कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका किसानको धान रोपेको खेतमा खैरो फड्के किराले व्यापक नोक्सानी पुर्याएको छ ।
सो नगरपालिका–१, ६ र १२ का किसानको पाक्नै लागेको धानबालीमा फड्के किराको प्रकोप देखापरेको छ । फड्के किराले पात र डाँठको रस चुसेर खाँदा धानका बोट पाक्न नपाई मर्न थालेका छन् । धान पाक्नै नपाई मर्न थालेपछि उत्पादन घट्ने चिन्ता किसानलाई छ । वडा नं १ बन्साहाका किसान नरबहादुर कुवँरले पाँच कट्ठा जग्गामा लगाइको धान बाली फड्के किराका कारण सखाप भएको बताए ।
“धान पाक्नै लाग्दा किराको प्रकोप देखा पर्यो”, उनले भने, “हेर्दा हेर्दै दुई/तीन दिनमै पूरै धानका बोट मरेका छन् ।” अरू खेतमा किरा सर्नबाट रोक्नका लागि विषादी छर्ने कार्य गरिरहेको उनले बताए। फड्के किराको प्रकोप देखा परेका क्षेत्रमा धानको उत्पादन २० देखि ३० प्रतिशतसम्म घट्न सक्ने नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करन बुढाऐरले बताए ।
“केही ठाउँमा किराको प्रकोपले पूरै धानबाली पाक्न नपाउँदै सुकेको छ”, उनले भने, “कुनै ठाउमा भर्खर किराको प्रकोप देखिएको छ, किसानलाई कृषि शाखाबाट नि:शुल्क रुपमा फड्के किरा मार्नका लागि एजाडिराक्टिन र एसिफेट नामक विषादी वितरणको कार्य गरिरहेका छौँ ।”
किराको सङ्ख्या हेरी एक हप्ताको फरकमा विषादी छर्कनका लागि किसानलाई सल्लाह दिन थालेको जनाउँदै उनले किसानलाई धानका बिरुवाको फेदमा पर्ने गरी विषादी छर्कन लगाउन लागेको बताए । फडके किराको प्रकोप तीन वडामा बढी देखिए पनि फाटफुट रुपमा नगरपालिकाका १२ वटै वडामा देखिएको उनले बताए ।
किसानले किराको प्रकोप हुन लागेका बेला सावधानी अपनाउन नसक्दा बढी क्षति ब्यहोर्नुपरेको उनले बताए । नगरपालिकाको खेतीयोग्य जग्गाको ९० प्रतिशत क्षेत्रमा धान खेती हुने गरको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १८:०५
काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...
आषाढ़ २३ गते, २०८३ - १७:२०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...
आषाढ़ २३ गते, २०८३ - १७:०४
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...
आषाढ़ २३ गते, २०८३ - १६:२१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...
आषाढ़ २३ गते, २०८३ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । ...
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...



प्रतिकृया लेख्नुहोस्: