भेरीगङ्गा । कर्णाली प्रदेशबाट वार्षिक रु एक करोड ४० लाख बराबरको खसीबोका र च्याग्रा निर्यात हुँदै आएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारअन्तर्गत पशुपन्क्षी निर्देशनालयको तथ्याङ्कअनुसार वार्षिक रु एक करोड ४० लाख बढीको खसीबोका निर्यात हुने गरेको हो । सरकारको तथ्याङ्कअनुसार कर्णालीबाट दैनिक ११ लाख ७० हजारको खसी बोका निर्यात भइरहेको छ ।
कर्णाली प्रदेश सरकारको तथ्याङ्कअनुसार दैनिक ११ लाख ७० हजारको खसीबोका प्रदेशबाट बाहिर निर्यात हुने गरेको कर्णाली प्रदेश पशुपन्क्षी निर्देशनालयका प्रमुख कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए ।
“कर्णाली मासुमा आत्मनिर्भर छ, पछिल्लो समय उत्पादन पनि बढेको छ,” उनले भने, “यहाँबाट दैनिक रु ११ लाख ७० हजारको खसी बोका निर्यात भइरहेको छ, चाडपर्वमा अझै धेरैको खसीबोका र च्याग्रा निर्यात हुन्छ । यो हिसाबले वार्षिक रु एक करोड ४० लाख ४० हजार बराबारको निर्यात भइरहेको छ ।”
प्रदेशका १० जिल्लामध्ये सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिममा खसी बोका र माथिल्लो कर्णालीका पाँच जिल्लामा भेडा च्याग्राको उत्पादन धेरै हुने गरेको प्रमुख पङ्गेनीले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशका पाँच जिल्ला दूधमा आत्मनिर्भर रहेको छ । तर अण्डा भने बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
“अहिले कर्णाली प्रदेश सरकारले दूधमा अनुदान दिइरहेको छ, यसले गर्दा दूध उत्पादन पनि बढेको छ,” उनले भने, “अहिले पाँच जिल्ला सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिम दूधमा आत्मनिर्भर छन्, यी जिल्लाबाट दैनिक तीन ट्याङ्कर दूध बाँके, बुटवलसम्म पुग्ने गरेको छ ।”
माथिल्लो कर्णालीका जिल्लामा भने दूध उत्पादन कम हुने गरेको भन्दै त्यस क्षेत्रमा उन्नत जातका पशुपालन गर्न प्रेरित प्रदेश सरकारले गरिरहेको उनको भनाइ छ । केही वर्षभित्र कर्णालीका सबै जिल्ला दूधमा पनि आत्मनिर्भर हुने प्रमुख पङ्गेनीले बताए । प्रदेश सरकारले पशुपालन व्यवसायतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - ०८:३६
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...
पौष ८ गते, २०८२ - ०८:३०
काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...
पौष ८ गते, २०८२ - ०८:०५
म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...
पौष ८ गते, २०८२ - ०७:२८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...
पौष ८ गते, २०८२ - ०७:१७
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - ०७:०६
मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...
पौष ८ गते, २०८२ - ०७:०३
गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...
पौष ८ गते, २०८२ - ०७:००
काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...
पौष ८ गते, २०८२ - ०६:५७
रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...
पौष ८ गते, २०८२ - ०६:५४
काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...




प्रतिकृया लेख्नुहोस्: