धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन आजबाट धनगढीमा सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले धनगढीमा ११ बजे प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्नेछन् ।
प्रदेश अधिवेशनका लागि पार्टीका महासचिव शङ्कर पोखरेल, पार्टीका सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रीय सदस्यहरू उपस्थित हुने जनाइएको छ।
उद्घाटन सत्र सकिए लगत्तै बन्द सत्र सुरु हुने छ । अहिले सम्म प्रदेशको अध्यक्षमा नेताहरू कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले दाबी गरेका छन् । उनीहरूबीच अहिलेसम्म सहमति भने जुट्न सकेको छैन ।
अध्यक्ष बाहेकका अन्य सबै पदाधिकारी पदमा पनि आकाङ्क्षीहरू धेरै छन् । तर, पार्टी नेतृत्वले सर्वसम्मतको प्रयास गरेपनि कुनै प्रदेशमा सहमति नजुटेर चुनावी प्रतिस्पर्धा भइरहेको छ।
अधिवेशनमा छ सय ७५ प्रतिनिधि सहभागि रहनेछन् । नौ वटा जिल्लामध्ये सबैभन्दा बढी प्रतिनिधि बाजुराका रहेका छन् । बाजुराबाट २८ महिला, ५९ पुरुष र ४१ दलित गरि एक सय २८, कैलालीमा २७ महिला, ७० पुरुष र २० दलित गरि एक सय १७ जना प्रतिनिधि रहेका छन् ।
यस्तै, कञ्चनपुरबाट १७ महिला, ३७ पुरुष र नौ दलित गरि ६३, बैतडीबाट १९ महिला, ३३ पुरुष र १६ दलित गरि ६८, दार्चुलाबाट १९ महिला, २८ पुरुष र छ दलित गरि ५३, अछामबाट १२ महिला, ३४ पुरुष र आठ दलित गरि ५४ जना प्रतिनिधि रहेका छन् ।
यस्तै, बझाङबाट १३ महिला, २६ पुरुष र नौ दलित गरि ४८, डोटीबाट ११ महिला, २३ पुरुष र सात दलित गरि ४१, डडेल्धुराबाट पाँच महिला, १२ पुरुष र एक दलित गरि १८ जना प्रतिनिधि रहेका छन भने जनसंगठनबाट २५ महिला, ४३ पुरुष र सात दलित गरि ७५ जना प्रतिनिधि रहने छन् ।
पार्टीको मजदुर विशेष इलाका कमिटिबाट एक महिला, चार पुरुष गरि पाँच जना प्रतिनिधि रहेका छन भने बुद्धिजिवि विशेष इलाका कमिटिबाट एक महिला र चार पुरुष गरि पाँच जना प्रतिनिधि रहने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: