महेन्द्रनगर । डेढ दशकअघि घरबाट विद्यालय जाँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ गोवरियाका सुनिल चन्द कभर्डहल पुगेर जिम गरिरहेको हेर्न खुबै रहर गर्थे । यहाँको राष्ट्रिय बाल विद्यालयमा माध्यमिक तह अध्ययन गर्दा घरबाट हिँडेर विद्यालय पुग्ने चन्द बाटोमा पर्ने कभर्डहल ‘जिम हाउस’ नपुगेको दिन हुन्थेन् ।
एसएलसी सकेर बिदाको समय कभर्डहल परिसरमा रहेको जिममा प्रशिक्षण थालेका चन्दले एक दशकपछि सुदूरपश्चिमबाटै पहिलोपटक नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ६५ किलो तौल समुहमा काष्य पदक जिते । सुदूरपश्चिममै व्यावसायिकरुपले शारीरिक सुगठनमा लागेका चन्दले राष्ट्रियस्तरमा हुने हरेक प्रतियोगितामा भाग लिनुका साथै रित्तो हात बिरलै फर्किनुपरेको छ । ३२ वर्षीय चन्दले हालै कैलालीको धनगढीमा सम्पन्न प्रथम सुदूरपश्चिम श्री शारीरिक सुगठनको उपाधिसमेत जितेका छन् ।
“स्कुल जाँदा बाटोबाट सँधै रहरले जिम हेर्थे, पछि गएर अभ्यास नै गर्न थालेँ”, चार महिना भारोत्तलनसमेत खेलेका चन्दले भने, “त्यो बेला व्यावसायिक रुपले भन्दा पनि फिटनेसका लागि जिम गर्ने मात्रै थिए ।” महेन्द्रनगरमा रोयल व्यायामशालासमेत सञ्चालन गरिरहेका चन्दले यहाँ युवाको आर्कषणले थप उत्साह मिलेको बताए ।
“शारीरिक सुगठन स्वास्थ्यसँगै अनुशासन र राम्रो आनाबानीको विकासका लागि निकै सहयोगी छ”, उनले भने, “अहिले युवाले यसलाई सकारात्मक रुपमा अङ्गीकार गरेको पाउँछु ।” उनले नियमित प्रशिक्षण र भोजनको सन्तुलनमा समेत ध्यान दिनुपर्नेमा जोड दिए ।
हाल कञ्चनपुरको महेन्द्रनगरमा चार वटा जिम हाउस सञ्चालनमा छन् । “पछिल्लो समय स्वास्थ्यप्रति सचेत भएर फिटनेसमा ध्यान दिनेको जमात बढ्दै छ”, चन्दले भने, “शारीरिक सुगठनले ढिलो गरी भए पनि सुदूरपश्चिममा व्यावसायिकता पाउँदैछ ।”
महेन्द्रनगरदेखि स्नातक पढ्न काठमाडौँ पुग्दासम्म चन्दले शारीरिक सुगठनलाई निरन्तरता दिएको बताए । “स्नातक सकेर महेन्द्रनगरमै आएर जिम खोले”, उनले भने, “जिमको आम्दानीले आफ्नो सामान्य खर्च मात्रै चलेको छ ।” उनले शारीरिक सुगठनका प्रतियोगितामा भाग लिनुअघि तयारीमा मात्रै लाखौँ रकम खर्च हुने गरेको बताए ।
डेढ दशकदेखि शारीरिक सुगठनमा सक्रिय चन्दले सन्तुलित आहारामा मात्रै मासिक रु ६० हजार खर्च हुने गरेको बताए । मिस्टर हिमालयलगायतका थुप्रै राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुँदै आएका चन्दले यसमा आबद्ध खेलाडीलाई सङ्गठित गर्न शारीरिक सुगठनको जिल्ला सङ्घ गठनको गृहकार्य गरिरहेको बताए ।
“जिल्ला खेलकुद समितिसित समन्वय गरेर सङ्घ गठनका लागि लागिरहेका छौँ”, उनले भने, “विभिन्न कुलतमा युवा लाग्नुभन्दा खेलकुदमा आकर्षित गराउने खालका योजना ल्याउन जरुरी छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - ११:४८
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनर्स्थापनाको बाटो रोज्दै पार्टी महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पाद...
पौष ८ गते, २०८२ - ११:३८
काठमाडौं । काठमाडौंमा उत्पादन भएको रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो साग...
पौष ८ गते, २०८२ - ११:३०
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन...
पौष ८ गते, २०८२ - ११:२०
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको तीन महिनामै उप्किएको छ । ठेकदारको लापरबाहीका कारण सडकका विभिन्न स्थानमा काल...
पौष ८ गते, २०८२ - ११:०२
काठमाडौं । बंगलादेशमा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का एक राजनीतिक नेतालाई सार्वजनिक स्थानमै गोली हानी हत्या गर...
पौष ८ गते, २०८२ - १०:५४
काठमाडौँ । हेटौँडा सडक विस्तारका क्रममा प्रभावित भएका स्थानीयहरूले माइतीघर मण्डलामा बाजासहित विरोध प्रदर्शन गरेका छन्। हेटौँडामा २५ गज सडक सीमाभित्...
पौष ८ गते, २०८२ - १०:४६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय फेला परेका छन्। महानगरपालिकाको नगर शिक्ष...
पौष ८ गते, २०८२ - १०:१९
भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय सम...
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...




प्रतिकृया लेख्नुहोस्: