पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत पर्वतको खुर्कोट–न्यूबुटबल खण्डको परीक्षण सफल भएको छ ।
कालीगण्डकी कोरिडोरको दुई सय २० केभी प्रसारण लाइनअन्तर्गत यो खण्डको काम पूर्ण भएपछि असोज १० गतेदेखि चार्जिङ सुरु भएको थियो ।विद्युत् प्रसारण र चार्जिङ सुरु भएसँगै अहिले लोड लिइरहेको आयोजनाले जनाएको छ ।
सो आयोजनाबाट निर्माण भएको खुर्कोट– न्यूबुटवल खण्डअन्तर्गत पर्वत जिल्लाको कुश्मा नगरपालिका– २ खुर्कोटस्थित खुर्कोट सबस्टेशनदेखि बागलुङ, पर्वत, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी जिल्लाको सुनवल नगरपालिकामा अवस्थित न्यूबुटबल सबस्टेशनसम्म करिब ९० किलोमिटर लामो दुई सय २० केभिको डबल सर्किट प्रसारण लाइनको परीक्षण सफल भएको आयोजनाका सुपरभाइजर देव शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार असोज ३० गते गरिएको पहिलो चरणको परीक्षण प्रसारणसमेत सफल भएको थियो । ‘खुर्कोट–न्यू बुटवल सबस्टेसनसम्म लाइन तानेर परीक्षणको काम पूरा भएपछि प्रसारण लाइनले ‘लोड’ लिएको छ । सुपरभाइजर पौडेलले भने “लाइनमा अहिले चार्ज मात्रै छ, करेन्ट प्रवाह भएको छैन ।”
विद्युत् प्रसारण भने दुवै सर्किटमा भइरहेको भन्दै उनले तयार भएको कोरिडोरको लाइन क्षमता १२ सय मेगावाट भएकोले यो दीर्घकालीनरूपमा पनि निकै लामो आयु भएको आयोजना भएको बताए । तत्कालका लागि १०० मेगावाट विद्युत् मात्रै यो लाइनमा पठाउने तयारी छ । यो लाइनको क्षमताका लागि भूमहीमा अहिले १०० एमबीए क्षमताको ‘ट्रान्सफर्मर’ राखिएको सुपरभाइजर पौडेलको भनाइ थियो ।
आयोजनाले एक–दुई महिनाभित्रै तीन सय १५ एमबीएको ‘ट्रान्सफर्मर’ राखेर धेरै विद्युत् प्रसारणको तयारी गरिरहेको छ । आयोजनाका सहायक इन्जिनियर युवराज पाण्डेका अनुसार कोरिडोरअन्तर्गत खुर्कोट–न्यू बुटवल खण्डको काम सकिएको र चार्जिङसमेत भइरहेको छ । अहिलेसम्मको सबै परीक्षण सफल भएका छन् । यस प्रसारण लाइनको क्षमता दुई हजार मेगावाट रहेको छ । चार्जिङ सम्पन्न भएपछि केही दिनमा अहिलेको लागि झण्डै १०० मेगावाट विद्युत् प्रवाह हुने सहायक इन्जिनियर पाण्डेले जानकारी दिए ।
कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी कोरिडोर प्रसारण लाइनको निर्माण गरिएको हो । आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३स्थित दानाबाट पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९दशमलव छ किलोमिटरको पहिलो खण्ड निर्माण भई दुईवर्ष अघिदेखि नै सञ्चालनमा आइसकेको छ भने खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण गरिएको छ ।
कोरिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भूमहीस्थित (न्यू बुटवल सबस्टेसन)सम्मको झण्डै ९० किलोमिटर प्रसारण लाइन निर्माण सकिएसँगै आयोजनाको अधिकांश काम सकिएको छ । यस खण्डमा दुई सय ३५ वटा टावर निर्माण गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: