Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

नवरात्र सुरुः कुन दिन कुन देवीको पूजा ?

खबरडबली संवाददाता

काठमाडौं ।  आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको स्मरणमा मनाइने नवरात्र आइतबारदेखि सुरु भएको छ । 

दूर्ग नाम गरेको ऋषिलाई वध गरेको आधारमा दूर्गा नाम राखिएकी देवीको नौ वटा स्वरूपलाई पूजा गरेर नवरात्र मनाउने गरिन्छ । नवरात्र सकिएपछि देवीले आसुरी शक्तिको वध गरेको स्मरणमा विजयको टीका लगाएर यो पर्व सम्पन्न गर्ने गरिन्छ, यस्तो टीका कतै एकदिनमात्रै लगाउँछन् भने नेपालको समेत कतिपय ठाउँमा ५ दिनसम्म लगाउने गरिन्छ ।

के–के हुन् नवरात्रमा गरिने कार्यहरू ?

नवरात्रको पहिलो दिन शनिबार घरघरमा विधिपूर्वक पूजाआजागरी घटस्थापना राख्ने गरिन्छ । घटस्थापनाको दिन विधिपूर्वक नवदूर्गा खडा गर्ने, त्यसैमा जमरा राख्ने र नित्य १० दिनसम्म पूजा गर्नको लागि छुट्टै किसिमको दशैंघरको रूपमा विकास गर्ने गरिन्छ ।

घटस्थापनामा नौ वटा शुद्ध पातबाट बनेको बोहोतामा शुद्ध माटो राखेर त्यसमा जौ, धान, मकै जस्ता अन्न छरिन्छ । यी सबै विधि सुरु हुनुपूर्व दशैंघरलाई नै शुद्ध बनाउनुपर्छ । जमरामा जौ सबै क्षेत्र र जातिका मान्छेले राख्ने गर्छन् । तर मकै र धान भने केही जातिले राख्छन् धेरैले राख्दैनन् ।

विजयादशमीको दिन पहेँलो जमरा लगाउने गरिन्छ । जमरा पहेँलो होस् भन्नेको लागि नै सूर्यको किरण देखाउनु हुँदैन भन्ने मान्यता छ । त्यो पूजा विधि गोप्य हुने भएकोले पूजारी बाहेक अरूले हेर्न समेत हुँदैन भन्ने मान्यता छ ।

यसरी नौ वटा बोहोतामा चामल र कलश सहित स्थापना गरिएका देवीलाई छुट्टाछुट्टै दिनमा विशेष पूजा गरिन्छ । तोकिएको दिनबाहेक अरु दिन अरूदेवीलाई दूर्गाको परिवारको रुपमा सामान्य पूजा मात्रै गरिन्छ । जस्तो नवरात्रको पहिलोदिन शैलपूत्रीको पूजा हुन्छ । यस दिन अरु देवीको सामान्य पूजा मात्रै हुन्छ भने देवीको यो स्वरुपको विशेष पूजा हुन्छ ।

यो नौ दिनसम्म सम्भव हुनेले शक्तिपीठमा गएर पनि पूजा गर्ने गर्छन् । तर यो वर्ष कोरोना महामारीका कारण शक्तिपीठमा पूजा गर्ने अवस्था नभएकोले घरमा नै स्थापित दूर्गालाई पूजा गर्ने गरिन्छ ।

यसरी नौ दिनसम्म गोप्य पूजाविधिबाट पूजा गरेको जमरालाई विजयादशमीको दिन विधिपूर्वक आफ्ना मान्यजनको हातबाट जमरा लगाएर आशीर्वाद लिने गरिन्छ । बलीको चलन भएकाहरूले आफ्नो संस्कार अनुसार सप्तमी, अष्टमी र नवमीको दिन बली दिने गर्छन् । तर दशमीको दिन भने बिहान नित्य पूजा सम्पन्न गरेर शुभ साइतमा टीका मात्रै लगाउने गरिन्छ ।

कुन दिन कुन देवीको हुन्छ पूजा ?

नवरात्रको पहिलो दिन अर्थात् शनिबार देवी शैलपुत्रीको पूजा आराधना गरी नवरात्रको सुरुवात गरिन्छ । शैलपुत्री भनेको पार्वतीको स्वरूप हो । आफ्ना पति महादेवको आलोचना सुन्न नसकेर अग्निमा हामफालेकी सतिदेवीले अर्को जन्ममा हिमालयकी पुत्री पार्वतीको रुपमा जन्म भएको भन्ने स्कन्धपुराणमा उल्लेख छ । तिनै पार्वती स्वरुपको पहिलो दिन पूजा गर्ने गरिन्छ ।

दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा हुने गर्छ । यहाँ ब्रह्म शब्दको अर्थ तपस्या भन्ने हो । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने मान्यता छ ।

त्यस्तै, तेस्रो दिन आराधना गरिने देवी चन्द्र घण्टा, चौथो दिन कूष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनीको दिनसम्म सामान्य दशैं घरमा पूजा बाहेक खासै विशेष केही पनि कर्म गरिँदैन ।

तर दशैंको सातौ दिन अर्थात् सप्तमीको दिनदेखिको ४ दिन दशैंको विशेष कर्म हुने गर्छ । सप्तमीको दिन आफ्नो घरमा भएका हतियारहरूको पूजा गरिन्छ । सो दिन कालरात्रि देवीको पूजा हुन्छ । देख्दै भयंकर स्वरुपकी ती देवीको बाहेक अरु सबैको पूजा दिउँसोमा हुने गर्छ । त्यस्तै, अष्टमीको दिन महागौरी र दसैंको नवमीको दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दशैंको १० औं दिन अर्थात् विजयादशमीको दिन दशैंको मुख्य दिन हो । नौ दिनसम्मको महिसासुर र देवीबीचको युद्धमा दशमीको दिन महिसासुरलाई दूर्गाले वध गरेको उपलक्ष्यमा विजयको टीका लगाउने गरिन्छ ।

कुल चार प्रकारको दशैंमध्ये असोज महिनामा मनाइने यो दशैंलाई बडा दशैं भन्ने गरिन्छ । यो दिन नै आफूभन्दा ठूलाको हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिने गरिन्छ ।

शास्त्रीय मान्यता अनुसार टीकाको ५ दिन अर्थात् पूर्णिमासम्म दशैंको टीका लगाउने चलन छ । तर गण्डकी प्रदेशका केही ठाउँमा भने दशैंको दिनमात्रै टीका लगाउने चलन छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वी पहाडमा ‘मत परिवर्तन’को नयाँ अध्याय : कांग्रेस–एमालेलाई उछिन्दै श्रम संस्कृति दोस्रो शक्ति

  काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...

जन्मददेव जैैशी जसले चुनावमा २४,२७५ खर्च गरे, ३० मत पाए

काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन्  । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...

नेतृत्वले हारको जिम्मेवारी लिनुपर्छ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...

आवश्यक परे पानीजहाज भाडामा लिएर पनि नेपाली उद्धार गर्छौं : परराष्ट्र सचिव

काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...

एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...

सिरहामा प्रेसर कुकर बम विस्फोट भएको पुष्टि

जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...

तेल मूल्य उकालो लागेपछि जी–७ सजग : आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्ने संकेत

काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...

भक्तपुरमा ह्युम पाइपमा लुकाएको अवस्थामा ४१ राउण्ड गोली फेला

भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...

विश्व ऊर्जा संकटको संकेत : नेपालमा पनि इन्धन मितव्ययी प्रयोग गर्न आयल निगमको आग्रह

काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE