Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

सर्प प्रकरणमा झलनाथ खनाल प्रतिष्ठानविरुद्ध किन पर्‍यो भ्रष्टाचारको मुद्दा ?

खबरडबली संवाददाता

काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्‌) माथि भ्रष्टाचारको मुद्दा लागेपछि विभिन्न टीकाटिप्पणी सुरु भएको छ।

कतिपयले राजनीतिक दलका नेता अथवा प्रभावशाली व्यक्तिका नाममा खोलिने प्रतिष्ठानलाई पहुँचका आधारमा राज्यकोषबाट रकम दिने प्रवृत्तिबारे प्रश्न गरेका छन्। तर प्रतिष्ठान नेतृत्वले भ्रष्टाचारको आरोपलाई खण्डन गर्दै त्यहाँ भइरहेका कामको प्रतिरक्षा गरेको छ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको नाममा उक्त प्रतिष्ठानको स्थापना भएको हो। उक्त प्रतिष्ठानमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १८ करोड रुपैयाँ हिनामिना गरिएको आरोपमा यसै साताको सुरुतिर विशेष अदालतमा मुद्दा दायर गरेको हो।

विसं २०७७ सालको चैतमा परेको उजुरीका आधारमा आवश्यक अनुसन्धान गरी प्रतिष्ठानविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए।

आयोगले आर्थिक हिनामिनासम्बन्धी मुद्दामा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ र लालबन्दी नगरपालिकाका तत्कालीन नगरप्रमुख मानबहादुर खड्कासहित सात जना र प्रतिष्ठान समेतलाई प्रतिवादी बनाएको छ।

के भन्छ अख्तियार ?

सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिभेनम उत्पादनका लागि लालबन्दी नगरपालिकामा प्रतिष्ठानको सहकार्यमा एन्टिभेनम प्रोडक्शन एन्ड रिसर्च सेन्टर स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने कामका लागि रु १७ करोड ९८ लाख ३३ हजार अनुदान लिएर कामै नगरी हिनामिना गरिएको आयोगको आरोप छ।

“संस्थाबाट सम्पूर्ण रकम खर्च भइसक्दा समेत योजनाको उद्देश्य प्राप्तितर्फ शून्य प्रगति भई अन्य स्वीकृत नभएका विषयमा समेत सरकारी रकम खर्च गरी/गराई रु १७ करोड ९८ हजार ३३ हजार बिगो बराबरको सरकारी सार्वजनिक सम्पत्ति हानिनोक्सानी, दुरुपयोग गरेको देखिएको” आयोगको आरोपपत्रमा उल्लेख छ ।

प्रतिष्ठानले सङ्घीय सरकारको तर्फबाट समेत ३ करोड २७ लाख रुपैयाँ अनुदान पाएको अभियोगपत्रमा जनाइएको छ।

विज्ञ के भन्छन्?

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की व्यक्तिविशेषका नाममा खुल्ने विभिन्न प्रतिष्ठानलाई पैसा बाँड्दै हिँड्ने काम राज्यको नभएको तर्क गर्छन्।

“त्यसरी रकम दिने नै होइन नि। यदि सर्पदंशको उपचारसम्बन्धी कुनै केन्द्र खडा गर्नु छ भने कुनै नेताको नाममा खोल्ने होइन। विज्ञको सुझाव लिएर सरकार आफैँले खोल्नुपर्‍यो,” उनले भने।

तर नेपालमा हचुवाको भरमा राज्यकोषको रकम विभिन्न प्रतिष्ठानलाई बाँड्ने गरिएको कार्कीको ठम्याइ छ। विगतका भ्रष्टाचारसम्बन्धी कैयौँ मुद्दाबाट राजनीतिक नेतृत्वले पाठ नसिकेकोमा उनी असन्तोष पनि व्यक्त गर्छन्।

“लेसन लिनेहरूले लेसन लिए पो हुन्थ्यो भन्या। हाम्रा नेताहरूले निर्णय गरे पैसा दिने, पैसा चलाउने काम पो गरे,” कार्कीले थपे।

प्रतिष्ठानका अध्यक्ष के भन्छन्?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाएकामध्ये प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त पनि एक हुन्।
प्रतिष्ठानविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गर्नु आयोगको “पूर्वाग्रह” भएको उनको दाबी छ।

आयोगले अभियोगपत्रमा योजनाको उद्देश्यतर्फ शून्य प्रगति भएको भनी दाबीको खण्डन गर्दै बीबीसी न्यूज नेपालीसँग उनले भने, "तपाईँ आफैँ आएर हेर्नुहोस्। अहिलेसम्म ६० प्रतिशत काम भइसकेको छ।”

आफूहरूको योजनाअनुसार काम हुने हो भने निर्धारित पाँच वर्षमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिभेनमको उत्पादन नेपालमै हुन थाल्ने पन्तको दाबी छ। “शून्यबाट सुरु गरेर ६० प्रतिशत काम गरेका हौँ। सम्भाव्यता अध्ययन हुनु नै ठूलो कुरा हो,” उनले तर्क गरे।

प्रतिष्ठानको जन्म कसरी भयो?

विसं २०७० सालमा संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री खनालले सर्लाही र इलाम दुवै जिल्लाबाट प्रतिस्पर्धा गरेका थिए। गृहजिल्ला इलामबाट जिते पनि सर्लाहीमा उनी पराजित भए।

तर सर्लाहीमा सर्पदंशबाट एक बालकको मृत्यु भएपछि भावविह्वल बनेको परिवारको मनोदशाले चुनावी अभियानका क्रममा खनाललाई छोयो।

“छाती पिटीपिटी बच्चाका आमाबुवा रोएका हृदयविदारक दृश्यले उहाँको दिमागलाई क्लिक गरेको रहेछ। अनि नेपालमै एन्टिभेनम उत्पादनका लागि एउटा संस्था दर्ता गरेर अगाडि बढौँ भन्ने कुरा भयो,” प्रतिष्ठानको स्थापना गर्ने खनालले लिएको अग्रसरताबारे पन्तले भने।

“…त्यस दिन मेरो जिन्दगीमा मैले सबैभन्दा नराम्रो ढङ्गले रोएँ। म असाध्यै द्रवीभूत भएँ। किन यस्तो हुन्छ त?” हालै एउटा सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले भनेका छन्, “के यसका लागि औषधि बनाउन सक्दैनौँ, के हामीले कुनै अस्पताल बनाउन सक्दैनौँ यो देशमा?”

त्यसै साँझ सर्लाहीका अगुवाहरूलाई भेला गरेर त्यस विषयमा आफूले सरसल्लाह गरेको खनालले बताए। अन्ततः विसं २०७२ सालमा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको जन्म भएको पन्त बताउँछन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म प्रतिष्ठानको विषय पुगेकोबारे खनालले सोही कार्यक्रममा भने, “त्यसमा मेरो न कुनै लगानी छ, न कुनै अरू पेसाव्यवसाय छ। यो देशमै औषधि बनोस् भन्ने मेरो इच्छा हो, अहिले विवादग्रस्त भएछ। अख्तियारमा समेत पुगेछ। म सर्प पाल्दिनँ। मैले भैँसी नै पाल्न छोडेँ, बाख्रा पाल्न छोडेँ।”

उनको नाममा स्थापित प्रतिष्ठानविरुद्ध मुद्दा परेको विषयमा सोध्न बीबीसी न्यूज नेपालीले खनाललाई पटकपटक सम्पर्क गर्न खोजेको थियो। तर उनीसँग सम्पर्क हुन सकेन।

नेपालमा सर्पदंशको प्रभाव

विज्ञहरूका अनुसार नेपालका करिब २६ जिल्लालाई सर्पदंशबाट अति प्रभावित मानिन्छ। ती क्षेत्रका मानिसले बेलैमा उपचार नपाउँदा, हेलचेक्र्याइँ गर्दा अथाव धामीझाँक्रीको भर पर्दा जटिल समस्या उत्पन्न गरेको र कैयौँको ज्यान जाने गरेको बताइन्छ।

नेपालमा प्रत्येक वर्ष कति व्यक्तिले सर्पदंशबाट ज्यान गुमाउँछन् भन्नेबारे भरपर्दो तथ्याङ्क नभएको विज्ञहरू स्वीकार्छन्। सर्पसम्बन्धी विज्ञ प्राध्यापक करन शाहका अनुसार नेपालमा झन्डै ८४ प्रजातिका सर्प पाइन्छन्। तर तीमध्ये केही मात्र विषालु हुन्छन्।

नेपालमा खासगरी गोमन, करेत, रसेल्स भाइपर र स-स्केल्ड भाइपरको टोकाइले धेरै असर गरेको पाइएको विज्ञहरू बताउँछन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending