पर्वत । राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गत पर्वतको खुर्कोट–न्यूबुटबल खण्डको परीक्षण सफल भएको छ । कालीगण्डकी करिडोरको दुई सय २० केभी प्रसारण लाइनअन्तर्गत यो खण्डको काम पूर्ण भएपछि असोज १० गतेदेखि चार्जिङ सुरु भएको थियो ।
विद्युत् प्रसारण र चार्जिङ सुरु भएसँगै अहिले लोड लिइरहेको आयोजनाले जनाएको छ । सो आयोजनाबाट निर्माण भएको खुर्कोट– न्यूबुटवल खण्डअन्तर्गत पर्वत जिल्लाको कुश्मा नगरपालिका– २ खुर्कोटस्थित खुर्कोट सवस्टेशनदेखि बागलुङ, पर्वत, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी जिल्लाको सुनवल नगरपालिकामा अवस्थित न्यूबुटबल सबस्टेशनसम्म करिब ९० किलोमिटर लामो दुई सय २० केभिको डबल सर्किट प्रसारण लाइनको परीक्षण सफल भएको आयोजनाका सुपरभाइजर देव शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार असोज ३० गते गरिएको पहिलो चरणको परीक्षण प्रसारणसमेत सफल भएको थियो । ‘खुर्कोट–न्यू बुटवल सबस्टेसनसम्म लाइन तानेर परीक्षणको काम पूरा भएपछि प्रसारण लाइनले ‘लोड’ लिएको छ । सुपरभाइजर पौडेलले भने “लाइनमा अहिले चार्ज मात्रै छ, करेन्ट प्रवाह भएको छैन ।”
विद्युत् प्रसारण भने दुवै सर्किटमा भइरहेको भन्दै उनले तयार भएको कोरिडोरको लाइन क्षमता १२ सय मेगावाट भएकोले यो दीर्घकालीनरूपमा पनि निकै लामो आयु भएको आयोजना भएको बताए । तत्कालका लागि १०० मेगावाट विद्युत् मात्रै यो लाइनमा पठाउने तयारी छ । यो लाइनको क्षमताका लागि भूमहीमा अहिले १०० एमबीए क्षमताको ‘ट्रान्सफर्मर’ राखिएको सुपरभाइजर पौडेलको भनाइ थियो ।
आयोजनाले एक–दुई महिनाभित्रै तीन सय १५ एमबीएको ‘ट्रान्सफर्मर’ राखेर धेरै विद्युत् प्रसारणको तयारी गरिरहेको छ । आयोजनाका सहायक इञ्जिनीयर युवराज पाण्डेका अनुसार करिडोरअन्तर्गत खुर्कोट–न्यू बुटबल खण्डको काम सकिएको र चार्जिङसमेत भइरहेको छ । अहिलेसम्मको सबै परीक्षण सफल भएका छन् । यस प्रसारण लाइनको क्षमता दुई हजार मेगावाट रहेको छ । चार्जिङ सम्पन्न भएपछि केही दिनमा अहिलेको लागि झण्डै १०० मेगावाट विद्युत् प्रवाह हुने सहायक इञ्जिनीयर पाण्डेले जानकारी दिए ।
कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण गरिएको हो । आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३स्थित दानाबाट पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९दशमलव छ किलोमिटरको पहिलो खण्ड निर्माण भई दुईवर्ष अघिदेखि नै सञ्चालनमा आइसकेको छ भने खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण गरिएको छ ।
करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भूमहीस्थित (न्यू बुटवल सबस्टेसन) सम्मको झण्डै ९० किलोमिटर प्रसारण लाइन निर्माण सकिएसँगै आयोजनाको अधिकांश काम सकिएको छ । यस खण्डमा दुई सय ३५ वटा टावर निर्माण गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: