Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

माझी समुदायलाई रोजीरोटीकै पिरलो

खबरडबली संवाददाता

बागलुङ । पुर्खौंदेखि कालीगण्डकी नदीमा डुङ्गा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ नगरपालिका–१ रामरेखाका माझी समुदाय संकटमा परेका छन् । पुर्खौंदेखिको पेसा अगाल्दै जीविकोपार्जन गर्दै आएका उनीहरु नदीमा छिर्न नपाउँदा अहिले फुर्सिदला भएका छन् । न्यून आयस्तर भएका सीमान्तकृत उनीहरु नदीमा नपसेको दुई वर्ष पुगेको छ । 

पुस्तौँदेखि कालीगण्डकी किनाराको खनियाबासमा बस्दै आएका १७ घरपरिवार माझी समुदाय बागलुङ पोखरा सडक विस्तारका क्रममा विस्थापित भएपछि बागलुङको बाङ्गेचौरमा आश्रित थिए । 

बागलुङ नगरपालिकाले सीमान्तकृत माझी समुदायलाई पाँच अघिमात्रै खनियाबासमा जग्गासहितको घर बनाइदिएको थियो । पुस्तौँदेखि यही कालीगण्डकी नदीको छेउमा बस्तै आएका हामीहरुलाई दुई वर्षदेखि कालीगण्डकी नदीमा पस्न नदिएको देउकुमारी माझीले दुखेसो गरिन् । 

“हाम्रो आश्रयस्थलनै कालीगण्डकी नदी थियो, अहिले त्यही नदीमा नगएको दुई वर्ष भयो, माझी समुदायको पीडा कस्ले बुझ्ने, कालीगण्डकी नदीमा खनीखोस्री गरेर जीविका चलाउँदै आएका थियौँ, अहिले बालुवा निकाल्न दिइँदैन, रातको समयमा डोजरले निकालेर आँखै अगाडि लगेर जान्छ, हामी त हेरेकोहेरै”, उनले भनिन्, “पहिला सुन चाल्ने बगर अहिले छैन, खोलामा डोजर हालेर बगर नै राखेनन् त्यही बालुवा निकालेर पेट पाल्दै आएका थियौँ, अहिले बालुवा लिनलाई ट्र्याक्टर आउँदैनन्, हामीले बिल बनाएर बालुवा बिक्री गर्न कहाँ सक्छौँ र ?”

उनले पुर्खौंदेखिको पेसालाई सरकारले हटाउँदा माझी समुदायले हातमुख जोर्न समस्या भएको जनाउँदै स्थानीय सरकारलाई पटक–पटक गुनासो गरे पनि सुनुवाइ नभएको बताइन्। 

उनले नदीजन्य उत्खनन रोक्नका लागि हामी जस्तालाई रोक लगाएको र क्रसर व्यवसायीलाई प्रोत्साहन गरेको दुखेसो सुनाइन् । पहिला बालुवा चाल्ने गरे पनि अहिले खोला गहिरो भएर गएकाले एक दशकदेखि यहाँका माझी समुदायले बालुवा चाल्न छोडेका छन् । 

पछिल्लो समय कालीगण्डकीमा माछासमेत कम पाइन थालेपछि उनीहरु पेसाबाट पलायन भइरहेको पाइएको छ । यहाँका माझी समुदाय हातमुख जोर्नकै लागि विस्तारै पेसा परिवर्तन गर्न बाध्य भएको स्थानीय मङ्गली माझीले बताइन् । 

“हाम्रो त खोलाबाट बालुवा निकाल्ने अधिकारनै हो तर माफियाले गरिखान दिएनन्, रातिमा डोजर लगाएर चोर्नेकार्य भइरहन्छ, हामीलाई एक बोरा बालुवा निकाल्न नदिएको दुई वर्ष भयो, हाम्रो पीडा कसैले बुझ्दैनन् यहाँका माझी अहिले अरुको घरमा काम गर्ने, ज्यालादारीमा खोतालो जाने, खेतबारीमा काम गर्न जान थालेका छन्”, उनले भनिन्, “अहिले यहाँका युवाले माछा मार्ने जाल र ढडिया बुन्न छोडेका छन्, खोलामा पस्न नपाएपछि माझी समुदायको अस्तित्वनै खतरामा पर्यो, माझी समुदायलाई नगरपालिकाले जग्गा दियो, घर दियो तर रोजीरोटीका लागि पहल गरोस् भन्ने चाहना छ ।” 

खनियाबासमा अहिले १७ माझी परिवार बसोबास गर्दै आएका छन् । यहाँका युवायुवती विस्तारै सहकारी र अन्य सङ्घ संस्थामा  कार्यरत हुन थालेका छन् भने वृद्धवृद्धा नदीमा बालुवा निकाल्न नपाए पनि फुर्सदिला भएका छन् । 

माझी परिवारका अधिकांश सदस्यको जीविका कालीगण्डकीको बगरमा निर्भर भए पनि पछिल्लो दुई वर्ष कालीगण्डकी नदीमा बालुवा निकाल्न प्रशासनले रोक लगाएको छ ।  खनीखोस्री बालुवा निकाल्न प्रशासनले रोक लगाए पनि पारिपट्टि पर्वततर्फबाट भने रातको समयमा अवैध कालीगण्डकी नदी दोहोन रोकिएको छैन । ठूला उपकरणले रातको समयमा कालीगण्डकी नदी दोहन गर्दा कालीगण्डकीको बगर पर्वततर्फ र कालीगण्डकीको धार बागलुङतर्फ फर्केको छ । 

कालीगण्डकीको धार परिवर्तन हुँदा बागलुङतर्फको माझी बस्ती र मालढुङ्गाको बस्तीसमेत जोखिममा परेको जनाइएको छ । कालीगण्डकी किनारमा गिट्टी कुट्ने, बालुवा चाल्ने र माछा मार्ने माझीले आफ्नो जीविका चलाउनका लागि विभिन्न विकल्प खोज्न थालेको स्थानीय माझी समुदाय हर्कबहादुर बोटेले दुखेसो सुनाए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending