुइँतलाको कोठामा भण्डारण गरेको पाइएको हो ।
भन्सार छली चोरी पैठारी गरेको खुलेकाले बरामद कम्प्युटर, ल्यापटप तथा अन्य सामग्री आवश्यक कारबाहीका लागि आइतबार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको थापाले बताए । उनका अनुसार प्रहरीले डेल कम्पनीको सीपीयू, ल्यापटप, मोनिटर, माउस, मोनिटर वायर, सीपीयू बक्स, हार्ड डिक्स, सीसीटीभी वायर, मदर बोर्ड, ग्राफिक्स कार्ड, कुलिङ फ्यान, ल्यापटप चार्जर, कम्प्युटर ब्याट्री लगायतका सामान बरामद गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - ०९:३१
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...
श्रावण १८ गते, २०८३ - ०९:२२
विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...
श्रावण १८ गते, २०८३ - ०९:२०
विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। प्...
श्रावण १८ गते, २०८३ - ०९:१४
काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...
श्रावण १८ गते, २०८३ - ०९:११
भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीका अ...
श्रावण १७ गते, २०८३ - २३:५२
काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेक...
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...



प्रतिकृया लेख्नुहोस्: