Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

सरीसृप शास्त्रलाई कानुन निर्माणमा जोड्दै सांसद डा राई

खबरडबली संवाददाता

काठमाडौँ । सरल र बौद्धिक सांसद डा कालुराम राईलाई एक हातले लौरो र अर्कोले श्रीमतीको हात समातेर सिंहदरबार तथा नयाँ बानेश्वरतिर लुखुरलुखुर हिँडडुल गरिरहेको देख्न सक्छौँ । करिब १२ वर्षअघि दुवै आँखाका दृष्टि गुमाएका बयोवृद्ध सांसद ‘केआर खुम्बु’लाई एक्लै हिँड्न कठिन हुन्छ । जन्मजात दृष्टिविहीन भएका भए बरु त्यहीअनुसारको तालिम र अभ्यस्तता हुन्थ्यो होला, यस उमेरमा आँखा नदेख्ने हुनाले उनलाई जहाँ हिँड्दा पनि श्रीमती शुभलक्ष्मी गुरुङको साथअपरिहार्य भएको छ । त्यही सहाराले राईलाई नयाँ बानेश्वरको संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र), सिंहदरबारको सङ्घीय संसद् सचिवालय, कार्यक्रम हुने स्थान र भक्तपुरको नेपाल–कोरियामैत्री अस्पताल नजिकको निवास आउजाउ गराएको छ ।

उनीसँग बूढेसकालको लौरो त छँदैछ, पहिरन कोट र टोपी पनि छुट्दैन । त्यसले उनलाई पहिचान पनि दिएको छ । उनीहरू लामो दूरीको यात्राका लागि सार्वजनिक यातायात प्रयोग गर्छन् भने छोटो दूरीको यात्रा पैदलै पार गर्छन् ।

प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमाले का सांसद राईको विज्ञता हर्पेटोलोजी (सरीसृप शास्त्र)हो । नेपालका उभयचर तथा सरीसृप (भ्यागुता, छेपारा र सर्प वर्ग) बारे त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि प्राप्त डा राईलाई अहिले मुलुक र जनताका यावत् विषय र विधिशास्त्रबारे नबुझी भएको छैन । प्राप्त विधेयक, नीति तथा कार्यक्रम र सामग्रीलाई ‘ननभिजुअल डेस्कटप एक्सेस ९एनभिडिए० सफ्टवेयर’का सहयोगमा अध्ययन गरेर आफ्नो सूचना र ज्ञानको दायरालाई सांसद राईले विस्तार गरिरहनुभएको छ । पार्टीका प्रमुख सचेतक, सचेतक र सचिवालयका कर्मचारीले पनि सांसदलाई स्रोत, सामग्रीको उपलब्धता दिलाउनका साथै उचित पथप्रदर्शन गरिरहेका हुन्छन् ।

“पहिलोपटक सांसद भएर आएपछि केही महिना त यहाँको चालचलन र नियम बुझ्नै समय लाग्यो । अब भने लय समातिसकेको छु”, सांसद राईले भने “सत्ता पक्ष र प्रतिपक्षका सवाल बोध भएको छ । अब संसदीय परिपाटीमा सांसदको भूमिका कसरी खेल्नुपर्ने रहेछ भन्ने राम्रै हेक्का भएको छ र त्यसअनुसार आफूलाई प्रस्तुत गर्न थालेको छु ।”

खोटाङको जन्तेुढुङ्गा गाउँपालिका–४, चुमलुङमा जन्मनुभएका डा राई प्रतिनिधिभा,  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका ज्येष्ठ सदस्य रही उक्त हैसियतमा सभापतिको निर्वाचन नहुञ्जेल कार्यवाहक सभापति भई बैठक सञ्चालन गर्न पनि पुगे । सो भूमिकाले पनि उनको विज्ञता, सरलता र बौद्धिकता सांसद, पत्रकार र सरोकार भएकाले बोध गर्ने थप अवसर पाए । अध्यापनका क्रममा धरान क्यापस, वीरगञ्जको ठाकुरराम बहुमुखी र मेची क्याम्पसमा विद्यार्थीसँग घुलमिल हुनुभएका प्रा राईको अवकाशपछिको जीवन प्रत्यक्ष राजनीतिमा जोडिएको छ ।

संसद्को चालु बजेट अधिवेशनदेखि बजेटमाथिको सघन छलफल तथा जनताको चासो र जल्दोबल्दो समस्या उठानमा जोडिनुभएका डा राईले आफू समावेशी कोटाबाट प्रतिनिधित्व गर्ने भएकाले अपाङ्गता भएका व्यक्तिका यातायातका समस्या, सार्वजनिक भवनमा हिँडडुल गर्दाका कठिनाइ, उनीहरूका शैक्षिक सामग्रीको प्रबन्धजस्ता विषय बढी उठाए ।

“अपाङ्गता भएका व्यक्तिको प्रतिभाको कदर गरियोस् । त्यसका लागि राज्यबाट पुरस्कार राखियोस् । उनीहरूको क्षमतानुसार रोजगारी दिइयोस् । जीविकोपार्जनका लागि उचित व्यवस्था गरियोस् । उनीहरूको आत्मबल र मनोबल बढाउने काम गरियोस् भन्ने कुरा पटक पटक राखेको छु”,  आफ्ना संसदीय अनुभव सुनाउँदै उनले भने। ती कति सम्बोधन भएका छन् त भन्ने प्रश्नमा सांसद राईको जवाफ छ, “अहिलेसम्म मैले ती सवाल सम्बोधन भएका छन् भन्ने सुनेको छैन ।” यसका अतिरिक्त उनले आफूले जानेका वन तथा वातावरण र शिक्षासम्बन्धी सवालका साथै जनताका चासोका साझा विषय पनि उठाएका छन् ।

सरीसृप शास्त्रलाई कसरी विधि निर्माणमा अन्तर सम्बन्धित बनाउने भन्ने पनि उनको चासो छ  । सरीसृपको संरक्षणका लागि सिमसार क्षेत्र चाहिन्छ । भ्यागुता (पाहा) पानीदेखि बाहिर बस्ने भए पनि सन्तान उत्पादनका लागि जल क्षेत्रमा जानैपर्छ । कछुवा पानीमा बस्छन् र सन्तान उत्पादनका लागि जमिनमा आई खाल्डो खनेर फुल पार्छन् ।

अहिले जलवायु परिवर्तनको प्रतिकूल असरको स्थितिमा पाहा र कछुवा संरक्षणका लागि सिमसार क्षेत्र जोगाउने अभियान चलाइएमा हरित क्षेत्र र वनबाटिका संरक्षित भई जल, जमिन र जङ्गलको पनि संरक्षण हुने उनको भनाइ छ । यी क्षेत्रको संरक्षणले वातावरण स्वच्छ भई त्यस वरिपरिका मानव समुदाय दीर्घजीवी हुने सांसद राईको  विश्लेषण छ ।
     
अन्तर्राष्ट्रिय अभ्यासअनुसार सांसदको भूमिका विधि निर्माण नै हो । नेपालमा पनि पछिल्ला समय क्रमश: यसको अभ्यास हुन थालेको अनुभूति डा राईलाई भएको छ । सांसद पूर्वाधार विकास कोषबाट योजना छनोटमा सांसदको कार्यकारी भूमिका नहुनाले पनि त्यही कुराको सङ्केत दिएको उनको बुझाइ छ ।

हाल चर्चामा रहेको विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा शिक्षक, कर्मचारी र विद्यार्थीका सवालदेखि अपाङ्गता भएका शिक्षक र विद्यार्थीका सवाललाई कसरी सम्बोधन गर्ने भन्ने सन्दर्भमा सांसद राई घोत्लिन थालेका छन्। विसं २०२८ को शिक्षा ऐनलाई विस्थापन गर्ने विधेयकमा शिक्षक–कर्मचारीका आन्दोलनपछि सरकारसँग भएका सहमतिका बुँदा कसरी  सम्बोधन गर्न सकिन्छ,  संविधानत: माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको कार्यक्षेत्रमा परे पनि ती विषयको अगुवाइका लागि सबै तह सक्षम छन् त भन्ने प्रश्नको उत्तर विषयगत समितिमा हुने छलफल र विधेयकमाथिको छलफलबाट खोज्नुपर्ने सांसद डा राईको विचार छ ।

विद्यमान शासकीय पद्धतिमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको समन्वय कमजोर भएको डा राईको धारणा छ । “आफ्नो स्वार्थपूर्तिका लागि एकले अर्काका अधिकारमाथि हस्तक्षेप गर्ने र स्वार्थ लाद्ने काम भएको छ । यसले गर्दा सन्तुलन बिग्रिएको छ । हरेक अङ्गले आफ्नो अधिकार र दायित्व मनन गरेर देश र जनताका खातिर काम गर्ने हो भने यस्ता समस्या आउँदैनन् ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सबै राष्ट्रिय दलका समानुपातिक मत जोड्दा पनि रास्वपालाई साढे ४ लाखभन्दा बढी मत

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...

अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौँ। स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकामा सरकारलाई बधाई ज्ञापन गरेको छ । अभिया...

अध्यक्ष ओलीका बुवा मोहनप्रसादको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको...

बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बना...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

अध्यक्ष ओलीका पिताको निधनमा कांग्रेस र नेकपाका शीर्ष नेताद्वारा दुस्ख व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली का पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। उनको निधनप्रति नेपाली कांग्रेस र नेकपा दु...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौँ । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री हटाउन थालेको छ ।  सार्वजनिक निजी ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: