Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

आमा-छोरीको एउटै प्रेमी, बिहेको कुरा निस्किएपछि छाेरीकाे हत्या

खबरडबली संवाददाता

काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यको गोरखपुरमा एउटा अनौठो घटना सार्वजानीक भएको छ । घटना सुन्नेलाई पनि अचम्म लाग्छ र प्रश्न उठ्छ यस्ताे पनि हुन्छ र ?

केही दिनअघि एक युवकले नावालिग किशोरीको हत्या गरे । घाँटी थिचेर हत्या गरेका उनले घटनालाई आत्महत्या देखाउनका लागि शवलाई झुण्ड्याइदिएका थिए । उत्तर प्रदेश प्रहरीका अनुसार १५ वर्षीय ती किशोरी र उनकी आमाको प्रेमी एकै व्यक्ति थिए । किशोरीले आफ्नी आमासँग पनि ती पुरुषको सम्बन्ध रहेको थाहा पाएपछि विवाहका लागि दबाब दिन थालकी थिइन् ।

प्रेमीले विवाहको प्रस्ताव अस्वीकार गरे । किशोरीले विवाहका लागि लगातार दबाब दिएपछि ती पुरुषले उनको हत्याको योजना बनाएर २६ सेप्टेम्बरका दिन घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले सुनिल गौड नाम गरेका आरोपित पुरुष र उनको साथीलाई नियन्त्रणमा लिइसकेको छ । प्रहरीका अनुसार शव परीक्षणका क्रममा ती किशोरीको मृत्यु झुण्डिएर नभई घाँटी थिचेका कारण भएको खुलासा भएसँगै प्रहरीले अनुसन्धानलाई सुक्ष्म ढंगले अघि बढाएको थियो ।

उत्तर प्रदेश प्रहरीका एसएसपी डा. गौरव ग्रोवरका अनुसार मृतक किशोरीको पिता मुम्बईमा बस्दै आएका थिए । छोरीको हत्या भएपछि उनी घर फर्किएका छन् । मृतकको पिताले नै हत्यासम्बन्धमा किटानी जाहेरी दिएपछि प्रहरीले थप कारबाही अघि बढाएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार हत्या आरोपित सुनिलले ती किशोरी र उनकी आमासँग समानान्तर रुपमा प्रेम सम्बन्ध राख्दै आएका थिए । किशोरीको हत्या भएको दिन आमा भने चिनजानकै एक जनाको मृत्युपछि परिवारलाई सान्त्वना दिन गएकी थिइन् ।

सोही मौका पारेर किशोरीलाई भेट्न आएका सुनिलले बिहेको दबाब झेल्न नसकेर किशोरीको हत्या गरेको प्रहरीको भनाइ छ । हत्यामा सुनिलले आफ्ना एक साथीको सहयोगसमेत लिएको खुलासा भएको छ । प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending