Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

इजरायलमा ज्यान गुमाएका विद्यार्थीको स्मरणमा दीप प्रज्ज्वलन

खबरडबली संवाददाता

बाँके  । इजरायलमा प्यालेष्टिनी हमास समूहले गरेको आक्रमणमा ज्यान गुमाएका विद्यार्थीको सम्झनामा नेपालगञ्जमा सोमबार साँझ दीप प्रज्ज्वलन गरिएको छ । 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाँकेको आयोजनामा बीपी चोकमा भएको कार्यक्रममा विद्यार्थी तथा नागरिक समाजका अगुवा, उद्योगी–व्यवसायीले ज्यान गुमाउने विद्यार्थीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै विश्वशान्तिको कामना गरे । 

अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विश्वकर्माले विदेशी भूमिमा सीप सिकेर स्वदेश फर्केर केही गर्ने सोच बनाएका नेपाली विद्यार्थीले त्यहीं जीवन गुमाउनु समग्र नेपालीका लागि दुःखद भएको बताए । स्वदेशमै रोजगारीको सम्भावना न्यून भएका कारण नेपालीले बाह्य मुलुकमा जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । 

उनले भने, ‘सरकारले तत्काल ज्यान गुमाएका विद्यार्थीको शव स्वदेश फर्काएर परिवारको जिम्मा लगाउन प्रभावकारी पहलकदमी लिनुपर्छ ।’ इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका विद्यार्थी कृषि अध्ययनका लागि इजरायल पुगेका थिए । 

इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विद्यार्थी हमासको आक्रमणमा परेका थिए । सरकारले इजरायलमा रहेका नेपालीको उद्धार र स्वदेश फर्काउन र मृतकको शव तत्काल स्वदेश फर्काउन पहल गरिरहेको जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दलाई लामाको जन्मदिनमा जुलुस र सार्वजनिक कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय

काठमाडौं । निर्वासित तिब्बती धर्मगुरु दलाई लामा को जन्मदिनका अवसरमा सोमबार काठमाडौंमा जुलुस, सभा तथा सार्वजनिक प्रदर्शन गर्न नदिने निर्णय गरिएको छ। ...

मानव–वन्यजन्तु द्वन्द्वको दीर्घकालीन समाधान खोज्छौँ : मन्त्री गौतम

ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका आमाछोराको परिवारसँग भेट, क्षतिपूर्ति र घर पुनर्निर्माणको प्रतिबद्धता

तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा

दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेनजी नागरिक अभियानको टोलीले दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मिटर उचाइमा रहेको एक नम्बर...

'ध्रुवे'को पुनरागमन : ९ वर्षपछि फेरि दोहोरियो चितवनमा त्रास

दुई दशकदेखि आतंकको पर्याय बनेको जंगली हात्तीले फेरि लियो आमाछोराको ज्यान

खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु

‎‎सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। ‎मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक र...

आजको तरकारी तथा फलफूलको मूल्य: गोलभेँडा ६०, आलु ३० देखि ४२ रुपैयाँसम्म

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्या...

छड प्रहार गरेर बाबुको हत्या, छोरा पक्राउ

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४   गुम्दी धङ्गार्चोकमा शनिबार  पारिवारिक विवादका क्रममा छोराले  बाबुको हत्या गरेका छन् । ६४ वर्षीय धनबहादुर सुना...

बाढीपहिरोले कर्णालीका दुई राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै देशको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ...

डोल्पामा हिलोसहितको बाढी घरमा पस्यो, एक महिलाको मृत्यु, चार घाइते

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घा...

महोत्तरीबाट गाँजासहित दुई नियन्त्रणमा

काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा मकव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending