Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

माझी समुदायको पितृश्राद्ध सकियो

खबरडबली संवाददाता

रामेछाप । रामेछापमा रहेको सीमान्तकृत माझी समुदायले एक वर्षभरि दिवङ्गत भएका पितृलाई सम्झने मौलिक कर्म श्राद्ध गर्छन् । यो समुदायले हरेक वर्ष पितृश्राद्ध तीन दिनसम्म भक्तिभावपूर्वक गर्ने गर्छन् । 

यो वर्ष बुधबारदेखि सुरु भएको श्राद्ध शुक्रबार बिहान तामाकोशीमा पितृ सेलाएपछि समापन भएको छ । माझी समुदायले श्राद्धको पहिलो दिनलाई थाल्ने, दोस्रो दिनलाई पाल्ने र तेस्रो दिन बिदा गर्ने भनिन्छ । 

कुनै कारणले श्राद्ध कर्म बुधबार रोकियो भने शुक्रबार सुरु गरेर आइतबार समापन हुने मन्थली नगरपालिका–८, जखनीटारका गणेश माझीले जानकारी दिए । “कुनै व्यक्तिको सोह्रश्राद्धको श्राद्ध सुरु नभई मृत्यु भएमा त्यही श्राद्धभित्रै उसको पनि श्राद्ध सकिन्छ, एउटा श्राद्ध सकिएपछि एक वर्षभरि मृत्यु भएका सबै पितृको श्राद्ध गर्न सोह्रश्राद्धकै बुधबार वा शुव्रmबार पर्खनु पर्छ,” उनले स्पष्ट पारे । आफन्तको मृत्यु भएका परिवारका सदस्यले श्राद्ध गर्न कुशेऔँसीदेखि चोखो खाएर बस्नुपर्ने उनको भनाइ छ । 

सोह्रश्राद्धको पूर्णिमाको दिनदेखि श्राद्धको प्रारम्भ हुन्छ । सो दिनदेखि एक वर्षसम्म रोकिएको बाजागाजा फुकाइन्छ । पितृलाई प्रसाद चढाइन्छ । प्रसाद चढाउन आफन्त र दाजुभाइ आउँछन् । उनीहरू सबैलाई प्रसाद खुवाएर बिदा गरिन्छ । त्यसपछि बुधबारबाट मुख्य कर्म सुरु हुन्छ । बुधबार बिहानैदेखि पितृको फोटो राखेर प्रसाद चढाइन्छ । प्रसाद चढाउन गाउँका सबै दाजुभाइ तथा चेलीबेटी आउँछन् । प्रसाद चढाएपछि गाउँका बुढापाका जम्मा भएर मादल बजाउँदै गीत गाएर पितृलाई सम्झन्छन् । गाउँभरिका मानिसले ल्याएको प्रसाद र सगुन बाँडिन्छ । भोज लगाएर सबै पाहुनालाई खाना खुवाई बिदा गरिन्छ । दोस्रो दिन बिहीबार बिहानै बाटो खन्ने काम हुन्छ । पितृलाई स्वर्गको यात्रा सहज होस् भनी बाटो खन्ने प्रचलन छ । त्यसपछि खुला ठाउँमा पितृको सम्झनामा पितरा बनाएर नाचगान गरिन्छ । 

पितृलाई प्रसाद र बरनी गरिन्छ । यो कर्ममा छोरी चेलीको विशेष भूमिका हुन्छ । सो दिन दिनभरि नाचगान गरी भोज लगाइन्छ । भोलिपल्ट बिहानै नदीमा गएर पितरा बगाएर पितृलाई बिदा गरेपछि श्राद्ध सकिने जखनीटारकै वीरबहादुर माझीले बताए । सोही विधि अनुसार शुक्रबार बिहान भालेको डाकोमा नदीमा लगेर पितृ सेलाउने कर्म सकिएको उनले बताए । 

शुद्ध शान्तिको भोज र श्राद्धको भोजमा पहिला पहिला राँगा वा भैँसीको मासु खुवाउने गरिएको भए पनि अहिले मासुको चलन हटाइएको छ । शोकमा परेकालाई खर्चको मार नपरोस् भनेर मन्थली नगरपालिका–८, जखनीटारका माझी समुदायले मासुको भोज हटाएका हुन् । 

परम्परादेखि मौखिक रूपमा चल्दै आएको माझी समुदायको यो संस्कार पुराना पुस्ताको मुखबाट नयाँ पुस्तामा सर्दै आएको मन्थली नगरपालिका–८, चिसापानीका वडाध्यक्ष गोपाल श्रेष्ठले बताए । “माझी समुदायको श्राद्धको सबै कर्म गीतकै विधिबाट हुन्छ, मौखिक रूपमा सर्दै आएको यो परम्परा धार्मिक तथा सांस्कृतिक आक्रमणसँगै जोगाउन कठिन हुँदै गएको छ,” उनले भने । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending