Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

पटक-पटक ११ केजी सुन भित्रिएको थियो दोलखा नाकाबाट

खबरडबली संवाददाता

दोलखा  । चीनको तिब्बतसंग सिमा जोडिएको दोलखाको फलाक नाकाबाट विगतमा तिब्बती शरणार्थी प्रवेश गर्ने समाचारले चर्चा पाउने गरेकाे थियाे । कहिले काँहि त अवैध रुपमा प्रवेश गरेका तिब्बती नागरिकलाई उतै फर्काउन खोज्दा प्रहरीसंग झडप समेत हुने गरेको थियो ।

तर, यो पटक तिब्बती शरणार्थी प्रवेश गरेको विषयले हैन ११ केजी सुन अवैध ढङ्गले भित्रिएको विषयले फलाक नाकाको चर्चा भइरहेको छ । कसैले अनुमान र आशंका समेत नगरेको दोलाखको फलाक नाकाबाट ११ केजी सुन भित्रिएपछि अहिले दोलखा प्रहरी र सिआईवी ले समेत यो घट्नाको सुष्म अनुसन्धान गरिरहेको छ ।

तीन पटक गरेर ११ केजी सुन बरामद गरेको दोलखा प्रहरीले सिआईवीको समेत सहयोगमा अहिलेसम्म तस्करीमा संलग्न रहेको आशंकामा दुई चिनिया नागरिक सहित ११ जनालाई पक्राउ गरेको छ । अहिलेसम्मको अनुसन्धानमा पछिल्लो पटक असोज १७ गते बुधवार काठमाडौंबाट पक्राउ परेका चीनको सिचुवान घर भै काठमाडौंको स्वयम्भु बस्ने आगर लामानै फलाकबाट सुन तस्करी गर्ने गिरोहको मुख्य नाईके भएको देखिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताए ।

आगर लामासंग अर्का चिनिया नागरिक ग्याङ रोउ र दोलखा लामाबगर घर भइ काठमाडौँ बस्ने नुर्वुछिरीङ शेर्पाको समेत सुन तस्करीमा मिलेमतो र लगानी हुनसक्ने देखिएको प्रहरी नायव उपरीक्षक दिपक खड्काको भनाई छ । यो पटक ठूलो परिमाणमा सुन तस्कर गरेको आगर लामा समूहले ६-७ महिनाको अवधिमा दोलखाको फलाक नाकाबाट थप ३-४ पटक सुन तस्करी गरिसकेको अनुसन्धानमा संलग्न प्रहरीको भनाई छ । ठ्याक्कै कति भन्ने नखुले पनि यो अवधिमा आगर लामा समूहले फलाक नाकाबाट ३५-४० केजी सुन भित्र्याएको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउछन् ।

अहिले प्रहरील्र मुख्य दुई विषय तस्करीमा अन्य चिनिया या नेपाली नागरिकको संलग्नता भए-नभएको र यस अघि भित्र्याईएको सुन भारत वा नेपालको कुन–कुन ठाँउमा बिक्रि गरीयो भन्नेमा केन्द्रीत भएर अनुसन्धान गरीरहेका प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

अहिलेसम्मको अनुसन्धानमा ब्रेक– सु मार्फत भएको सुन तस्करी र भेपमा राखेर गरिएको सुन तस्करी ग्रुपसंग आगर लामा समूहको कनेक्सन नदेखिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । पक्राउ परेका दुई चिनिया नागरिक मध्य आगर लामासंग तिब्बती शरणार्थी कार्ड रहेको र ग्याङ रोउसंग पासर्पोट रहेको अनुसन्धानमा संलग्न दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

सुरुमा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्का र ईलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक बिक्रम लामाको टोलीले सुराकीको आधारमा असोज १० गते राति दोलखाको विगु गाँउपालिका ३ जामुने स्थित सिता तमाङको घरमा डेरा वस्ने केशर तमाङको कोठाबाट चार केजी सुन बरामद गरेको थियो ।

अवैध चार केजी सुन सहित असोज १० गते रातिनै विगु गाँउपालिका वडा नम्बर १ लामाबगरका १९ बर्षको पेम्बा तमाङ, २८ बर्षको केशर तमाङ र २० बर्षको माधव मगरलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका केशर तमाङको बयानको आधारमा प्रहरीले असोज १३ गते उनको अर्को कोठाबाट थप तीन केजी सुन बरामद गरेको थियो भने असोज १४ गते विगु १ लामाबगरमा ढुङ्गाको चेपमुनी घाँसको चपरीले छोपेको अवस्थामा जनपथ प्रहरीका प्रहरी निरीक्षक बिक्रम लामा र शसस्त्र प्रहरी निरीक्षक जयन्त केसीको टोलीले चार केजी सुन बरामद गरेको थियो ।

लगतै सुन तस्करीको आरोपमा प्रहरीले विगु १ लामाबगरको ५५ बर्षको नुर्वुछिरीङ शेर्पा र ३० बर्षको सुनमाला तमाङलाई सदरमुकाम चरिकोटकाको एक होटलबाट पक्राउ गरेको थियो भने लामाबगरको राज तमाङ, चिनिया नागरिक ग्याङ रोउ, लालबहादुर तामाङ र ६५ वर्षीय सनद प्रधानलाई काठमाडौँबाट पक्राउ गरेको थियो । त्यसैगरी लामाबगरका ३० वर्षको च्याङबा भन्ने चसमान तमाङलाई घर नजिकबाटै पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार तिब्बतीहरुले चीनपट्टीको रोङ्सा नाकासम्म ल्याएको ११ केजी सुन बिभिन्न सङ्केतको आधारमा मानिस पहिचान गरी ब्यागमा राखेर सिमा खोलाबाट डोरीको माध्यमले दोलखाको फलाक पट्टी पठाएका थिए । त्यसरी आएको सुन चसमान तमाङ र पेम्बा तमाङले लामाबगर ल्याएर आलुको बोरामा राखी स्थानीय युवाहरुको सहयोगमा चरिकोटमा भएका नुर्वुछिरीङ शेर्पालाई दिने योजना बनाउदै गर्दा बिशेष सुराकीको आधारमा प्रहरीले बरामद गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending