Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

दसैँको मुखमा बजारमा चिनी र जीराको कृत्रिम अभाव

खबरडबली संवाददाता

काठमाडौं । दसैँको मुखमा बजारमा चिनी र जीराको कृत्रिम अभाव देखीएकाे छ । चाडबाडको मौकामा बजारमा चिनी र जीराको कृत्रिम अभाव देखीएकाे हाे ।

यतिबेला बजारमा व्यापारीले आफूखुसी खाद्यान्नको भाउ बढाएका सँगै कतिपय वस्तुको अभावसमेत हुन थालेको छ । दैनिक खाद्यान्नको मूल्य बढाएसँगै कृत्रिम अभाव सृजना गरेर कालोबजारी सुरू भएको उपभोक्ताको गुनासो छ ।

अहिले बजारमा चिनी र जीराको अभाव छ । जीराको मूल्य ३ गुणाले बढाएर प्रतिकेजी १ हजार ३ सयभन्दा माथि पुर्‍याइएको छ । सीमित थोक पसलमा पाइएपनि खुद्रामा चिनी पाइन छाडेको उपभोक्ताले बताएका छन् । तर, १५० रूपैयाँ तिर्न तयार हुँदा चिनी पाइने टिकाथलीकी प्रमिला भट्टराई बताउँछिन् । चिनी त झन् पसलमा पाइन छाडेको छ । प्रतिकेजी १ सयमा बिक्री भइरहेको चिनीको भाउ एक्कासी १३० देखि १५० रूपैयाँ पुर्‍याइएको छ ।

दसैँको मुखैमा आएर बजारमा चिनी सटेज भएको नेपाल खुद्रा व्यापार संघका कोषध्यक्ष वसन्त श्रेष्ठले बताए । राज्यले दसैँको बेला चिनी सटेज हुने कुरालाई ध्यान दिनुपर्ने भए पनि ध्यान नदिएकाे उनकाे भनाइ छ ।  अहिले बजारमा जीरा पनि सटेज रहेकेा बताउँदै उनले भन्सारमा समस्या भएको भन्दै जीरा कसैले निकालेका बताए ।  खाद्यान्नको १० प्रतिशतसम्म र जीराको भाउ मूल्य ३ गुणासम्म बढेको उनको भनाइ छ ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाँ बजारका सरकारकै कारण चिनीको हाहाकार भएको बताउँछन् । अहिले बजार नै विचौलीयाहरूले चलाइरहेका र दसैँको मौका छोपेर चिनी र जीराको हाहाकार बनाएकाे उनले बताए  । राज्यको कारण नै बजारमा मूल्यवृद्धि र अभाव भएको उनकाे आराेप छ ।

दुई महिनाअघि १३० रूपैयाँ प्रतिकिलो रहेको मुसुरीको दाल अहिले १ नम्बरको १७० पुगेको छ । प्रतिकेजी ४० रूपैयाँ बढेर रहरी दाल २३० पुगेको छ । भारतले चामल निर्यातमा कर लगाएपछि पनि नेपाली बजारमा चामलको भाउ पनि बढिरहेको छ । संघका अनुसार बजारमा नयाँ चामल आउने बेला भएकोले बोरामा ५० देखि १ सयसम्म मूल्यवृद्धि भएको छ ।

भुटेको तोरीको तेलमा पनि प्रतिलितर ५ देखि १० रूपैयाँसम्म वृद्धि भएको छ । भुटेको तोरीको तेल प्रति लिटर ३६० रुपैयाँ, काँचो तोरीको तेल प्रति लिटर ३१० रूपैयाँसम्म रहेको छ । भने, भटमास तेल र सनफ्लावरको मूल्य प्रति लिटर २०५ रूपैयाँ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending