काठमाडौं । शनिबार इजरायलमा बिद्रोही समूह हमासले प्यालेस्टाइन क्षेत्रमा गरेको आक्रमणमा इजरायलमा १२ नेपाली सम्पर्कबिहीन भएकाे परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोृल्दै मन्त्री साउदले उक्त कुरा बताएका हुन् ।
मन्त्री साउदका अनुसार उक्र आक्रमण नेपाली समयअनुसार शनिबार बिहान ६ बजेर ३० मिनेटमा सुरु भएको थियो । उक्त आक्रमणबाट हालसम्ममा सयौंको संख्यमा इजरायली नागरिकको मृत्यु भएको छ । कयौंलाई बन्धक बनाइएको आशंका गरिएको उनले जानकरी दिए । । प्यालेस्टिटानी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी केही नेपाली विद्यार्थी हताहत भएको हुनसक्ने मन्त्री साउदले बताएका छन् । साउदले संसदलाई दिएको जानकारीअनुसार १२ जना नेपाली विद्यार्थी सम्पर्कमा छैनन् ।
दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएका उनकाे भनाइ छ । राजदूतावासका अनुसार उक्त स्थान गाजा क्षेत्रबाट नजिक रहेकाे र त्यही हमास समूहबाट आक्रमण भएकाले १७ जना नेपालीहरू मध्येबाट २ जना सकुशल रहेको तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बाँकी १२ जना सम्पर्कमा नभएको र केही हताहत भएको हुँदा स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको उनले बताए ।
मन्त्री साउदका अनुसार हाल इजरायलमा ४५०० जना केयर गिभरका रुपमा कार्यरत नेपाली कामदार रहेका छन् भने, २५० जना विद्यार्थीहरु रहेका छन् । उनका अनुसार उक्त विद्यार्थीहरु त्रिविका सार्थ नेपाल कृषि विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि गएका हुन् । इजरायलमा रहेका नेपालीहरूको वास्तविक स्थिति पहिचान गर्न, नेपालीहरूलाई सुरक्षित तवरले राख्न, उद्धार तथा सहयोग गर्नको लागि आवश्यक सहजीकरण र समन्वय भइरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८२ - १०:२८
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सही विचारबिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका छन् । ए...
जेष्ठ ४ गते, २०८२ - १०:२५
रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित दुर्घटनामा परेर एकजना अन्दाजी ३५ बर्षीय युवकको मृत्यु भएको छ। मृतकको पहिच...
जेष्ठ ४ गते, २०८२ - १०:२५
रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित दुर्घटनामा परेर एकजना अन्दाजी ३५ बर्षीय युवकको मृत्यु भएको छ। मृतकको पहिच...
जेष्ठ ४ गते, २०८२ - १०:२०
कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ । यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका४ पर्सीयाकी डल्लीदेवी चौधरीले । ...
जेष्ठ ४ गते, २०८२ - १०:१८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता द्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२ औँ स्मृतिमा एमाले नेताहरूले उनीहरूको प्रतिमामा माल्यार्पण...
जेष्ठ ४ गते, २०८२ - ०६:५५
झापा। मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना क...
जेष्ठ ४ गते, २०८२ - ०६:५३
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितर...
जेष्ठ ४ गते, २०८२ - ०६:५१
काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारीले हङकङले सन् २००५ देखि रोक लगाएको वर्किङ र घरेलु कामदार भिसा पुनः खुलाउन सरकारी...
जेष्ठ ४ गते, २०८२ - ०६:४०
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक शनिबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन, नयाँबानेश्वरमा बस्ने भएकाे हाे । बैठक...
जेष्ठ ४ गते, २०८२ - ०६:३७
काठमाडौं । हिजो देखी काठमाडौंमा सुरू भएको अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संबाद’ कार्यक्रममा आज छलफल सेशन चल्दैछ । हिमाल, हिमनदीसहित विश्वमा देखा परेको...
प्रतिकृया लेख्नुहोस्: