Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

४५ करोड लगानी भएको सिद्धार्थ भिलासा बनबास रिसोर्ट सञ्चालनमा

खबरडबली संवाददाता

चितवन । चितवनको सौराहा नजिकै सिद्धार्थ भिलासा बनबास रिसोर्ट सञ्चालनमा आएको छ । खैरहनी नगरपालिका–१३ हर्नरी भन्ने ठाउँमा बनेको रिसोर्ट आइतबारबाट सञ्चालनमा आएको हो ।

सिद्धार्थ हस्पिटालिटीले आफ्नो लक्जरी ब्राण्ड सिद्धार्थ भिलासाको दोस्रो शाखाको रूपमा यो रिसोर्ट सञ्चालनमा ल्याएको छ । पर्यटन व्यवसायी बासु ढुंगानाले ९ वर्षअघि निर्माण सुरू गरेको रिसोर्टमा पछि पूर्वसांसद उमेश श्रेष्ठ, विद्या लिम्बु, रमेशबाबु वाग्ले र गीता अधिकारी पाण्डेले पनि लगानी गरेका थिए । सिद्धार्थ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउँदै यस क्षेत्रको सम्वृद्धिमा सहयोग गर्ने लक्ष्य रहेको बताए ।

बनबास चितवन प्रालिका अध्यक्ष बासु ढुंगानाका अनुसार रिसोर्ट निर्माणमा ४५ करोड रुपैयाँ खर्च भएको छ । रिसोर्ट स्थापनासँगै देश तथा विदेशबाट बुकिङ गर्नेक्रम सुरू भएको उनले बताए ।

तीन बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको यो रिसोर्ट कुमरोज र जन्कौली मध्यवर्ती सामुदायिक वनको नजिक छ। यहाँ २४ भिल्ला र २ स्वीटसहित ३४ वटा सुविधायुक्त कोठा छन्। भिल्लाहरू काठले बनेका, माटोले पोतिएका, खप्डाले छाएका छन्। सम्पूर्ण भिल्लाको नामाकरण चाराको नामबाट राखिएको छ। रिसोर्ट परिसरमा ठूलो ताल र स्विमिङ पुल पनि छन्।

रिसोर्टमा २ वटा सभा गोष्ठी हल, नजिकै रहेका सामुदायिक वनमा रमाउने जनावरको दृश्यावलोकन गर्न सकिने रेष्टुरेन्ट रहेको महाप्रबन्धक प्रकाश न्यौपानेले बताए । न्यौपानेकाअनुसार यहाँ बस्न विदेशी पर्यटकले दुई रात, तीन दिनको प्याकेजका लागि २५० देखि ४ सय डलरसम्म तिर्नुपर्छ। यो रकमबाट पर्यटकले हात्ती सफारीबाहेकका प्याकेजहरू प्राप्त गर्न सक्छन्। आन्तरिक पर्यटक एक जोडीलाई दस हजार रुपैयाँमा एक रात बसाइ र ब्रेकफास्टको सुविधा छ।

होटल, रेष्टुरेन्ट, रिसोर्ट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इन्स्टिच्युटलगायतका व्यवसायको सञ्जाल तयार पारेर सिद्धार्थ ग्रुपले ३० शाखामार्फत सेवा प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए । कैलालीको टीकापुर र कर्णाली चिसापानी, झापाको बिर्तामोड, नुवाकोटको बट्टार, कपिलवस्तुको चन्द्रौटा, काठमाडौंको बानेश्वर, तीनकुने, सुन्धारा, बौद्ध, धोवीघाट, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर, बुटवल, चितवनको चुम्लिङटारपछि सौराहामा सेवा सुरू गरेको न्यौपानेले बताए।

यो ग्रुपले नेपालगञ्जमा चारतारे र भैरहवामा पाँचतारे होटल सञ्चालन गरेको छ। सिद्धार्थ भिलासा बनबासा रिसोर्ट पनि पाँचतारे होटलले दिने सेवा सुविधा दिनेगरी सुरू गरिएको अध्यक्ष बासु ढुंगानाले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending