Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

इजरायलको बमबारी हमासविरुद्ध कि निहत्था प्यालेस्टाइनीविरुद्ध 

खबरडबली संवाददाता
काठमाडाैं ।  गत साता हमासले इजरायलमा बर्बरतापूर्ण आक्रमण गरेसँगै इजरायलले गाजा क्षेत्र तहसनहस बनाउने गरी आक्रमण जारी राखेको छ । इजरायलको रक्षा मन्त्रायलका अनुसार अब उसले गाजामा हवाई, स्थल र सामुन्द्रिक इलाकाबाट समेत एकैसाथ हमला गर्नेछ ।

इजरायलको बम वर्षाका कारण हालसम्म गाजामा ११०० जनाले ज्यान गुमाएका छन् । इजरायलको यो बमवर्षा अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको कतिपय पर्यवेक्षकहरुले बताएका छन् ।

इजरायलको आक्रमणबाट त्यस क्षेत्रका स्कुल अस्पतालसमेत ध्वस्त भएका छन् । गाजामा इजरायलले खाद्यान्न तथा खानेपानी समेत बन्द गरिदिएको छ । ऊर्जामा कटौती, खाद्यान्न तथा खानेपानीसमेत रोकेर इजरायलले गाजाका २० लाख ३० हजार मानिसलाई सामूहिक सजाय दिंदै अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको पर्यवेक्षकहरुको भनाइ छ ।
 
हमासको हमलापछि १२००  इजरायलीको ज्यान गएको छ भने ३००० इजरायली घाइते भएका छन् । १५० जना बन्धक बनाइएको स्थिति छ । बन्धक फिर्ता नगरेसम्म गाजामा हाहाकार मच्चाउने क्रम जारी राख्ने इजरायलको चेतावनी छ ।

इजरायलले गाजामा हमला जारी राख्दा अमेरिकाले उसलाई हतियार तथा जस्तोसुकै सहयोगका लागि तयार रहेको बताएको छ । सार्वजनिक भएका मिडिया रिपोर्ट अनुसार इजरायली  प्रधानमन्त्री बन्जामिन नेतान्याह्युले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुराकानी गरेका थिए । त्यही संवादमा अमेरिकी ढाडस प्राप्त गरेसँगै इजरायल गाजा ध्वस्त बनाउने अभियानमा जुटेको हो । इजरायलले समर्थन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले भनेका थिए, ‘हामी युद्धको नियमलाई शिरोपर गर्छौं ।’

२६० जना बालबालिका र २३० महिलाको ज्यान जाँदा समेत पालना नभएको युद्धको नियम खासमा कस्तो छ त ?

मानवअधिकारसम्बन्धी  निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय ह्युमन राइट्स वाचका वेस्ट बैंक तथा गाजामा इजरायलले गर्न खोजेको कब्जा अन्तर्राष्ट्रिय कानुनको नजरमा जारी सशस्त्र द्वन्द्व हो ।

सन् १९४९ को जेनेभामा सन्धिको दफा ३ र सन् १९७७ मा थप भएका प्रावधानले पनि त्यसलाइ जारी सशस्त्र द्वन्द्वकै रुपमा व्याख्या गर्छ । यस सन्धिले सामुहिक सजायलाइ मान्यता दिंदैन । यस कानुन अन्तर्गत युद्ध पक्षले पालना गर्नुपर्ने नियमहरु निम्न छन् :

  • लडाकु र निहत्था नागरिकलाइ समान व्यवहार गर्न नहुने ।
  • सार्वजनिक पूर्वाधार, स्कुल, विद्यालय, निजी निवास तथा अस्पतालको संरक्षण गर्नुपर्ने  ।
  • लक्षित स्थानमा निहत्था नागरिकको रहेको अवस्थामा हमला अघि प्रशस्तै चेतावनी दिनुपर्ने ।
  • स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवा र अत्यावश्यक सेवाका लगि खटिएका जनशक्तिको बचाउ गर्नुपर्ने ।
  • मानवीय सहायताका गतिविधिलाई रोक्न नपाइने
  • कब्जा लिएका नागरिक तथा सशस्त्र समूहलाई कुनै नोक्सान पुर्‍याउन नहुने, बन्दीलाई क्रुर तथा अमानवीय व्यवहार गर्न नहुने ।

हमास र इजरायली सरकार दुवै युद्धबारेको अन्तर्राष्ट्रिय सन्धी र त्यसका आधारमा बनेका कानुन पालनाका लागि  बाध्य हुनेछन् । हमासले इजरायली र अन्य नागरिक मारेकोप्रति वृहत आलोचना भएको छ । हाल इजरायलले गाजामा चालेको कदमको अन्तर्राष्ट्रिय कानुनविद्हरुले विरोध जनाएका छन् ।

गत सोमबारे इजरायली रक्षामन्त्री योअभ जलान्टले प्यालेस्टाइनलाइ मानिसको आवरणका जनावरको संज्ञा दिंदै उनीहरुलाई ध्वस्त बनाउने चेतावनी दिएका थिए । सोमबारदेखि त्यहाँ विद्युत, खाध्यान्न तथा ऊर्जा जस्ता अत्यावश्यक वस्तु पठाउन रोक लगाइयो । मंगलबार  इजारयलले त्यहाँ हवाई हमला गर्‍यो । उनले हमासलाई चेतावनी दिँदै भनेका छन्, ‘हमासले गाजामा परिवर्तन चाहेको थियो ।  चाहेको र सोचेकोभन्दा भिन्न परिवर्तनको सामना अब उसले गर्नेछ ।’

विगत १६ वर्षदेखि इजरायलले गाजालाई प्रतिबन्धमा राखेको छ । ऊर्जा, खानेपानी सहितका आधारभूत आवश्यकतानै रोक्का गरिदिएपछि त्यहाँको अवस्था निकै भयावह छ । शरणार्थी शिविर, आवासीय क्षेत्र, विद्यालय, अस्पतालसहितका तीन लाख ४० हजार पूर्वाधारर ध्वस्त छन् र यो संख्या अझै बढ्नेछ ।

विद्युत तथा औषधि रोकिंदा घाइतेहरुको उपचारमा समस्या भइरहेको छ । इजरायलमा गाजाको आक्रमणबाट ५ हजार ३३९ मानिस घाइते भएका छन् । ‘हामी यहाँ छटपटाइरहेका छौं। हामीलाई बचाउनका लागि कसैले कुनै पनि कदम चालेको छैन । गाजामा अहिले मानवीय सहायतको खाँचो छ,’ मर्वान जिलानीले भने ।

गत मंगलबार मानवनअधिकारसम्बन्धी राष्ट्रसंघीय उच्च आयोगका प्रमुख भोल्कर ट्रुकले जारी द्वन्द्वलाई विष्फोटक बारुद भन्दै इजारयलको गाजामा प्रतिबन्ध र हमला अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको बताए । ‘जीवन बाँच्नका लागि न्यूनतम आवश्यकताका वस्तु तथा सेवामा प्रतिबन्ध लगाउने काम अन्तर्राष्ट्रिय कानुनले निषेध गरेको छ,’ उनले भनेका छन् ।

अन्तर्राष्ट्रिय कानुन हमासला जति लाग्छ इजरायलको हकमा पनि उत्तिकै लाग्ने उनको भनाइ थियो ।

अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया के छ ?

अन्तर्राष्ट्रिय फौजदारी अदालतले मंगलबार प्यालेस्टाइन राज्यमा विगतदेखि हालसम्म भएका युद्ध अपराधमा अनुसन्धान अघि बढाउन भनेको छ ।

अभियोजकहरुले अनुनसन्धानका लागि सूचना संकलन गरिरहेका छन् । अन्तर्राष्ट्रिय फौजदारी अदालनको कानुन अनुसार युद्धको समयमा भएको भोकमरी युद्धअपराध हो । सिरियाका शासक बसर-अल असदले गृह युद्ध तथा प्रतिपक्षलाई दबाउनक लागि आत्मसपर्ण गर्ने वा भोकै बस्ने नीति लिएका थिए । त्यसलाई युद्ध अपराध मानिएको थियो । यस्तै रुसले युक्रेनका कतिय क्षेत्रमा खाद्यान्न रोकेको विषयलाई समेत अन्तर्राष्ट्रिय अदाललते नियालिरहेको छ ।

यस्तै राष्ट्रसंघको मानवअधिकार परिषद्ले इजरायल र हमास दुवैले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको प्रमाण रहेको बतँएको छ । ‘गाजालाई पूर्ण रुपमा ध्वस्त बनाउँदै आफ्नो नियन्त्रणमा लिने इजरायली नीतिप्रति परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ । नि:सन्देह यसले धेरै निहत्था नागरिकको ज्यान लिने छ । साथै, अन्तर्राष्ट्रिय कानुनले प्रतिबन्ध लगाएको सामूहिक सजायलाइ पनि प्रश्रय दिने छ।’

रोयटर्सका अनुसार इजिप्टले अमेरिका तथा अन्य शक्तिशाली मुलुकसँग गाजामा मानवीय सहायताका योजबनारे छलफल गरेको छ । तर शक्तिशाली राष्ट्रले सहायतका लागि कोरिडोर खुला गरेमा गाजाबाट विस्थापितहरु अन्यत्र भाग्ने भन्दै त्यसलाई अस्वीकार गरिएको रोयटर्सले जनाएको छ । इजरायली पूर्वसांसद सामी अबु सेदहाले भने, ‘बाइडेन लगायत अन्य अन्तर्राष्ट्रिय नेताले नेतान्याह्युलाई जातीय सफायाका लागि स्वीकृति दिए ।’

लण्डनमा आधारित अरबी समाचार संस्था अल अरबी अल जदिदमा उनले थप लेखेका छन्, ‘इजरायलले हमाससँग मात्रै बदला लिइरहेको छैन उसले २० लाख २० हजार मानिसलाई सामूहिक सजाय दिइरहेको छ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...

निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...

पत्रकारमाथि धरपकड भए सिंहदरबार केन्द्रित आन्दोलन, अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत गुहार्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...

विकास पुग्यो तर बस्ती रित्तिए: पाल्पाका गाउँहरू वृद्धवृद्धाको सहारामा मात्रै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...

श्रीमती लिन ससुराली पुगेका युवकलाई सालोले आगो लगाइदियो, बचाउन गएकी भाउजूको पनि मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending