काठमाडौं । प्रधानमन्त्री पुष्पकमल 'दाहाल' प्रचण्डले नेपाल एक चीन नीतिमा दृढ रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित बीआरआईको एक दशक :व्यापार,लगानी र सम्पर्क सञ्जाल विषयक सेमिनारमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चीनविरुद्धका कुनै पनि गतिविधि गर्न नदिने जिकिर गरेका हुन् ।
उनले नेपाली भूमि प्रयोग गरेर कुनै गतिविधि हुन नदिने प्रतिबद्धता जनाए। प्रधानमन्त्री दाहाले भने,'नेपाल विगतदेखि नै एक चीन नीतिको पक्षमा दृढ रहँदै आएको छ । हामी वर्तमान र भविष्यमा समेत एक चीन नीतिप्रति दृढ रहनेछौँ । नेपाली भूमि चीनविरोधी गतिविधिमा प्रयोग गर्न दिइने छैन । यो नेपाल सरकारको प्रष्ट दृष्टिकोण हो ।'
उनले बीआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएको बताउँदै अब छिट्टै कार्ययोजना बनाएर अघि बढ्ने जिकिर गरे। संयुक्त राष्ट्रसंघको उद्देश्य तथा सिद्धान्त र पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्ध यस क्षेत्रकै शान्ति, स्थायित्व र समृद्धिका लागि महत्वपूर्ण रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।
प्रधानमन्त्री दाहालले चीम भ्रमणले नेपाल तथा चीनबीच उच्च राजनीतिक तहमा थप सुदृढ समझदारी विकास गर्न र यस क्षेत्रमै शान्ति,स्थायित्व तथा साझा समृद्धि हासिल गर्न सघाउ पुग्नेमा विश्वास व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...
फाल्गुन २८ गते, २०८२ - १९:५०
काठमाडौं । पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा ‘फेक रेस्क्यु’ गरी अवैध बिमा रकम दाबी गरेको अभियोगमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १०...
फाल्गुन २८ गते, २०८२ - १९:४५
काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अनपेक्षित माग बढेपछि आपूर्ति व्यवस्थालाई सहज बनाउन भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने निर्...
फाल्गुन २८ गते, २०८२ - १९:४१
काठमाडौं । निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै भारत फर्किन थालेका छन् । क...
फाल्गुन २८ गते, २०८२ - १९:३९
नयाँ दिल्ली । बाबुराम भट्टराई ले नेपाललाई दुई शक्ति राष्ट्रबीचको ‘चेपुवा’ देशका रूपमा मात्र व्याख्या गर्ने परम्परागत दृष्टिकोण त्याग्नुपर्ने बताएका छन...
फाल्गुन २८ गते, २०८२ - १९:३८
काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको दोस्रो दिन केपी शर्मा ओली ले अपेक्षित नतिजा नआएको स्वीकार गर्दै ‘...
फाल्गुन २८ गते, २०८२ - १९:३२
काठमाडौं। म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्की पोखरा म...
फाल्गुन २८ गते, २०८२ - १९:३१
काठमाडौं । क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु भएको छ । झापा मेचीनगर– १२ नयाँ वस्तीका ३९ वर्षका भरत कार्की र सल्यान कुमाख गाउँपालिका ...
फाल्गुन २७ गते, २०८२ - २०:२५
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...



प्रतिकृया लेख्नुहोस्: