रसुवा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिन यहाँका जनप्रतिनिधिमाझ सुझाव राखेका छन् ।
जिल्ला समन्वय समिति रसुवाद्वारा आयोजित जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रमको मङ्गलबार धुञ्चेमा उद्घाटन गर्दै अध्यक्ष तिमल्सिनाले पवित्र तीर्थ गोसाइँकुण्डको स्नान तथा प्रकृतिक रूपको अनुपम छटा अवलोकनका लागि उच्च भागमा पुग्ने धार्मिक यात्रुलाई सुविधायुक्त पूर्वाधार निर्माण गराउन अत्यावश्यक भएको बताए ।
पूर्वाधारको विकास गराई उच्च भागमा गुणस्तरीय सुविधा दिनसके मात्र पर्यटकबाट आम्दानी लिन सकिने भएका कारण धार्मिक क्षेत्रको संरक्षण गर्न जोड दिँदै गुरुयोजना तयार गर्नसमेत सुझाव दिए । उनले यात्रुको समस्या समाधन गर्न पहिलो प्राथमिकता पूर्वाधार निर्माणलाई नै जोड दिएका हुन् । अन्तर्राष्ट्रिय सीमा क्षेत्र रसुवागढी नाकामा निर्माण भइराखेको पूर्वाधार समयमै सम्पन्न गराउन जोड दिँदै कतिपय स्थानीय सरकारले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटमा परेको असर फुकाउन सङ्घीय सरकारले मापदण्डको छिनोफानु गर्नुपर्नेमा अध्यक्ष तिमल्सिनाले जोड दिए ।
जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरेको अध्यक्षतामा सम्पन्न वार्षिक समीक्षा कार्यक्रममा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत लौरीविनायक उकालोको पैदलमार्ग सुधारका लागि गरिएको डिजाइन न्यायोचित नभएकाले डिजाइन सुधार गर्नुपर्ने बताए । आफूले स्थलगत निरीक्षण गर्दा लौरीविनायकको धार्मिकमार्गमा सिमेन्ट ढलान गरेको पाइएको र उक्त ढलान उपयुक्त नदेखिएकाले सिमेन्टबाट भन्दा स्थानीयरूपमा पाइने ढुङ्गा कटिङ गरी सिँढी निर्माण गराउन सुझाव दिए ।
धार्मिक क्षेत्रमा हजारौं भक्तजन हिँड्ने पैदलमार्ग निर्माण गर्दा आन्तरिक एवं बाह्य सबै पक्षका लागि सर्वसुलभ हुने दिगो विकासका पूर्वाधार निर्माण गर्न गराउनसमेत सांसद् आचार्यले सरोकारवाला निकायसमक्ष अनुरोध गरे । लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र संरक्षित मानिएको स्थानमा निजी क्षेत्रलाई जलविद्युत् आयोजना बनाउन दिने तर जनताको जीवनसँग जोडिएको नौकुण्ड खानेपानी निर्माणका लागि तयार गरेको फाइललाई बेवास्ता गरेको भन्दै जनतालाई शुद्ध खानेपानी व्यवस्थापनका बाधक नबन्न सरोकारवाला निकायलाई आचार्यले अनुरोध गरे ।
वार्षिक समीक्षा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारसमेतका विषयगत कार्यालयले गत वर्ष सम्पन्न गरेका गतिविधिको समीक्षा कार्यक्रममा राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका सभापति पेम्वाछिरिङ तामाङ र गाउँपालिका अध्यक्षको तर्फबाट आमाछोदिङ्मो गापा अध्यक्ष बुचुङ तामाङले आ–आफ्ना धारणा राखेका थिए ।
जिल्लाको समग्र सुरक्षा अवस्था, विकास निर्माणका सहजीकरण, विपद् व्यवस्थापनजस्ता विषयमा स्थानीय प्रशासनले गरेको कामको विवरण रसुवाका प्रजिअ प्रकाशचन्द्र अधिकारीले राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनासामु प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट काम गर्ने कर्मचारी कैसाङढिण्डुप तामाङ र हेमप्रसाद पौडेललाई सम्मान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १८:०५
काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...
आषाढ़ २३ गते, २०८३ - १७:२०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...
आषाढ़ २३ गते, २०८३ - १७:०४
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...
आषाढ़ २३ गते, २०८३ - १६:२१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...
आषाढ़ २३ गते, २०८३ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । ...
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...



प्रतिकृया लेख्नुहोस्: