Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

दशैंलक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्दाे

खबरडबली संवाददाता

काठमाडौं। आइतबारदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण देखिएको छ । सरकारले चाडपर्वलाई लक्षित गरी नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभाेक्ताकाे आकर्षण देखिएकाे हाे  ।

आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ ।  चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । सरकारले यो वर्ष काठमाडौं उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण गर्नेछ ।

राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा सुपथ पसल सञ्चालन हुनेछ ।

यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा सहुलियतपूर्ण पसल रहनेछन् । खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेका प्रवक्ता शर्मिला न्यौपानेले जानकारी दिइन् ।

कम्पनीले सञ्चालनमा ल्याएका बिक्री कक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो, र सबै प्रकारका तेलमा प्रतिकिलो/प्रतिलिटर सात रुपैयाँ तथा कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट पाउनेछन् ।

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले सहुलियत पसल आगामी मङ्सिर ३ गतेसम्म  सञ्चालन गर्नेछन् ।सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार रुपैयाँको बजेट छुट्याएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध भिओआइपी सञ्चालन गर्ने दुई जना पक्राउ

काठमाडौं ।  अवैध अन्तर्राष्ट्रिय आगमन कल बाइपास अर्थात् (भिओआइपी) सञ्चालन गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त स...

सुदिप पन्त र शान्ती श्री परियारको नयाँ गीत ‘बारुलाको गोलो’ सार्वजनिक

काठमाडौंं । गायक सुदिप पन्त र गायिका शान्ती श्री परियारको आवाज रहेको ‘बारुलाको गोलो’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उषा उप्रेती र रमेश कडरियाक...

ललितपुर र कैलालीमा हैजाको सङ्क्रमण

काठमाडौं । ललितपुर र कैलालीमा हैजाको सङ्क्रमण भेटिएको छ । ललितपुरमा सात र कैलालीमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । कैलालीमै थप दुई जनामा पनि सङ...

शहीद मुकेश कायस्थको परिवारले एक वर्षपछि राज्यबाट सुविधा पाउँदै

काठमाडौं । काभ्रेको बनेपाका मुकेश कायस्थको परिवारले एक वर्षपछि राज्यबाट सुविधा पाउने भएको छ । दोस्रो जनआन्दोलनमा घाइते भएर १७ वर्षसम्म अर्धचेत रहेका ब...

तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु। बेपत्ता एक जनाको खोजी हुँदै

काठमाडौं ।  बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको ज्यान गएको छ । अर्का एक बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ सृजनानगरमा आफन्तकोमा आएका ती द...

चितवनका ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनका ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवन...

धनकुटाको भेडेटारमा स्काइ टावर

धनकुटा । भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट पार्क्स एण्ड अल्ट्राक्सन्स प्रालिले निर्माण गरेको उक्त टावर आजदेखि सञ्चालनमा ...

तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र

दमौली । करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ । भानु–११ मा...

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी, १६ लाख ५७ हजार पाँच सय राजस्व सङ्कलन

मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।  अन्नपू...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy