दमौली । अर्थमन्त्री डा.प्रकाशशरण महतले पहिरोको जोखिममा परेको तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रमको निरीक्षण गरेका छन् । शनिबार देवघाट आइपुगेका अर्थमन्त्री डा महतले पहिरोको जोखिममा परेको उक्त आश्रमको निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा अर्थमन्त्री महतले आश्रमका बारेमा जानकारी लिँदै पहिरो नियन्त्रणका लागि भइरहेको कामका बारेमा चासो राखेका थिए । निरीक्षणपश्चात् अर्थमन्त्री महतले पहिरो नियन्त्रणका लागि सङ्घीय सरकारकोतर्फबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । गत वर्ष असोजमा वेणी नजिक रहेको गलेश्वर आश्रम नजिकै पहिरो खसेपछि आश्रम जोखिममा परेको थियो ।
पहिरो नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले बोलपत्र (टेन्डर) प्रक्रिया सुरु गरेको जनाएको छ । बोलपत्रका लागि कार्यालयका तर्फबाट शुक्रबार स्थलगत अवलोकन भएको देवघाट गाउँपालिका–५ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा रू दुई करोड बराबरको टेन्डर आह्वान गर्ने तयारी भएको छ ।
“त्यति रकमले पुग्दैन भनेर हामीले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छौँ”,कुँवरले भने, “उहाँका तर्फबाट सङ्घीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता आएको छ ।” उनका अनुसार २०७२ को भूकम्पपछि थिलोथिलो बनेको यो ठाउँमा गत वर्षको पहिरो खसेको थियो । सम्बन्धित निकायले बेलैमा चासो नदिँदा गलेश्वर आश्रम नै जोखिममा परेको गुनासो छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: