Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

बजारमा सुपथ पसलकाे तामझाम, दुर्गमका रित्ता गोदाममा सुपथ पसलकाे व्यानर

खबरडबली संवाददाता

धनगढी । दसैं–तिहारलगायत चाडपर्वलाई लक्ष्य गर्दै नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले तराईलगायत सुगम क्षेत्रमा तामझामका साथ सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । तर अधिकांश समय खाद्य संकट हुने दुर्गम जिल्लामा सुपथ पसल त के खाद्यान्न नभएर गोदाममा ताल्चा झुन्डिएका छन् ।

सुदूरपश्चिममा खाद्यान्न संकट भइरहने बाजुरामा कम्पनीका गोदाम रित्ता छन् । अत्यधिक माग हुने कोल्टीस्थित खाद्य डिपोले असोज ८ देखि खाद्यान्न सकिएको सूचना टाँस गरेर गोदाम बन्द गरेको छ । कोल्टी क्षेत्रकै कवाडी र मुक्तिकोट बिक्री केन्द्रको अवस्था पनि उस्तै छ ।

यता सदरमुकाम मार्तडीमा भने झन् गजब छ । गोदाममा खाद्यान्न छैन । तर उपल्लो निकायको निर्देशनमा गोदामबाहिर ‘सुपथ मूल्य पसल’को ब्यानर झुन्ड्याइएको छ । ‘के भन्नु, अनौठो तरिका भएको छ । गोदाममा चामल छैन, सुपथ मूल्य पसलको ब्यानर झुन्ड्याउनू भनेर निर्देशन आयो,’ कम्पनीको मार्तडी शाखा प्रमुख मेखराज ओझाले भने ।

कोल्टी डिपोको गोदाम रित्तिँदा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् । गोदाममा भएका बेला डिपोले प्रतिकिलो ५६ रुपैयाँमा बिक्री गर्ने गुणस्तरकै चामल अहिले बजारमा ७० रुपैयाँ प्रतिकिलो किन्नुपरेको छ । ‘सहर बजारतिर त यतिबेला खाद्यले सुपथ मूल्य पसल चलाएर केही सस्तोमा बिक्री गर्न लागेको सुन्छौं,’ वीरबहादुर रोकायाले भने, ‘तर हामी जस्तो दुर्गमका बासिन्दालाई भने सस्तो चामल त परै आओस्, खाद्यान्न नै छैन भनेर गोदाम बन्द गरिएको छ ।’

प्रदेश कार्यालयमा बारम्बार गुहार्दा आश्वासन आए पनि चामल भने आउन नसकेको उनले जनाए । ‘हामीलाई पनि तनाव छ, चाडबाडका मुखमा गोदाममा ताल्चा झुन्ड्याउनुपरेको छ,’ कोल्टी डिपो प्रमुख भीमबहादुर बुढाले भने ।

नेपाल खाद्य तथा व्यापार कम्पनी प्रदेश कार्यालय धनगढीले भने ढुवानी सम्झौता गर्न ढिलाइ भएर समस्या भएको बताएको छ । मोटा चामल धनगढीमै अभाव रहेको र मसिनो चामल भने पठाउने तयारी रहेको कार्यालयकी लेखा अधिकृत कल्पना विष्टको भनाइ छ । ‘सुदूरपश्चिममा बैतडी र डोटीबाहेक सबै जिल्लामा सुपथ मूल्य पसल सञ्चालनको योजना छ,’ उनले भनिन् । कम्पनीले बाजुरा सदरमुकाम मार्तडीमा अघिपछि पनि ‘अरुवा’ मोटा चामल प्रतिकिलो ५४ र मसिनो ९२ रुपैयाँमा बिक्री गर्थ्यो ।

चाडबाडको समयमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्य राखेर कम्पनीले पसल खोले पनि दुर्गम क्षेत्रलाई भने बेवास्ता गरेको स्थानीय बताउँछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा बाजुरासहित ४२ जिल्लाका ४८ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरेको दाबी गरिरहेको छ । सरकारले सुपथ मूल्य पसलका लागि अनुदान दिएकाले यति बेला प्रतिकिलो सात रुपैयाँ छुट दिइरहे पनि दुर्गमका उपभोक्तालाई भने पुरानै मूल्यमा पनि खाद्य सामग्री पाउने व्यवस्था गर्न कम्पनी चुकेको छ ।

दसैंतिहार लक्षित गरी धेरै जिल्लामा सुपथ मूल्य पसल संचालन भइरहेका समाचार सुनेर मंगलबार चामल किन्न मार्तडीस्थित गोदाममा पुगेका बीरबहादुर थापा रित्तो हात फर्किए । सधैं प्रतिकिलो ५४ रुपैयाँ पर्ने मोटो चामलका लागि पंसाको जोहो गरेर आएका उनी खाली हात फर्किएका हुन् । गोदाममा ९२ रुपैयाँ किलो पर्ने मसिनो चामल भए पनि बिक्री भइरहेको छैन । ‘कसरी त्यति महँगो चामल किनेर खानु ?’ उनले भने, ‘सामान्य मानिसले किन्न नसक्ने भाउको चामल ल्याएर राखिदिएको छ । सरकारको पसलमा जनतालाई सस्तो हुने केही सामान छैन ।’ मार्तडी डिपोमा पुगेर दैनिक २५/३० जना रित्तो हात फर्किने गरेका छन् । उता, बाजुराको कोल्टी, कवाडी डिपोमा पनि त्यही अवस्था छ । मार्तडीमा भदौ २४ मै चामल सकिएको सूचना टाँस गरिएको कार्यालय प्रमुख मेखराज ओझाले बताए ।

बाजुरामा गत आर्थिक वर्ष ०७९/८० मा मार्तडीमा ९ हजार, कोल्टीमा ८ हजार, कवाडीमा ३ हजार र मुक्तिकोटमा ५ सय क्विन्टल मोटा चामल बिक्री भएको थियो । ‘महँगो मूल्य पर्ने भएकाले मसिना चामलको विक्री नगण्य मात्रामा हुन्छ,’ मार्तडीस्थित शाखा कार्यालय प्रमुख ओझाले भने । कान्तिपुरमा याे समाचार छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending