Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

किन पाइन् जेलमा रहेकी मोहम्मदीले नोबेल शान्ति पुरस्कार ?

खबरडबली संवाददाता

काठमाडाैं । यो वर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाएकी छिन्। महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको संघर्ष तथा सबैका लागि मानवाधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि नर्वेको नोबेल शान्ति पुरस्कार समितिले उनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

मोहम्मदी अहिले तेहरानस्थित एउटा जेलमा छिन्। आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिनेछ। नोबेल समितिले शान्ति पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूलाई तिनको देशको नागरिक समाजको प्रतिनिधि मान्छ। 

मोहम्मदी इरानको कुख्यात मानिने इभिन जेलमा छिन्। इभिन जेल सरकारविरोधी प्रदर्शनकारीहरू, राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकहरू राखिने कारागार हो। यो जेलमा कैदीहरूलाई यातना, अनिश्चितकालसम्म थुन्ने धम्की तथा स्वास्थ्य सुविधामा पहुँच नदिइएको भन्दै पश्चिमा मानवाधिकारवादी संस्थाहरूले आलोचना गर्दै आएका छन्। सन् २०२१ मा ह्याकरहरूबाट बाहिरिएको एउटा भिडियोमा सुरक्षाकर्मीबाट बन्दीहरूलाई कुटपिट गरिएको देखिएको थियो। इरानको सत्ताले उनलाई १३ पटकसम्म पक्राउ गरिसकेको छ। उनी पाँच पटकसम्म दोषी ठहर भएकी छन्। मोहम्मदीलाई सरकारविरुद्ध प्रोपागाण्डा फैलाएको लगायतका आरोप लगाइएको रोएटर्सले जनाएको छ। उनलाई ३१ वर्ष जेल सजाय तोकिएको छ भने १ सय ५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ।

अहिलेसम्म नोबेल पुरस्कार समितिले चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र साहित्यतर्फका विजेताको नाम घोषणा गरिसकेको छ। गत वर्ष अर्थात् २०२२ मा बेलारुसी मानव अधिकारकर्मी एलियास बिलियाट्स्की र रुसी मानव अधिकार संगठन मेमोरियल तथा युक्रेनी मानव अधिकार संगठन सेन्टर फर सिभिल लिबर्टिजले शान्ति पुरस्कार पाएका थिए। 

अमेरिकाका तात्कालिक राष्ट्रपति बाराक ओबामाले पनि सन् २००९ मा नोबल शान्ति पुरस्कार पाएका थिए। अन्तर्राष्ट्रिय कूटनीति र मानिसहरूबीचको सहकार्यलाई सुदृढ पार्न अभूतपूर्व प्रयास गरेकाले उनलाई नोबेल पुरस्कार दिइएको थियो। तर, उनलाई पुरस्कार दिइएकोमा आलोचना पनि भएको थियो। किनभने नोबेल पुरस्कारका लागि मनोनयन गर्ने मिति सकिनु केही दिनअघि मात्र ओबामा अमेरिकाका राष्ट्रपति बनेका थिए। अन्य विजेताहरूमध्येमा जिमी कार्टर (सन् २००२), युरोपेली संघ (सन् २०१२), संयुक्त राष्ट्रसंघ र त्यसका तात्कालिक महासचिव कोफी अन्नान (सन् २००१ मा संयुक्त रूपमा) र कोलकाताकी मदर टेरेसा (सन् १९७९) छन्। युसुफ्जाई अहिलेसम्म नोबेल पुरस्कार पाउने सबैभन्दा कान्छी व्यक्ति हुन्। विभिन्न विधाका पुरस्कारका लागि शोध संस्थानका सदस्य, विश्वविद्यालयका प्राध्यापक, वैज्ञानिक, पूर्वविजेता र अन्यले मनोनयन गर्छन्। नोबेल फाउन्डेसनको नियमानुसार ५० वर्षसम्म अन्तिम छनोट सूची प्रकाशित गरिँदैन। कसैले आफैंलाई मनोनयन गर्न पाउँदैन। एउटा पुरस्कार बढीमा तीन जनाले पाउन सक्छन्।

नोबेल फाउन्डेसनको नियमानुसार यदि कुनै विधामा त्यस वर्ष पुरस्कृत हुन कोही योग्य भएनन् भने पुरस्कार घोषणा हुँदैन र पुरस्कारको रकम अर्को वर्षका लागि राखिन्छ। भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्टकहोम, स्विडेनमा प्रदान गरिन्छ।

नोबेल शान्ति पुरस्कार विजेताको चयन नर्वेमा गरिन्छ। त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँच सदस्यीय समितिले गर्छ । प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा १ करोड १० लाख स्विडिस क्रोना (९,९०,००० अमेरिकी डलर) पाउँछन्। बीबीसी 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending