Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

प्रतिनिधि सभा बैठक : शून्य समयमा कुन सांसदले के भने ?

खबरडबली संवाददाता

काठमाडाैं । संघीय संसद्अन्तर्गत शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदले चाडपर्वलक्षित बजार अनुगमन गर्नदेखि बझाङ भूकम्प पीडितसम्मको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधि सभा सदस्य विमला सुवेदीले खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले चाडपर्वको समयमा अत्यधिकरूपमा खाद्यान्नको मूल्यवृद्धि भएको यसको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले प्रभावकारी बजार अनुगमन गर्न सरकारलाई आग्रह गरिन् । सुवेदीले हवाई यातायात र स्थल यातायातमा ठगि हुनसक्ने भन्दै यात्रुको सहज यात्राका लागि ध्यान दिन पनि सरकारसँग आग्रह गरिन् ।   

अर्का प्रतिनिधि सभा सदस्य भीमप्रसाद आचार्यले स्थानीय तहको कर्मचारी र शिक्षकको समस्यामा सरकार बेखबर रहेको बताए । उनले वीर अस्पतालबाट चिकित्सकलाई अन्यायपूर्ण ढंगले निकालिएको बताए । त्यस्तै, कालोबजारी भइरहँदा पनि सरकार बेखबर बनेको उनको भनाइ छ ।

‘स्थानीय तहका कर्मचारीहरूको समस्या आइरहेका छन् । सरकार बेखबर छ । बालबिकासका शिक्षकहरू, राहत र अस्थायी शिक्षकहरूका समस्यामा सरकार बेखबर छ । उनीहरूले आन्दोलन गरिरहेका छन् । वीर अस्पतालबाट अन्यायपूर्ण ढंगले डाक्टरहरूलाई निष्काशन गरिएको छ, सरकार बेखबर छ,’ आचार्यले भने, ‘स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ, तर गुण्डागर्दी गर्ने, ज्यानमार्ने मान्छेहरू छुटिरहेका छन् । डेंगु संक्रमण राजधानीमा बढेको छ । सरकार बेखबर छ । कालोबजारी चर्को छ । यस्तो अवस्थामा सरकार कहाँ छ ?’  

प्रतिनिधि सभा सदस्य मनिष झाले भूकम्पग्रस्त क्षेत्र बझाङमा यातायातको सरल व्यवस्था गर्न सरकारसँग माग गरे । उनले चाडपर्वको बेलामा सो क्षेत्रमा सहज वातावरण बनाइदिएर राज्य र सरकार छ भन्ने अनुभूति दिलाउनुपर्ने बताए ।  

‘बझाङमा भूकम्पग्रस्त क्षेत्रमा पुग्नका लागि यातायातको सरल व्यवस्था भइसकेको छैन । टिकट काट्नलाई रातारात बसेर लाइन लाग्नुपर्छ । त्यहाँ आवश्यक उद्धार कार्यपनि भइरहेको छैन । राज्यको आवश्यक उपस्थिति चाडपर्वको बेलामा भइदेओस् र सबैलाई राज्य छ, सरकार छ र कसैले हेर्दैछ भन्नेकुराको अनुभुति भइदेओस्,’ सांसद झाले भने ।  

प्रतिनिधि सभा सदस्य माधव सापकोटाले नेपालको उत्पादन पद्धतिमा नयाँ ढंगले सोचेर संरचनागत परिवर्तन गर्न आवश्यक भएको बताए । उनले विद्यमान आर्थिक संकट र चुनौतीहरूलाई संरचनागत परिवर्तनमार्फत् आर्थिक क्रान्तिमा बदल्नुपर्ने बताए ।  

‘राष्ट्र बैंक नेपालको मौद्रिक अधिकारी र बैंकिङ प्रणालीको नियामक संस्था हो । इन्ट्रेस्ट रेट, पेक सिस्टम, इन्भेस्टमेन्ट प्रायरोटी लगायतका क्षेत्रमा उसले गरेका निर्णयहरुले सुखद परिणाम प्राप्त भएका छैनन् । अर्कोतर्फ १६ प्रतिशतको औद्योगिक स्थिति ४ प्रतिशतमा झरेको छ,’ सांसद सापकोटाले भने, ‘५० प्रतिशतको खेतियोग्य जमिन बाँझो छन् । त्यसैले उत्पादन पद्धतिमै नयाँ ढंगले सोच्नुपर्ने संरचनागत परिवर्तन अनिवार्य हुन गएको देखिन्छ । मार्क्‍सवादले भन्छ, इतिहासका खास संकट र चुनौतीहरूले क्रान्तिको जन्म गराउँदछ । आजको आर्थिक संकट र चुनौतीहरूलाई संरचनागत परिवर्तनमार्फत आर्थिक क्रान्तिमा बदलौँ ।’

प्रतिनिधि सभा सदस्य रघुजी पन्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विजया दशमीको शुभकामना दिँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, नेपाली भूमि र नेपाली जनताको स्वाभिमानको कदर गर्न आग्रह गरे ।  

‘भारतप्रति रहेको नेपालको मित्रभाव, युगौँ पुरानो मैत्रीपूर्ण सम्बन्ध, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, नेपाली भूमि र नेपाली जनताको स्वाभिमानको कदर गर्ने कार्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी विजयादशमीले प्रेरित गर्न सकोस् भनि उहाँलाई विजया दशमीको शुभकामना,’ सांसद पन्तले भने ।  

प्रतिनिधि सभा सदस्य रणेन्द्र बरालीले दसैको समयमा हुने गाडी दुर्घटनाप्रति सरकार बेलैमा सचेत हुनुपर्ने बताए । उनले दसैँमा दलित समुदायलाई मन्दिर प्रवेशमा रोक लगाउँदा झडप हुने घटनाहरू आउने भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।  

‘प्रत्येक दसैँमा गाडी दुर्घटना हुन्छ । त्यसमा नेपाल सरकारको ध्यान पुगोस् । दसैँका सन्दर्भमा दलित समुदायका बीच मन्दिर पूजाका लागि असमानता भएर हुने झडप, झगडा वर्षको १०/२० वटा जहिलेपनि हुन्छ मुद्दा । यस किसिमको पूजामा हुने असमानताको निमित्त जहाँ ख्याल गर्नुपर्छ सरकारले उनीहरूको समान अधिकारको व्यवस्था राज्यबाट होस्,’ सांसद बराइलीले भने ।  

प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले दसैँको समयमा डेंगुको संक्रमण बढेको भन्दै लामखुट्टे मार्नका लागि सरकारले पहल गर्नुपर्ने बताए ।  

‘यसवर्षको चाडपर्व, दसैँ लामखुट्टे पीडित चाडको रूपमा देखा पर्ने भयो । डेंगु पीडित दसैँ हुने भयो । सरकारले लामखुट्टे मार्नका लागि पहल गर्नका लागि अनुरोध गरेँ । महंगी बढेको छ । कालोबजारी बढेको छ । यसको नियन्त्रणमा सरकार अगाडि बढोस्,’ उनले भने, ‘नेपाल एयरलाइन्सका टिकटहरू महँगा छन् । कालोबजारीमा बिक्री भइराखेका छन् । नेपाल एयरलाइन्स अहिले पनि ४८ अर्ब भन्दा बढी घाटामा छ । यसका बारेमा सरकारको ध्यान जाओस् ।’     

खतिवडाले नेपाल एयरलाइन्सका टिकट महँगो भएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending