काठमाडौं । लेखक एवं स्वतन्त्र वामपन्थी नरेन्द्रजङ्ग पिटरको संस्मरण–किताब ‘बकपत्र ः जीवनदर्शन र संघर्ष’ प्रकाशित भएको छ । सोमबार राजधानीको एक कार्यक्रममा किताब सार्वजनिक गरिएको हो ।
किताबमा आत्म कथात्मक शैलीमा पिटरले आफ्नो जीवनका अनेक आरोह अवरोह लेखेका छन् ।
कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले लेखक नरेन्द्रजङ्ग पिटर राजनीतिका एक निष्ठावान पात्र भएको बताए । ‘यो किताब निष्ठावान व्यक्तिको बकपत्रहो । समाजमा इमानदार मान्छे अत्यन्तै कम पाइन्छ । अहिले कस्ता मान्छे सत्तामा पुगेका छन् भन्ने विषय लेखक पिटरको जीवनशैलीले पनि देखाएको छ,’ किताब माथि बोल्दै पाण्डेले भने, ‘यदि पिटरले चाहेको भए अहिले हामी उनलाई सत्ताका माथिल्लो तहमा देख्न सक्थ्यौं र आर्थिक रुपमा पनि उनी समृद्ध हुन्थे ।’
‘युद्धमा लागेर पनिपिटरले युद्धका नकारात्मक पक्षलाई संक्षेपमा उतारेका छन्,’ समीक्षक विन्दु शर्माले भनिन्, ‘अत्यन्तै सरल भाषामा आफूले देखे–भोगेका जिन्दगीका पुराना÷नयाँतस्विर किताबमा लेखेका छन् पिटरले ।’
पूर्वप्रशासक शारदा प्रसाद त्रितालले लेखक नरेन्द्र जंगको किताब एक बुद्धिजीवको इमानदार आत्मकथात्मक बकपत्र भएको बताए । ‘पूरै किताब पढि रहँदा यो एक कम्युनिष्टले लेखेको गैर आख्यान जस्तो लाग्दैन’, त्रितालले भने, ‘कम्युनिष्ट भित्रका विकृतिको व्यापक आलोचना उनका किताबमा छन् ।’
जीवन स्वयं एउटा महाआख्यान भएको बताए लेखक पिटरले । ‘र, प्रत्येकको जीवन विश्वविद्यालय हो’, जिन्दगीलाई धन्यवाद दिँदै लेखक पिटरले भने, ‘यो किताब मेरो जीवनको एक बकपत्र हो । मलाई ठक्करको दर्शन सिकाएकोमा धन्यवाद जिन्दगी । दर्गुन नसके पनि हिँड्न त सिकाइस् तैंले ।’ इन्डिगो इन्कले प्रकाशन गरेको किताबको मूल्य ६४९ रुपैयाँ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: