दमौली । तनहुँको भिमाद नगरपालिका–३ शेर्का आपस्वाँराका धनबहादुर थापाको दैनिकी कृषिमा बितिरहेको छ । पचास वर्षीय थापाले मौरी, कुखुरा र बाख्रापालनबाट वार्षिक रू १२ लाख आम्दानी गरिरहेका छन् ।
विसं २०७५ मा ‘सप्तरङ्गी कृषि तथा पशु फार्म’ दर्तापछि भीमाद बजारबाट सात किलोमिटरमाथि सुरुङमार्गको किनारामा उनले उक्त फार्म सञ्चालन गरेसँगै व्यावसायिक रुपमा कृषि पेसा सुरु गरेका हुन् । “बारीका ढिस्कामा मौरीका घार लहरै बनाएको छु । बारीका वरपर बुट्यान भएकाले मौरीलाई फूलका रस ल्याउन सजिलो हुन्छ”, थापाले भने ।
पाँच वर्षदेखि कृषि पेसा गर्दै आएका उनले यसवर्ष रू १२ लाख आम्दानी गरेको बताए । उनका अनुसार फार्ममा हाल ४० वटा मौरीसहितका घार रहेका छन् । यसवर्ष मौरीको गोला र मह उत्पादनबाट मात्रै रू चार लाख आम्दानी भएको थापाले जानकारी दिए । उनका अनुसार एक गोला मौरीसहितको घार रू दश हजार र महको मानाको रू एक हजारमा बिक्री हुने गरेको छ ।
त्यस्तै एक हजार एक सय कुखुरा बिक्री गरी रू पाँच लाख र बाख्राबाट रू तीन लाख आम्दानी भएको थापाको भनाइ थियो । मौरीपालन व्यवसाय गर्नका लागि कृषि ज्ञान केन्द्र तनहुँले रू दुई लाख, भीमाद नगरपालिकाले खानेपानीको पाइप खरिदका लागि रू ७० हजार अनुदान दिएको उनले जानकारी दिए । उनका अनुसार उक्त आम्दानी फार्मको स्तरोन्नतिमा खर्च भएको छ ।
चालीस रोपनी जग्गामा कृषि पेसा सुरु गरेका थापाले आठ रोपनी जग्गामा उन्नत जातका घाँस तथा फलफूल खेती गरेका छन् । उनले भने, “विसं २०४८ देखि सामाजिक क्षेत्रमा लागेको थिए । यसबाट गाउँसमाजमा सहयोग पुगे पनि आफ्नो आर्थिकस्तरका कारण अब आत्मनिर्भर बन्नुपर्छ भन्ने लागेर कृषि पेसा सुरु गरेको हुँ ।”
स्थानीय जनज्योति क्याम्पस र माझकोट साना किसान सहकारी संस्थाको अध्यक्ष तथा कोष प्राथमिक विद्यालयका संस्थापक अध्यक्ष भइसकेका थापाको दैनिकी यतिबेला बिहान ४ बजेदेखि राति १० बजेसम्म कृषि फार्ममा बित्ने गरेको छ ।
“युवाहरु रोजगारीको खोजीमा दैनिक ठूलो सङ्ख्यामा विदेशिएका छन् । उनीहरुलाई रोक्नका लागि सरकारले कृषि क्षेत्रमा लगानी गरी काम गर्ने वातावरण बनाउनुपर्छ”, थापाले भने, “दु:ख गर्दा स्वदेशमै कमाउन सकिन्छ ।” उनको बगैँचामा आँप, लिची, सुन्तला लगायतका फलफूलका बिरुवा देखाउँदै यस वर्ष लिची र आँप बिक्री गरी रू तीन लाख आम्दानी गर्ने लक्ष्य रहेको बर्ताए । सरकारले कृषि कर्जा सहुलियत दरमा उपलब्ध गराएमा कृषि व्यवसायतर्फ सबैको आर्कषण बढ्ने उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १४:०९
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निर्णायक भेटवार्ता तयारी अन्तिम चरणमा पुगेको छ। केह...
पौष ११ गते, २०८२ - १३:५६
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सञ्चारमन्त्री जगदीश खरेलबीच शुक्रबार भेटवार्ता भएको छ। सञ्चारमन्त्री खरेल प्रचण्डलाई भेट्न उनकै...
पौष ११ गते, २०८२ - १३:४८
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनस...
पौष ११ गते, २०८२ - १३:४१
काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताएको छन् । उच्च शिक्षालय तथा माध्यमिक विद...
पौष ११ गते, २०८२ - १३:१४
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानको ४५ दिनअघि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। आयोगल...
पौष ११ गते, २०८२ - १२:५१
काठमाडौं। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष तथा नि:वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भे...
पौष ११ गते, २०८२ - १२:३७
काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा आज मन्त्रीका रूपमा सरकारमा सहभागी हुँदैछन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई आज दिउँसो २ बजे शपथ गर...
पौष ११ गते, २०८२ - १२:२१
काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ। आज छापावाल सुनको मू...
पौष ११ गते, २०८२ - ११:१६
काठमाडौँ । वैकल्पिक राजनीतिक शक्तिहरूबीच मोर्चाबन्दीको तयारी भइरहेका बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर ...
पौष ११ गते, २०८२ - ११:१२
काठमाडौँ। वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रम...




प्रतिकृया लेख्नुहोस्: