Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

बाँकेका आठ स्थानीय तहले २२ करोड बढी विद्युत महसुल बुझाउन बाँकी

खबरडबली संवाददाता

नेपालगन्ज । बाँकेका आठ वटा स्थानीय तहले २२ करोडभन्दा बढीको सडक बत्तिको महशुल बुझाउन बाँकी रहेको देखिएको छ ।

सडक बत्ति प्रयोग गरेर महसुल नबुझाएपछि नेपाल विद्युत प्राधिकरणले जिल्लाका आठ वटै स्थानीय तहलाई सडक बत्तिको महसुल बुझाउनुका साथै केही ठाउँमा मिटर जडान नगरेरै सडक बत्ति प्रयोग गरिएको पाइएको जनाउँदै ती स्थानमा तत्काल मिटर जडान गर्न सार्वजनिक सूचनानै जारी गरेको छ ।

विद्युत प्राधिकरणले आइतबार एक सूचना जारी गरेर बाँकेका आठवटै स्थानीय तहलाई ४५ दिनभित्र सडक बत्ति वापतको २२ करोड ८५ लाख ३१ हजार ८४ रुपियाँ विद्युत महशुल बुझाउन आग्रह गर्दै त्यसो नगरिए विद्युत महशुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

नेपालगन्ज वितरण केन्द्र र कोहलपुर वितरण केन्द्रले दिएको जानकारी अनुसार बाँकेका केही स्थानीय तहले लामो समयदेखि सडक बत्तिको महसुल नबुझाएकाले केन्द्रबाट नै सार्वजनिक सूचनानै जारी गर्नु परेको हो ।

प्राधिकरणका अनुसार सडक बत्ति प्रयोग गरे बापत विद्युत महसुल सबैभन्दा बढी बाँकी हुनेमा नेपालगन्ज उपमहानगरपालिका रहेको छ । उपमहानगरले १९ करोड ४५ लाख आठ हजार १९ रुपियाँ विद्युत महशुल तिर्न बाँकी रहेको छ । सबैभन्दा कम खजुरा गाउँपालिकाले पाँच हजार ७७८ रुपियाँ महसुल तिर्न बाँकी रहेको छ ।

सोही प्रकारले डुडुवा गाउँपालिकाले एक करोड ९४ लाख ५८ हजार १९, जानकी गाउँपालिकाले १४ लाख ४९ हजार ३६८, कोहलपुर नगरपालिकाले पाँच लाख ९८ हजार ६४४, नरैनापुर गाउँपालिकाले एक लाख २३ हजार ७५० र राप्तीसोनारी गाउँपालिकाले १५ हजार ७०७ रुपियाँ सडक बत्तिको महसुल तिर्न बाँकी रहेको जनाइएको छ ।

प्राधिकरणले अनुमति नलिई बिना मिटर आफूखुसी जथाभावी सडकबत्ती जडान गर्ने कार्य कानुन सम्मत नरहेकोले सो कार्य नगर्न पनि स्थानीयतहहरुलाई आग्रह गरेको छ । साथै बिना मिटर जडान गरिएका सडक बत्तीहरू सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी ४५ दिनभित्र नियमानुसार मिटर जडान गर्नुपर्ने जनाउँदै त्यसो नगरिए पनि कारवाही गर्ने सूचनामा जनाइएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार देशभरिक ३३२ स्थानीय तहले सडक बत्ति उपयोग गरे बापत छ अर्बभन्दा बढी महशुल तिर्न बाँकी रहेकोले असुली प्रक्रिया सुरु गरिएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending