रुपन्देही । बाँकेको नेपालगञ्जमस्थित बीपीचोकमा रहेकाे फर्निचर पसलहरूमा भएको आगलागीबाट एक करोडभन्दा बढी क्षति भएको छ । शुक्रबार बिहान लागेको बगोमा ६ वटा फर्निचर पसल र एउटा किराना तथा नास्ता पसल जलेको छ ।
विद्युत सर्ट भएर महबुद जसगढको आलिया ट्रेर्डसमा बिहान साढे ४ बजेतिर आगो सल्किएको थियो । त्यसपछि सँगै रहेका अन्य पसलमा पनि क्षति पुगेको बाँके प्रहरीले जनाएको छ ।
आगलागीबाट नेपालगञ्ज- १२ कै मिठ्ठु खान हुसेनको मिठ्ठु रिफ्रेसिङ मोटरसाइकल सेन्टर, नेपालगञ्ज १६ जयसपुर बस्ने बारुदिन जोलाहाले संचालन गरेको वारसी काठ फर्निचर, सोही ठाउँ बस्ने अलिहुसेन अन्सारीले सञ्चालन गरेको सनिया स्टिल फर्निचर, नेपालगञ्ज ११ बस्ने सरिफ शेषले सञ्चालन गरेको गिलमान फर्निचर र बर्दिया बढैयाताल गाउँपालिका ६ बस्ने शान्ति चन्दले संचालन गरेको चिन्टु किराना एण्ड नास्ता पसल पूर्णरूपमा जलेको छ ।
हरिराम काश्यपको लक्ष्मी स्टिल फर्निचर आंशिक क्षति पुगेको छ । पसलधनीले दिएकव जानकारी अनुसार करिब एक करोड ३ लाख बराबरको क्षति विवरण प्राप्त भएको घटनास्थलमा पुगेका बाँकेका प्रहरी नायब निरीक्षक पुस्कर विकले जानकारी दिए ।
स्थानीय र दमकलको सहयोगमा करिब २ घन्टामा आगो नियन्त्रणमा आएको प्रहरीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: