Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

‘पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन’

खबरडबली संवाददाता

सिन्धुली । ‘व्यापार गर्न ठूलो लगानी चाहिन्छ ? होइन, थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ । पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन । सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ ।’

सिन्धुलीको मुख्य सडक दायाँबायाँ, स्थानीय हाटबजार र सदरमुकाम सिन्धुलीमाढी बजार क्षेत्रमा फुटपाथ व्यापार गर्ने ढाटीमाया दर्जीले यस भनाइलाई चरितार्थ गरिदिएकी छन् । कमलामाई नगरपालिका–४ पोख्रेल गाउँकी उनले रु ३० लगानी गरेर व्यापार सुरु गरेकी हुन् । उक्त पैसाले ३० वर्षअघि प्रतिमुठा रु पाँचमा छ मुठा फापरको साग किनेर बेचेको उनलाई हिजोजस्तै लाग्छ ।

व्यापार सुरु गर्दासम्म उनका आँखा चम्किला, दाँत भरिला थिए । कपालको रङ कालो, शरीरको छाला भरिलो थियो । अहिले आँखा धमिलो हुँदै गएका छन् । दाँत झरेर सकिनै लागिसके । कपालको कालो रङ उडेर सेतै भएको छ । शरीरको छाला चाउरिँदै गयो । तर उनले व्यापार छाडेकी छैनन् ।

७९ वर्षीया दर्जी सानो लगानीमा स–साना व्यापार गरेरै जीवन र जीविका धान्दै आएकी छन् । रोगले थलिएका श्रीमान्को दरिलो आड र भरोसा उनलाई छ । घरायसी दैनिक खर्चदेखि चाडपर्व र औषधि, स्वास्थ्योपचार खर्चसम्म उनले जोहो गर्नुपर्छ ।

यसका लागि सरकारले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताले पनि सघाएको छ । सिन्धुलीमाढीमा शनिबार लाग्ने हाटबजारमा व्यापार गर्न आएकी दर्जी व्यापार गर्न छाड्दा खर्च धान्न मुस्किल पर्ने बताइन् । ‘तीस वर्ष पहिले रु ३० सापटी गरेर व्यापार सुरु गरेको थिएँ । आजको दिनसम्म यही व्यापारबाट आएको नाफाले घरव्यवहारको खर्च टार्न सहज भएको छ’, उनले भनिन् ।

शनिबारे हाटबजारमा दसैँ नजिकिएकाले खसी व्यापारीको भीड थियो । कपडा, भाडाँकुँडा, तरकारी व्यापारीलगायत ठूलो लगानीमा ठूलै व्यापार गर्ने व्यापारीे थिए । सेवाग्राहीको उस्तै खचाखच । त्यही भीडमा निलो प्लाष्टिक बिच्छ्याएर अदुवा, लसुन, गुन्द्र्रुक, जिरे खुर्सानी भाग–भाग लगाएर उनी बेच्न बसेकी थिइन् ।

विगत सम्झिँदै उनले सुनाइन्, ‘म पहिलादेखि यस्तै व्यापार गर्ने हो । तन्नेरी उमेरमा पनि श्रीमान् रक्सी पिएर झगडा गर्ने, कुट्ने–पिट्ने र घरव्यवहारको वास्तै नगर्ने भएपछि आफैँले खर्च टार्ने गर्नुपथ्र्यो । खर्च टार्ने उपाय केही नभएपछि काम खोज्न भौतारिए । काम नपाएपछि विरक्तिएर घर फर्किँदा खम्बे चौरमा आफूजस्तै दीदी–बहिनीले दैनिक भान्छामा प्रयोग हुने तरकारीजन्य वस्तु व्यापार गरेको देखे । नजिकै गएर उहाँसँग व्यापार गर्ने तरिका सिके । व्यापार सुरु गर्न श्रीमान्सँग पैसा मागेको ३० रुपैयाँ त्यो पनि फिर्ता गर्ने शर्तमा दिनुभयो । त्यही पैसाले गाउँका किसानकामा गएर प्रतिमुठा रु पाँचका दरले फापरको साग किने । त्यो छ मुठा साग बजार ल्याएर प्रतिमुठा रु १० का दरले बेच्दा रु ३० नाफा कमाएँ । अर्को दिन त्यही नाफा आएको पैसाले अघिल्लो दिन जसरी नै व्यापार गरे । नाफा आएको ३० रुपैयाँ श्रीमानलाई फिर्ता दिए । तीस रुपैयाँले आफ्नो व्यापार बढाउँदै आज यो स्थानमा आइपुगेको छु ।’

फुटपाथमा गरेको व्यापारमा उनी हाल दैनिक रु पाँच हजारसम्मको कारोबार गर्छिन् । आफ्नो एक्लो संघर्षमा सानो लगानीबाट सुरु गरेको स–सानो व्यापार परिवारको बाच्ने गतिलो आधार बनेको छ ।

मौसम अनुसारको स्थानीय उत्पादन किसानको बारीबाट किनेर बजार ल्याई बेच्दा घाटा नहुने उनले बताइन् । श्रीमान्सँग सापटी लिएको ३० रुपैयाँबाट व्यापारिक यात्रा सुरु गरेकी दर्जीले दृढ इच्छाशक्ति, इमान्दार प्रयास र आँट भए व्यापार गर्न धेरै लगानी नचाहिने आशय व्यक्त गरिन् । उनले भनिन्, ‘थोरै लगानीमा सानै भए पनि जसले व्यापार सुरु गर्छ, उसले भोकै बस्नु पर्दैन । व्यापार नै जीविका धान्ने बलियो आधार बन्छ ।’

ढाटीमाया दर्जीले जसरी व्यापार गरेर आर्थिकरूपमा सवल र आत्मनिर्भर बन्ने महिलाको यकिन तथ्याङ्क जिल्लाका कुनै निकायसँग छैन । सानो लगानीमा स–सानै व्यापार गरेर मालामाल कमाइरहेका र समाजमा उदाहरणीय कहलिँदै गएका महिला भने सिन्धुलीमाढी बजार क्षेत्रको फुटपाथमा बाक्लै भेटिन्छन् ।

कमलामाई–५ बोजेकी फूलमाया वाइबाले सिन्धुलीमाढीमा साप्ताहिकरूपमा लाग्ने शनिबारे हाटबजार, धुराफाँटमा लाग्ने बुधबारे हाटबजार, भिमानमा लाग्ने शुक्रबारे हाटबजार र अन्य दिन बजार क्षेत्रको फुटपाथमा मौसमी तरकारी, तरकारीजन्य वस्तु तथा कागती, अम्बा, बयरजस्ता फलफूलको व्यापार गर्छिन् ।

श्रीमान् गणेश वाइबा बितेपछि तीन सन्तानको हुर्काइ, पढाइसहित घरव्यवहारको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो । उनले २० वर्षअघि सानो लगानीमा व्यापार सुरु गरेका थिए । यसबाट अहिले उहाँ उत्साहित मात्रै हुनुहुन्न, आत्मनिर्भर पनि बनेका छन् । व्यापारबाट महिनामा १५ हजार माथि नाफा कमाउने उनले बताए । ‘खेतीपाती गरेर खाउ भने आफ्नो जग्गा छैन, यही व्यापारको कमाइबाट खर्च टार्छु । भान्छामा प्रयोग हुने सामान बिक्दैन कि भन्ने चिन्ता हुँदैन । सबैलाई दैनिक खान चाहिन्छ’, उनले भने ।

भान्छामा दैनिक प्रयोग हुने उपभोग्य वस्तु गाउँका किसानबाट थोरै–थोरै ल्याएर रु पाँचदेखि १५ सम्म नाफा हुने गरी बेच्छन् । किसानले थौरे मात्रामा उत्पादन गरेका अग्र्यानिक स्थानीय उत्पादन बजारसम्म ल्याउँदा उपभोक्ताले खुसी भएर किन्ने गरेको उनको अनुभव छ ।

कमलामाई–६ की देवकुमारी आले सिजनअनुसार हरियो मकै पोलेर बेच्छिन् । किसानसँग प्रतिगोटा रु १० का दरले हरियो मकै किनेर पोलेर रु २० देखि ३० सम्म बेच्ने गरेको उनले बताइन् । उनले वर्षौँदेखि हरियो मकै पोलेर बेच्दै आएकी छन् । सिजनअनुसारका स्थानीय उत्पादन हरियो अखबरे खुर्सानी, अमला, बेसार र साग बेचेर नाफा कमाएको पैसाले घरव्यवहार चलाउँदै आएकी छन् । स्वास्थोपचार र औषधिमा सबैभन्दा धेरै खर्च हुने उनले सुनाइन् ।

‘व्यापार राम्रो भएको महिना रु १७ हजारसम्म कमाएको छु । व्यापार गर्न लजाउन हुँदैन, आफ्ना हातगोडा चलुन्जेल आफ्नै पौरखमा बाँच्नुपर्छ’, उनले भनिन् । आफूले खाएर बचेको करेसाबारीको उत्पादन थोरै भए पनि बारीबाटै बिक्ने भएपछि जिल्लाका मुख्य सडकले छोएका र बजारको सहज पहुँच भएका गृहणी पनि मेहनती र उद्यमशील बन्दै गएका छन् ।

पहिला खेर जाने जङ्गली फलदेखि खेतबारी र करेसाबारीमा उत्पादन भएका तरकारीजन्य वस्तु तथा सिजनअनुसारका फलफूल पछिल्लो समय आफैँ बजार पुर्याएर बिक्री गरी आम्दानी लिन थालेका छन् । यसले यहाँका महिलालाई आर्थिकरूपमा सवल र आत्मनिर्भर बनाउँदै लगेको छ ।

महिला आर्थिकरूपमा सवल र आत्मनिर्भर भएमा महिलामाथि हुने विभिन्न हिंसाजन्य गतिविधिमा कमी आउने जिल्लाका सफल व्यापारी तथा व्यवसायी महिला बताउँछन् । यसका लागि सरकारले परनिर्भर जीवन बाँचिरहेका महिलालाई सानो लगानीमा पनि व्यापार, व्यवसाय गर्न सकिन्छ भनेर आवश्यक जानकारी दिने, व्यापार, व्यवसायमा लागेकालाई प्रोत्साहन गर्ने, महिलाले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग गर्ने, स्वरोजगारमूलक सीप सिकाउने र व्यापार, व्यवसाय गर्न सहज वातावरण बनाइदिनुपर्ने उनीहरूको धारणा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोल र डिजेलमा किन भयो भारी मूल्य वृद्धि ? यस्तो छ निगमको जवाफ

प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि ग्यासको मूल्य नबढाएको प्रस्टीकरण

पूर्वी नाकाबाट भित्रिए छ हजार ७ सय ९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्र...

बाजुराको उच्च भेगमा वर्षात्सँगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि  वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।...

कांग्रेस समानुपातिकमा सभापतिका ससुरादेखि पूर्वराष्ट्रपतिका छोरासम्म

काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास...

मध्यपूर्व युद्धको असर : नेपालमा पनि पेट्रोल १५, डिजेल र मट्टीतेल १० रुपैयाँले महँगियो

अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने

नयाँ सरकारले तत्काल सामना गर्नुपर्ने अर्थतन्त्रका चार मुख्य चुनौती

काठमाडौं । नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ। अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न व्यवसायीको माग

रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...

कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत...

रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्न...

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र स...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: