Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

मन्थली लुक्ला उडान सुरु भएपछि मुल्कोटका होटलमा बिदेशीको चहलपहल

खबरडबली संवाददाता

सिन्धुली । पछिल्लो दुई साता यता विपी राजमार्गमा हरियो नम्बर प्लेटका सवारी साधनको लर्को लागेको छ । रामेछापको मन्थलीबाट लुक्लाका लागि उडान सुरु भएसँगै विपी राजमार्गमा पर्यटक सवारीको संख्या बढेको हो ।

मुख्य पर्यटकीय सिजनका लागि सगरमाथातर्फ जाने पर्यटकलाई लक्षित गरेर निजी विमान कम्पनीहरुले गत असोज ७ गतेदेखि रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि व्यावसायिक उडान थालेसँगै विपी राजमार्गमा हरियो नम्बर प्लेटको गाडीको आवतजावत बढेको राजमार्ग आसपासका होटल तथा रेष्टुरेन्ट व्यवसायीले बताएका छन् ।

पर्यटकका लागि सिजन मानिने यस बेला काठमाडौँको एयरपोर्ट व्यस्त भई ट्राफिक जाम हुने भएपछि तारा, समिट र सीता एयरले विदेशी पर्यटकहरूका लागि सोलुखुम्बुको लुक्लासम्म मन्थलीबाट उडान भर्न थालेका हुन् । ती कम्पनीहरूले विदेशी पर्यटकहरूलाई मन्थली विमानस्थलसम्म गाडीमा ल्याएर मन्थलीबाट सोलुको लुक्लाका लागि उडान भर्ने गरेका छन् ।

वायुसेवा कम्पनीहरुले मन्थली विमानस्थलबाट लुक्लातर्फ पर्यटक लैजाने र लुक्लाका पर्यटक रामेछाप उतार्ने भएपछि विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका ७ स्थित मुलकोटमा संचालनमा रहेका होटल तथा रेष्टुरेन्टमा विदेशि पर्यटकको चहलपहल बढेको छ । मुलकोटका होटल तथा रेष्टुरेन्ट विदेशि पर्यटकले भरिभराउ भएको अक्सित रिसोर्ट एण्ट र्‍याफ्टिङका संचालक रामप्रसाद नेपालले बताए ।

मन्थलीमा सुविधासम्पन्न होटल तथा रेष्टुरेन्ट नभएकाले पर्यटकहरु बास बस्न मुलकोट आउने गरेको नेपालले बताए । उनले भने, “शुक्रबार मौसमका कारण उडान रद्ध भएपछि पर्यटक बास बस्न मुलकोट फर्किएका छन् । यहाँको अधिकांश होटल तथा रेष्टुरेन्ट आज (शुक्रवार) भरिभराउ छन् ।”

शुक्रबार आफ्नो रिसोर्टमा बास बस्न आएका धेरैजसो पर्यटक ताईवानको रहेको उनकाे भनाइ छ । यसअघि विभिन्न कारण दुई वर्षदेखि थलिएर उडान भर्न नसकेका वायुसेवा कम्पनीहरूले यस वर्ष बेलैमा उडान भरेपछि सुनकोशीका होटल तथा रेष्टुरेन्टमा अन्तर्राष्ट्रिय पर्यटकको घुईँचो लागेको नेपाल बताउँछन् ।

मन्थलीबाट लुक्लाको लागि विमान सञ्चालनमा आएपछि मन्थली विमानस्थल र आसपासको क्षेत्र विदेशी पर्यटकले खचाखच भएको नेपालको भनाई छ । मन्थलीमा धेरै सुविधासम्पन्न होटल नभएका कारण राति सिन्धुलीको मुलकोट, काभ्रेको धुलीखेल लगायतका क्षेत्रमा बास बसेर पर्यटकहरु बिहानै मन्थली आई सोलुतर्फ जाने गरेको  उनले बताए ।

मन्थलीबाट सोलुका लागि हुने अधिकाँश उडान बिहान सबेरै हुने गर्छन् । दिउँसो मौसम अनुकुल नहुने भएकोले उडान हुँदैनन् । वायुसेवा कम्पनीहरूले अबको करिब दुई महिना रामेछाप विमानस्थलमा नै जहाज राखेर उडान गर्ने योजना बनाएपछि सुनकोशी गाउँपालिकामा संचालनमा रहेका होटल व्यवसायी खुशी छन् ।

रामेछापबाट लुक्ला उडानकालागि सिन्धुलीमा बास बस्न आउने पर्यटकलाई जिल्लाको पर्यटकिय क्षेत्रकाबारेमा जानकारी दिन स्थानिय सरकारले विशेष योजना बनाउनुपर्ने सुनकोशी गाउँपालिका ७ का राम थापा बताउँछन् । “युरोप बाहिर कहिकतै पराजय नव्यहोरेको अंग्रेज फौजलाई परास्त पारेको ठाउँ सिन्धुलीमै छ । तर, विदेशी पर्यटक त्यसबारेमा जानकार छैनन्”, उनले भने, “लुक्ला उडानकालागि आएका पर्यटकलाई अन्तर्राष्ट्रिय पर्यटकिय स्थल सिन्धुलीगढीसम्म आकर्षित गर्न स्थानिय सरकारले विशेष योजना बनाउनुपर्छ ।”

काठमाडौँबाट नजिक रहेको मन्थली एयरपोर्टमा साना विमानस्थलहरूका लागि हवाई इन्धन सहितको व्यवस्था भएको पूर्वी क्षेत्रकै एकमात्र विमानस्थल भएकाले इमर्जेन्सी विमान अवतरण लागिसमेत मन्थली विमानस्थल उपयोगी मानिएको छ । मन्थली विमानस्थलका एक एटिसीका अनुसार मन्थली विमानस्थलबाट ७ उडान र ९ वटा अवतरणको तालिका रहेको छ । प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले तीन वटै कम्पनीका एक एक वटा जहाजले रामेछाप बेस रही लुक्लामा उडान गर्ने जानकारी दिनुभयो । पर्यटक बढेका बेला यसअघि मन्थलीबाट लुक्लामा दैनिक दुई दर्जनभन्दा बढी उडान भएको तथ्यांक छ ।

डलरमा पर्यटक बोक्नका लागि मन्थली विमानस्थलबाट लुक्लाको उडान गर्ने हवाई कम्पनीले मन्थलीबाट काठमाडौँको लागि यात्रु उडान गर्न भने अटेर गर्दै आएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending