लुम्बिनी । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक सवारी चालक तथा सहचालकको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
चालकलाई समय अनुकूल आवश्यक नीति, नियम र ज्ञानसहित उनीहरुको तनाव व्यवस्थापनका लागि नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्नेमा सार्वजनिक सवारीसँग सरोकार राख्ने निकायका प्रमुख तथा प्रतिनिधिले जोड दिएका हुन् । सवारी दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यवस्थापनसम्बन्धी अभियानलाई सञ्चालन गर्दै आएको पश्चिम नेपाल बस व्यवसायी प्रालिको आयोजनामा चालक तथा सहचालक प्रशिक्षण कार्यक्रममा सहभागी वक्ताहरुले सार्वजनिक सवारीका चालक तथा कर्मचारीले आफ्नो स्वभाव र व्यवहारमा परिवर्तन ल्याउनुुपर्ने खाँचो पनि औँल्याएका छन् ।
कार्यक्रममा राजमार्ग सुरक्षा तथा सवारी व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले सवारी चालकहरू जिम्मेवार हुनुपर्नेमा जोड दिए । सवारी चालकले छिटो गन्तव्यमा पुग्ने र धेरै यात्रु चढाउने प्रतिस्पर्धा मात्रै नगरेर गुणस्तरीय चालक बन्ने प्रयास गर्न चालकहरुलाई उनले आग्रह गरे । प्रहरी निरीक्षक पाण्डेले सभ्य भाषा, नम्र बोलीसहितको सेवा नै अचुक औषधी भएको बताउँदै अपाङ्ग र आरक्षण सिट कार्यान्वयन गर्नुपर्ने सुझाव दिए ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सवारी चालक, सहचालक, यात्रुहरु सबै जिम्मेवार भए दुर्घटना न्यूनीकरणमा टेवा पुग्नाका साथै बर्सेनि हुने धनजनको क्षतिसमेत कम गर्न सकिने बताए । सार्वजनिक सवारी साधन प्रयोगकर्ता पनि दुर्घटना न्यूनीकरणका विषयमा उत्तिकै जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।
सुरक्षित यात्रा नेपालका अध्यक्ष तथा यातायात मजदुर नेता कृष्णप्रसाद बेलबासेले चालक तथा सहचालकले यात्रुहरुसँग नम्र व्यवहार गर्नुपर्नेमा जोड दिँदै दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनका लागि प्रालिले जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
प्रालिका सञ्चालक तथा सवारी दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यवस्थापनका संयोजक नारायणप्रसाद घिमिरेले सवारी चालक तथा सहचालकले आफ्नो सीप, कला र दक्षता बढाउनाका साथै यात्रुहरुसँगको व्यवहारमा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार प्रालिमा करिब दुई हजार पाँच सय बस व्यवसायीहरु आबद्ध रहेको र सात हजार पाँच सय यातायात मजदुरहरुलाई रोजगारी प्रदान गर्दै आएको छ । संस्थाले दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापन प्रशिक्षणलाई निरन्तर सञ्चालन गर्दै आएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २२ गते, २०८३ - १७:३२
विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...
आषाढ़ २२ गते, २०८३ - १७:१३
धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...
आषाढ़ २२ गते, २०८३ - १७:०६
सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...
आषाढ़ २२ गते, २०८३ - १६:५९
काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...
आषाढ़ २२ गते, २०८३ - १६:४८
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...
आषाढ़ २२ गते, २०८३ - १६:३७
झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...
आषाढ़ २२ गते, २०८३ - १६:१२
काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अ...
आषाढ़ २२ गते, २०८३ - १५:४८
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...
आषाढ़ २२ गते, २०८३ - १५:३२
काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...
आषाढ़ २२ गते, २०८३ - १५:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...



प्रतिकृया लेख्नुहोस्: