काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङले एक साताभित्र सरकार गठन गर्न आह्वान गरेका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेका हुन्।
“कोशी प्रदेशका प्रमुख परशुराम खापुङसमक्ष कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिनुभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई २०८० असोज २६ गते शुक्रबार अपराह्न ५ः०० बजेभित्र आफ्नो दाबी पेश गर्न आह्वान गर्नुभएको छ”, प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संविधानको धारा १६८ (३०)अन्तरत सबै भन्दा ठुलो दलको हैसियतले ३० दिन अघि मुख्यमन्त्री बनेका कार्कीले राजीनामा दिएसँगै अव सरकार गठनको प्रक्रिया १६८(५)मा पुगेको हो।
सो धारामा प्रदेश सभामा रहेका जुन सुकै प्रदेश सदस्यले बहुमत सिद्ध गरे मुख्यमन्त्रीमा नियुक्त हुने छन् । तर कोशी प्रदेशको अंक गणित हेर्ने हो भने अहिले सत्ता गठबन्धनसँग बहुमत पुग्ने छ ।
९३ सदस्य रहेको प्रदेश सभामा सत्ता गठबन्धनसँग ४७ सिट रहेको छ । यो सङ्ख्या बहुमत हो । तर सत्ता गठबन्धनमा अबको मुख्यमन्त्री को हो भन्नेमा विवाद छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - ०७:२१
काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...
पौष ७ गते, २०८२ - ०७:१६
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...
पौष ७ गते, २०८२ - ०७:१०
जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...
पौष ७ गते, २०८२ - ०७:०८
कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...
पौष ७ गते, २०८२ - ०७:००
काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...
पौष ७ गते, २०८२ - ०६:५८
काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...
पौष ७ गते, २०८२ - ०६:५५
काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...
पौष ६ गते, २०८२ - ०९:२१
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...
पौष ६ गते, २०८२ - ०९:१९
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...




प्रतिकृया लेख्नुहोस्: